नेपालको विकासमा याेगदान गर्न जर्मनीमा रहेका नेपालीलाई आह्वान
आर्थिक परिवेश

३० बैशाख, काठमाडौं ।  सङ्घीय गणतन्त्र जर्मनीका लागि नेपालका राजदूत रामकाजी खड्काले आफ्नो मातृभूमिको सामाजिक, आर्थिक विकासका निम्ति योगदान गर्न जर्मनीमा रहेका नेपालीलाई आह्वान गरेका छन् ।  शनिबार जर्मनी बर्लिनमा सम्पन्न ‘दोस्रो नेपाली व्यवसाीहरूको सम्मेलन’मा उहाँले जर्मनीमा विभिन्न पेसा–व्यवसायमा संलग्न नेपालीलाई मातृभूमिको विकासमा योगदान गर्न आह्वान गर्नुभएको बर्लनीस्थित नेपाली राजदूतावासले आज जनाएको छ । राजदूत खड्काले नेपालमा ‘नेशनल ब्रेन गेन सेन्टर’ स्थापना, गैरआवासीय नेपाली विधेयक कार्यान्वयन तथा नागरिकता ऐन संशोधनको प्रक्रिया प्रारम्भ भएको जानकारी दिँदै नेपालको सामाजिक, आर्थिक विकासमा वैज्ञानिक एवं प्राविधिक क्षेत्रका साथै सामाजिक एवं आर्थिक विकासमा सघाउन यहाँ रहेका नेपालीलाई अनुरोध गरे । सम्मेलन नेपाली राजदूतावास र जर्मनको…

जापानी विदेशमन्त्री खामिखावा योकोकाे प्रधानमन्त्री दाहालसंग शिष्टाचार भेट
आर्थिक परिवेश

२३ बैशाख, काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालको भ्रमणमा रहनुभएका जापानी विदेशमन्त्री खामिखावा योकोले शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज भएको भेटमा उहाँहरूबीच द्विपक्षीय चासो, आर्थिक सहकार्यलगायत विविध विषयमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा रुपक सापकोटाले जानकारी दिनुभयो । भेटमा प्रधानमन्त्री दाहालले नेपाल–जापानबीच कूटनीतिक सम्बन्ध स्थापित भएदेखि नै नेपालको आर्थिक एवं सामाजिक विकासमा जापान सरकारले सहयोग पु¥याउँदै आएको र पछिल्लो समय नेपालको ठूला पूर्वाधार निर्माणमा पनि महत्वपूर्ण सहयोग गरेको बताउनुभयो । उहाँले नेपालको पूर्वाधार एवं आर्थिक–सामाजिक क्षेत्रमा जापान सरकारबाट प्राप्त हुँदै आएको योगदानप्रति आभार व्यक्त गर्नुभयो । “नेपाल–जापानबीच हुँदै आएको उच्चस्तरीय भ्रमणले दुई देशबीचको…

चालु आर्थिक वर्षमा ४.५ प्रतिशत भन्दा बढी आर्थिक वृद्धि हुने अनुमान गरिएकाे छ : अर्थमन्त्री
आर्थिक परिवेश

१९ वैशाख, काठमाण्डौँ  ।   अर्थमन्त्री वर्षमान पुनले अर्थतन्त्र शिथिलताबाट  क्रमिक रूपमा बाहिर आउन थालेको बताउनु भएकाे छ । राजधानीमा  बुधवार  आयोजित ‘दिगो विकासका लागि वित्त नीति’ विषयक कार्यशालामा बोल्दै उहाँले गत वर्षको तुलनामा अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेको बताउनु भयाे  । विश्व बैंकले चालु आर्थिक वर्षमा ३.३, एसियाली विकास बैंकले ३.६ र राष्ट्रिय तथ्याङ्क विभागले ३.८७ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरे पनि अर्थ मन्त्रालयले  ४.५ प्रतिशतभन्दा बढी आर्थिक वृद्धि हुने अनुमान गरेको उल्लेख गर्नु भयाे  । ‘हाम्रो अर्थतन्त्रमा थोरै शिथिलता छ । स्वभाविक रुपमा यसका आन्तरिक र बाह्य कारण छन् । तथ्याङ्कहरुले विस्तारै त्यसमा सुधार देखाएको छ’, मन्त्री पुनले…

सरकारी, अर्धसरकारी क्षेत्रमा सामाजिक सुरक्षा कार्यक्रम प्रभावकारी कार्यान्वयन गरिरहेका छाैं : प्रधानमन्त्री
आर्थिक परिवेश

१९ बैशाख, काठमाडौँ।   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  विदेशमा रहेका नेपालीहरू, सरकारी, अर्धसरकारी र सामाजिक क्षेत्रमा क्रियाशील श्रमिकहरूका निम्ति योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गरी प्रभावकारी कार्यान्वयनसमेत गरिरहेको बताउनु भएकाे  छ । विश्व श्रमिक दिवस, २०२४ का अवसरमा आज शुभकामना दिनुहुँदै प्रधानमन्त्री दाहालले श्रमिकको हितरक्षालाई केन्द्रमा राखेर विदेशमा रहेका नेपाली, सरकारी, अर्धसरकारी र सामाजिक क्षेत्रमा क्रियाशील श्रमिकका निम्ति योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गरिएको बताउनु भएकाे हाे । नेपालको संविधानमा श्रमसम्बन्धी हकलाई मौलिक हकको रूपमा व्यवस्था गरिएको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री दाहालले श्रमिकलाई उचित श्रम अभ्यासको हकसहित आफ्नो हितरक्षाका निमित्त ट्रेड युनियन खोल्ने, सङ्गठित हुने र सामूहिक सौदाबाजी गर्ने हकलाई…

एनआरएनए र एचआईडीसीएलबीच हाईड्रोमा लगानी गर्ने सम्झौता
आर्थिक परिवेश

१७ बैशाख, काठमाडौं ।  रेमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा लगाउने गरी एनआरएनए र एचआईडीसीएलबीच साेमवार एक सम्झौता भएको छ । जलविद्युत क्षेत्रमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लगानी बढाउने उद्देश्यका साथ हाइड्रोइलेक्ट्रीसीटी एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) नेपाल र गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद् (एनसीसी) बीच सम्झौता भएको हाे । लगानी सम्मेलनका अवसरमा सोमबार ऊर्जामन्त्री शक्ति बस्नेतको रोहबरमा एचआईडीसीएलका प्रमुख कार्यकारी अधिकृत अर्जुन गौतम र राष्ट्रिय समन्वय परिषदका अध्यक्षहरुबीच सम्झौता भएको हो । सम्झौतामा कतार, यूएई, बहराइन, जापान, ओमन, मलेसिया,साउदी अरव,कुवेत र इराकका एनसीसीहरुको संलग्नता रहेको छ । जसअनुसार गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष रमेश भट्ट, युएईका…