मुहम्मद युनुसले बङ्गलादेशको अन्तरिम सरकारको प्रमुखका रूपमा सपथ ग्रहण
आर्थिक परिवेश२५ साउन, ढाका। नोबेल पुरस्कार विजेता मुहम्मद युनुसले बिहीबार बङ्गलादेशको अन्तरिम सरकारको प्रमुखका रूपमा सपथ लिनुभएको छ । उहाँका लागि अब प्रमुख कार्य बङ्गलादेशमा शान्ति पुनःस्थापित गर्ने र हप्तौँको हिंसापछि नयाँ निर्वाचनको तयारी गर्नु रहेको छ । हप्तौँको हिंसामा विद्यार्थी कार्यकर्ताहरूले पूर्वप्रधानमन्त्री शेख हसिनाको १५ वर्षको निरङ्कुश शासनविरुद्ध विद्रोहको नेतृत्व गरेका थिए । बङ्गलादेशका राष्ट्रपति मोहम्मद शाहबुद्दिनले राष्ट्रपति भवन ढाकामा विदेशी कूटनीतिज्ञ, नागरिक समाजका सदस्य, शीर्ष व्यापारीहरू र पूर्व विपक्षी दलका सदस्यहरूको उपस्थितिमा युनुसलाई मुख्य सल्लाहकारका रूपमा उहाँको भूमिकाको सपथ गराउनुभयो । मुख्य सल्लाहकार प्रधानमन्त्री पद बराबर हो । सपथ ग्रहण समारोहमा हसिनाको पार्टीका कुनै पनि प्रतिनिधि सहभागी थिएनन् ।…
माेदी पुटिनबीच भेटवार्ता : युद्धले समस्याको समाधान गर्न नसक्नेमा माेदीकाे जाेड
आर्थिक परिवेश२६ असार ,मस्को ,रूस । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार मस्कोमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई शान्ति ‘अत्यन्तै महत्त्वपूर्ण’ भएको र ‘युद्धले समस्याहरूको समाधान नगर्ने’ बताउनुभएको छ । “एक मित्रका रूपमा हाम्रो आगामी पुस्ताको उज्ज्वल भविष्यका लागि शान्ति अत्यन्त महत्त्वपूर्ण छ भनी मैले भनेको छु”, पुटिनसँगै बसेर हिन्दी भाषामा उहाँले भन्नुभयो, “जब निर्दोष बालबालिकाहरूको हत्या हुन्छ, उनीहरू मरेको देख्दा मुटु दुख्छ, त्यो पीडा असह्य हुन्छ ।” आफ्नो मस्को भ्रमणका क्रममा पुटिन र आफूले युक्रेनमा रुसी अभियानबारे पनि छलफल गरेको बताउनुभयो । “एउटा सच्चा मित्रका रूपमा हामी सँगै थियौँ र धेरै मुद्दामा छलफल गर्यौँ”, उहाँले भन्नुभयो, “युक्रेनका बारेमा हामी दुवैले आफ्नो विचार…
भारतमा मङ्गलबार एउटा हिन्दू धार्मिक सभामा १ सय १६ भन्दा बढीको मृत्यु
आर्थिक परिवेशकाठमाडौं। उत्तरी भारतमा मङ्गलबार एउटा हिन्दू धार्मिक सभामा १ सय १६ भन्दा बढीको मृत्यु र अन्य धेरै घाइते भएको एक वरिष्ठ सरकारी अधिकारीले बताएका छन् । एक लोकप्रिय प्रचारकको प्रवचनका लागि हाथरस सहर नजिकै ठूलो भीड जम्मा भएको थियो तर मानिसहरू बाहिर निस्कँदै गर्दा धुलोको ठूलो आँधीले आतङ्क फैलाएको थियो । धेरैको एकले अर्कालाई कुल्चिएर, एकमाथि अर्को खसेर र केही मानिस भागदौडमा सडक किनारको नालीमा खसेर मृत्यु भएको थियो । राज्यका मुख्य चिकित्सा अधिकारी उमेशकुमार त्रिपाठीका अनुसार मृतकमध्ये अधिकांश महिला थिए । धेरै घाइतेलाई अस्पतालमा भर्ना गरिएको उहाँले बताउनुभयो । एम्बुलेन्सको लाइनले घाइतेहरूलाई अस्पताल पुर्यायो । आलाप विलाप गर्ने महिलाहरू…
नेपालमा लगानी विस्तारका लागि ओपेक फन्डलाई ढकालकाे आग्रह
आर्थिक परिवेश१२ असार, काठमाडौ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको अपार सम्भावना रहेको बताउँदै लगानी विस्तारका लागि ओपेक फन्डलाई आग्रह गर्नुभएको छ । अष्ट्रियाको भिएनामा मङ्गलबार ओपेक फन्डका अध्यक्ष अब्दुलहमिद अल्खलिफा र उपाध्यक्ष तारेक अलनासरसँगको भेटमा अध्यक्ष ढकालले नेपालमा लगानीको अपार सम्भावना रहेको बताउँदै ओपेक फन्डका लागि नेपाल नयाँ र ठूलो लगानीको गन्तव्य बन्न सक्ने बताउनुभएको हो । अध्यक्ष ढकालले विश्वका उदाउँदा ठूला अर्थतन्त्र, चीन र भारतका बीचमा रहेको नेपालको रणनीतिक अवस्थितिले गर्दा यी दुई देशको बजार, पर्यटन र विकासको फाइदा नेपालले लिन सक्ने बताउनुभएको नेपाल उद्योग बाणिज्य महासंघले जनाएको छ । ढकालले नेपालमा पर्यटन, ऊर्जा, पूर्वाधार,…
युरोपका नेपाली व्यवसायीहरुले गठन गरे नेपाली व्यवसायी संघ युरोप बेल्जियममा दर्ता
आर्थिक परिवेश०५ असार ,काठमाडौ । युरोपका विभिन्न मुलुकहरुमा व्यवसाय गर्दै आएका गैर आवासीय नेपालीहरुले आआफनो व्यवसायलाई थप प्रर्वद्धन गर्न, लगानी विधिकरण गरी प्रभावकारी व्यवसाय संचालन तथा व्यसायिक एकता अभिवृद्धि गर्न नेपाली व्यवसायी संघ युरोप गठन गरेका छन । एक बर्षदेखि नेपाली व्यवसायी संघ बेनेलेक्सको तदर्थ समिति गठन गरी काम गर्दै आएका नेपाली व्यवसायीहरुले विधान कार्यक्षेत्र र संघको उद्देश्य निर्धारण गरी युरोपको हेडक्वाटर बेल्जियममा उक्त संघ दर्ता गरेर आवश्यक प्रकृया अघि बढाएको तदर्थ समितिका सदस्यसचिव मदन दवाडीले जानकारी दिनु भयो । संघ बेल्जियमको सरकारी निकायमा गैर सरकारी संस्थाको रुपमा दर्ता गरीएको र दर्ता भएको विवरण त्यहाँको राजपत्रमा प्रकाशित हुने दवाडीले जानकारी दिनु…