
सी जिनपिङ र जो बाइडेन बीच सानफ्रान्सिस्कोमा भेटवार्ता सम्बन्ध सुधारकाे संकेत
आर्थिक परिवेश३० कात्तिक, काठमाडौं । अमेरिका र चीनका राष्ट्रपतिबीच अमेरिकाकाे क्यालिफोर्नियामा भेटवार्ता भएको छ । अमेरिकाको क्यालिफोर्नियामा आयोजित एसिया-प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनको क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ समकक्षी सी जिनपिङबीच सनफ्रान्सिस्कोस्थित फिलोली एस्टेटमा भेटवार्ता भएको हो । बाइडेन र सीबीचको यो भेटवार्ता लामो समयदेखिको दुइ देश बीचकाे तिक्तता घटाउन सहयोगी बन्ने अपेक्षा गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । भेटवार्ता पछि पत्रकार भेटघाटमा अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिका र चीन बीच सैन्य सम्पर्क फेरि स्थापित हुने बताउनु भएकाे बीबीसीले जनाएको छ । चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार राष्ट्रपति सीले दुवै देशले संयुक्त रुपमा सही धारणा विकसित गर्नुपर्ने…

गैरआवासीय नेपाली संघले नव निर्वाचित पदाधिकारीहरूकाे जिम्मेवारी ताेक्याे
आर्थिक परिवेश२८ कार्तिक, काठमाडाैं । गैरआवासीय नेपाली संघले नव निर्वाचित पदाधिकारीहरूकाे जिम्मेवारी ताेकेकाे छ । अध्यक्ष डा. बद्री केसीको अध्यक्षतामा सोमबार (१३ नोभेम्बर २०२३) बसेको अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठकले गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रवक्तामा फणिन्द्र पन्तलाई मनोनयन गरेको छ । पन्तलाई आगामी दुई वर्षको लागि मनोनयन गर्ने निर्णय गरिएको हो । बैठकले विभिन्न पदाधिकारीहरुलाई विभागीय जिम्मेवारी समेत तोकेको छ । मिलियन तथा मेघा परियोजना डा. केसी जस अन्तर्गत १०० मिलियन तथा मेघा परियोजनाको प्रमुखमा डा. बद्री केसी, सदस्य सचिवमा टीका गुरुङ, संगठन तथा प्रशासन प्रमुखमा गौरीराज जोशी र सदस्य सचिवमा प्रविण गुरुङ तथा सोम सापकोटालाई जिम्मेवारी तोकिएको छ ।…

कोरला नाका खुले पछि स्थानीय बासिन्दालाई आवतजावत सहज
आर्थिक परिवेश२८ कार्तिक, काठमाडौं । काेराेला नाका संचालनसंगै मुस्ताङका सबै स्थानीय तहका बासिन्दा कोरला नाका भएर चीनको (नेचुङ–लिजी) बजार आवतजावत गर्न पाउने भएका छन् । चार वर्षपछि खुलेको कोरला नाकाबाट मुस्ताङका सबै पाँच वटै स्थानीय तहका बासिन्दालाई आवतजावत गर्न दिने दुई देशका जनप्रतिनिधि र सुरक्षा अधिकारीहरुबीच सोमबार सहमति भएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्वु गुरुङले जानकारी दिनुभयाे । यसअघि चीनको सिमानामा रहेको मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दाका लागि मात्रै कोरला नाका भएर चीन जान पाउने अनुमति थियो। ‘कोरला नाकाको उद्घाटनपछि भएको बैठकमा हामी (नेपाल) पक्षबाट मुस्ताङका सबै बासिन्दालाई कोरला नाकामा सिमापारको अनुमतिको व्यवस्था गर्न प्रस्ताव गरेका थियौ,’ उहाँले जानकारी…

नेपाल चीन व्यापारिक कोरला नाका साढे तीन वर्ष पछि पुनः सञ्चालनमा
आर्थिक परिवेश२७, कात्तिक, काठमाडौं । मुस्ताङ जिल्लामा रहेको नेपाल चीन व्यापारिक कोरला नाका साढे तीन वर्ष पछि पुनः सञ्चालनमा आएको छ । कोभिड महामारी सुरु भएपछि २०७६ चैतमा उक्त नाका बन्द गरिएको थियो । सोमबार नेपाली समय अनुसार बिहान १० बजे र चिनियाँ समयअनुसार दिउँसोको पौने २ बजे नेपाल चीन नाका दुईतर्फी खुल्ला भएको हो । नाका रहेको मुस्ताङको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु गुरुङ र मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तलाई स्वागत गरेर चिनियाँ पक्षले नाका खुलेको औपचारिक घोषणा गरेको थियो । प्रमुख जिल्ला अधिकारीसहित, गाउँपालिका अध्यक्ष र स्थानीय केही व्यक्तीहरू साेमवार तीन वर्ष ७ महिनापछि कोरालानाकाबाट चीनतर्फ प्रवेश गरेर…

तीन महिनामा नेपालबाट बाहिरियाे ३३ अर्ब रुपैयाँ
आर्थिक परिवेश२४ कात्तिक, काठमाडौं । नेपालबाट विदेश जाने विद्यार्थीसँगै चालु आर्थिक वर्ष (आव) २०८०/८१ को तीन महिनामा ३३ अर्ब रुपैयाँ विदेशिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार असोजसम्म शिक्षातर्फ ३२ अर्ब ९२ करोड रुपैयाँ विदेशिएको छ । यो गत आवको यसै अवधिको तुलनामा झण्डै दोब्बर हो । सो आवको तीन महिनामा १७ अर्ब ८९ करोड रुपैयाँ बाहिरिएको थियो । यस अवधिमा भ्रमण व्यय ५१ अर्ब ८० करोड रहेको छ । जसमध्ये शिक्षामा मात्र ३३ अर्ब रुपैयाँ विदेशिएका नेपाल राष्ट्र बैंकले जनाएको छ । भ्रमण आय भने १७ अर्ब २ करोड रुपैयाँ छ । यो गत आवको तुलनामा ५१.३…