नेपालमा बनेकाे लगानीकाे अवसरलाई सदुपयोग गरेर फाइदा लिन लगानीकर्ताहरूलाई प्रधानमन्त्रीकाे आह्वान
आर्थिक परिवेश

१६ बैशाख, काठमाडौं ।  नेपालमा प्रत्यक्षा विदेशी लगानी  आर्कषित गर्ने उद्देश्यले  नेपाल सरकारले अायाेजना गरेकाे  तेस्राे लगानी सम्मेलन  आजबाट काठमाण्डाैमा शुरू भएकाे छ  । लगानी बाेर्डका  अध्यक्ष समेत रहनु भएका  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्मेलनकाे उद्घाटन गर्नु भएकाे छ । स्वदेश तथा विदेशबाट गरी करिव १७ सयकाे हाराहारिमा सहभागी भएकाे सम्मेलनलाई सम्बाेधन गर्दै  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल लगानीका लागि उपयुक्त गन्तव्य भएको उल्लेख गर्नु भयाे । प्रधानमन्त्री दाहालले  नेपालमा बनेकाे लगानीकाे अवसरलाई सदुपयोग गरेर फाइदा लिन लगानीकर्ताहरूलाई आह्वान गर्नुभयाे   । ‘नेपाल लगानी सम्मेलन २०२४ को आज उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले नेपाल कानुनी, भौगोलिक एवं रणनीतिक तवरले लगानीका लागि सम्भावनायुक्त…

लगानी सम्मेलन राष्ट्रिय उत्सव हो, सबैको सहभागिता र भूमिका रहनुपर्छः सुशील भट्ट
आर्थिक परिवेश

१५ बैशाख, काठमाडौँ  ।  सरकारले आयोजना गर्न लागेको तेस्रो लगानी सम्मेलनको तयारीका सकिएकाे  छ । भाेली आइतबार र सोमबार (वैशाख १६ र १७ गते) ‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट–२०२४’ काठमाडौँमा आयोजना हुँदैछ । लगानी सम्मेलन नजिकिँदै गर्दा त्यसको पूर्वतयारीका काम कति चुस्त छन् र सम्मेलनबाट सोचेअनुरुप उपलब्धि कसरी हासिल होला भन्नेमा धेरैको चासो छ । सम्मेलनका लागि करिब डेढ सय हाराहारी आयोजना ‘सोकेस’मा लैजाने निर्णय सरकारले गरिसकेकाे छ ।  ती आयोजनामा लगानीकर्तालाई कसरी आकर्षित गर्ने र बढीभन्दा बढी लगानी भित्रिने सुनिश्चित गर्ने भन्ने अहिलेको प्रमुख विषय हो । यसै सन्दर्भमा लगानी आकर्षित गर्नका लागि चाहिने नीतिगत तथा कानुनी स्पष्टता एवम् सम्मेलनका…

सरकारले लगानी सम्मेलनमा १ सय ५१ परियाेजना साे केशमा प्रस्तुत गर्ने
आर्थिक परिवेश

१४ बैशाख, काठमाडौँ  ।   सरकारले  तेस्रो लगानी सम्मेलनमा एक सय ५१ परियोजनाहरू साे केशकाे रूपमा  प्रस्तुत गर्ने  भएको छ । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर  कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ लगानीकर्ताहरू बीचमा सरकारले ती याेजनाहरू प्रस्तुत गर्ने भएकाे हाे । पर्याप्त पूँजी, प्रविधि र मानव संसाधनको लागि सरकार र निजी क्षेत्रका साथै बाह्य लगानी पनि आवश्यक भएकाले समग्र देशको विकासमा योगदान गर्ने ठानिएका ती परियोजना आगामी आइतबार र सोमबार यहाँ आयोजना हुने सम्मेलनमा प्रस्तुत हुनेछन् । लगानी बोर्डको ५८औँ बैठकले ती परियोजनाका निम्ति आशयपत्र माग, लगानीकर्तासँग परियोजनाबारे विस्तृत छलफल गर्ने निर्णय गरेको छ ।…

जलवायु परिवर्तनमा हाम्रो योगदान छैन, विकसित देशले क्षतिपूर्ति दिनुपर्छ : अर्थमन्त्री पुन
आर्थिक परिवेश

६ वैशाख,वासिङटन ।  अर्थमन्त्री वर्षमान पुन अनन्तले जलवायु परिवर्तनको प्रभावका कारण खतरामा रहेका मुलुकहरूको समूह भी–२० को मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै नेपाल जलवायुको उच्च जोखिममा हुनुमा आफूहरुको योगदान न्यून रहेको बताउनु भएकाे छ । विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको वसन्तकालीन संयुक्त बैठकमा सहभागी हुन अमेरिका पुगेका पुनले वासिङटनडिसीमा आयोजित भी–२० को १२औं मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै त्यसताे धारणा राख्नु भएकाे हाे  । मन्त्री पुनले बैठकलाई सम्बोधन गर्दै जलवायु परिवर्तनको उच्च जोखिममा रहेका नेपालसहित विकासोन्मुख मुलुकले सामना गरिरहेको समस्याबारे विश्व समुदाय समयमै सचेत र गम्भीर हुनुपर्ने बताउनु भयाे  । जलवायु परिवर्तनको प्रभावका कारण नेपालमा खास गरी गरिब र सीमान्तकृत…

विश्व बैक, अन्तर्राष्ट्रिय वित्त निगमका उपाध्यक्षहरूसंग नेपालमा लगानी बढाउन अर्थमन्त्रीकाे आग्रह
आर्थिक परिवेश

५ वैशाख , वासिड.टन डिसि ।   अर्थमन्त्री वर्षमान पुनले विश्व बैंकका उपाध्यक्षद्वय आकिहिको निसिओ र ग्वाङ्झे चेन तथा अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) का उपाध्यक्ष रिकार्डो पुलिटीसँग वासिङटन डिसीस्थित विश्व बैंक मुख्यालयमा गएराति  छुट्टाछुट्टै वार्ता गर्नु भएकाे छ  । विश्व बैंक उपाध्यक्ष आकिहिको निसिओसँग अर्थमन्त्रीले आगामी जुनमा काठमाण्डौँमा विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए)–२१ बैठक गर्ने नेपालको प्रस्ताव स्वीकार गरेकामा धन्यवाद दिनु भयाे  । आईडा बैठकको राम्रो तयारी भइरहेको भन्दै त्यसका लागि काठमाडौँस्थित विश्व बैंकको देशीय कार्यालयसँग समन्वय गरिरहेको अर्थमन्त्रीले बताउनु भयाे । अर्थमन्त्रीले नेपालमा सहुलियतपूर्ण कर्जा वा अनुदानमार्फत लगानीका थप क्षेत्र पहिल्याउन भेटका क्रममा उहाँहरूलाइ आग्रह गर्नु भयाे  ।…