नाममा सहभागि हुन प्रम दाहाल युगाण्डा प्रस्थान
आर्थिक परिवेश

०४ माघ, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असंलग्न आन्दोलन (नाम) को १९औँ शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै युगान्डा प्रस्थान गर्नुभएको छ । उहाँ आज बिहान कतार एअरलाइन्सबाट त्यसतर्फ प्रस्थान गर्नुभएको हो । सम्मेलन यही माघ ५ देखि ६ गतेसम्म गणतन्त्र युगान्डाको राजधानी कम्पालामा हुँदैछ । प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा उहाँकी सुपुत्री गङ्गा दाहाल, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, परराष्ट्र सचिव सेवा लम्साल, नेपाल सरकारका वरिष्ठ अधिकारीहरू सहभागी हुनुहुन्छ । प्रधानमन्त्री दाहालले ‘साझा विश्व समृद्धिका लागि गहन सहकार्य’ विषयको शिखर सम्मेलनमा भोलि शुक्रबार सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ । सोही दिन प्रधानमन्त्री दाहाल गणतन्त्र युगान्डाका राष्ट्रपति जनरल योवेरी कागुटा मुसेभेनीले…

एनआरएनएले धरान रेडक्रस सोसाईटीलाई मोबाईल ब्लड बस हस्तान्तरण
आर्थिक परिवेश

०३, काठमाडाैं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कोशी प्रदेशको धरान रेडक्रस सोसाईटीलाई मोबाईल ब्लड बस हस्तान्तरण गरेको छ  धरानमा बुधवार एक कार्यक्रम गरि गैरआवासीय नेपाली संघले   सुनसरी जिल्ला शाखाद्वारा संचालित रक्तसंचार सेवा केन्द्र धरानको लागि ब्लड मोबाइल बस हस्तान्तरण गरिएको हो ।  ७० लाख रुपैयाँको लागतमा खरिद गरिएको सो मोबाइल ब्लड बस संघका अध्यक्ष डा. बद्री केसी र कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले रेडक्रस सोसाइटी सुनसरीका अध्यक्ष उमेश थापालाई हस्तान्तरण  गर्नुभएको हो । ब्लड बस हस्तान्तरणमा  कोशी प्रदेशका मुख्य मन्त्री केदार कार्कीले गैरआवासीय नेपालीहरुलाई कोशी प्रदेशको समृद्धिको लागि सहकार्य गर्न आग्रह गर्नुभएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै कार्कीले कोशी…

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मार्फत हवाई यात्रुको सङ्ख्या नौ प्रतिशतले बढ्याे
आर्थिक परिवेश

२८पुष, काठमाडौँ ।  मुलुकको जेठाे  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई यात्रुको सङ्ख्या बढेको छ । विमानस्थलका अनुसार सन् २०२३ मा आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै गरी कूल ८६ लाख ९१ हजार चार सय ४३ यात्रुले हवाई यात्रा गरेका छन् । सन् २०२२ मा ७९ लाख ५४ हजार चार सय ९५ ले हवाई यात्रा गरेका थिए । जुन अघिल्लो वर्षको तुलनामा नौ दशमलव दुई प्रतिशतले बढी हो । कूल यात्रु आवागमन ९आन्तरिक र अन्तर्राष्ट्रिय० पनि बढेको विमानस्थल कार्यालयले जनाएको छ । कोभिडअघि सन् २०१८ मा ७१ लाख ९० हजार नौ सय १२ र सन् २०१९ मा ७३ लाख २७ हजार ३१ यात्रुले हवाई…

पाँच महिनाकाे अवधीमा नेपालबाट विदेशियाे ४७ अर्ब ३५ करोड रुपैयाँ
आर्थिक परिवेश

२६ पुस, काठमाडौं ।  नेपालबाट विदेशमा पढ्न जाने विद्यार्थी संख्या बढेसँगै  पाँच महिनाकाे अवधीमा ४७ अर्ब ३५ करोड रुपैयाँ नेपालबाट विदेशिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो ५ महिनामा भ्रमण व्ययतर्फ ७५ अर्ब ७३ करोड रुपैयाँ विदेशिएको छ । यसमध्ये शिक्षाका लागि मात्र ४७ अर्ब ३५ करोड रुपैयाँ विदेशिएको हो । यो अघिल्लो वर्षको यसै अवधिको तुलनामा १८ अर्ब ५४ करोड बढी हो । गतवर्ष ५ महिनामा शिक्षामा २८ अर्ब ८१ करोड विदेशिएको थियो । नेपाल राष्ट्र बैंकका अनुसार सेवा खाता अन्तर्गत भ्रमण व्यय ५९.५ प्रतिशतले बढेको छ । भ्रमण आय भने ४७.५ प्रतिशतले…

बिप्रेषण आप्रवाह बढेर ५ महिनामा ६ खर्ब १३ अर्ब २५ करोड
आर्थिक परिवेश

२६ पुस, काठमाडौं ।  चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो पाँच महिनामा बिप्रेषण आप्रवाह मासिकरूपमा  एक खर्ब भन्दा माथि पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार साउनदेखि मंसिरसम्म ६ खर्ब १३ अर्ब २५ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । यस अनुसार यस वर्ष हरेक महिना १ खर्ब रुपैयाँ भन्दा माथि रेमिट्यान्स आएको छ । मंसिर महिनामा मात्र १ खर्ब ३५ अर्ब २९ करोड रुपैयाँले रेमिट्यान्स नेपालमा भित्रिएको छ । कात्तिक मसान्तसम्म ४ खर्ब ७७ अर्ब ९६ करोड रुपैयाँ रहेको रेमिट्यान्स मंसिर मसान्तमा पुग्दा ६ खर्ब नाघेको हो । नेपाल राष्ट्र बैंकका अनुसार मंसिरसम्मको रेमिट्यान्स गत वर्षको यसै अवधिको तुलनामा…