अमेरिकन च्याम्बर अफ कमर्स नेपालले अमेरिका स्थित यु.एस. च्याम्बर अफ कमर्सको सदस्यता पायाे
आर्थिक परिवेश

१७ कार्तिक,काठमाडौं ।  अमेरिकी लगानीमा नेपालमा सञ्चालित व्यवसायहरूको छाता संस्था अमेरिकन च्याम्बर अफ कमर्स (एमच्याम) नेपालले अमेरिका स्थित यु.एस.  च्याम्बर अफ कमर्सको सदस्यता प्राप्त गरेको छ । नेपाली समय अनुसार बिहीबार बिहान अमेरिकामा आयोजित कार्यक्रममा  यु.एस.  च्याम्बर अफ कमर्सका दक्षिण एसियातर्फका वरिष्ठ उपाध्यक्ष अतुल कश्यप र  यु‍‍.एस.  च्याम्बर अफ कमर्सका अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख जोन मर्फीले एमच्याम नेपालका अध्यक्ष अजित शाहलाई सदस्यताको प्रमाणपत्र प्रदान गर्नुभएकाे हाे । एमच्याम नेपालले आफ्नो स्थापनाको दुई वर्षमै यु‍.एस. च्याम्बर अफ कमर्सको सदस्य बन्न सफल हुनु ऐतिहासिक उपलब्धी भएको एमच्याम नेपालका अध्यक्ष अजित शाहले बताउनुभयाे । एमच्याम मार्फत अब संसारभरबाट नेपालमा लगानी गर्नका लागि अनुरोध गर्न…

शान्ति स्थापनामा नेपालले गरेको मौलिक अभ्यासबाट विश्वले पाठ सिक्नुपर्छ : महासचिव गुटेरेस
आर्थिक परिवेश

१३ कार्तिक , काठमाडौँ ।  नेपालको औपचारिक भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले शान्ति स्थापनामा नेपालले गरेको मौलिक अभ्यासबाट विश्वले पाठ सिक्नुपर्ने बताउनुभएको छ । ललितपुरको पुल्चोकस्थित राष्ट्रसङ्घ भवनमा आज आयोजित स्वागत समारोहलाई सम्बोधन गर्दै महासचिव गुटेरेसले भन्नुभयो, “नेपालले शान्ति स्थापनामा गरेको मौलिक अभ्यास, सङ्क्रमणकालीन न्यायलाई अन्तिम निष्कर्ष दिन चालेका कदम र शान्ति स्थापनार्थ खटाइएका शान्ति सेनाका सफल उदाहरणबाट विश्वले पाठ सिक्नुपर्छ ।” सो अवसरमा महासचिव गुटेरेसले नेपाललाई आर्थिक–सामाजिक र हरेक क्षेत्रमा सबल र सफल राष्ट्र बनाउन यहाँस्थित राष्ट्रसङ्घीय कार्यालयका कर्मचारीलाई आग्रह गर्नुभयो । उहाँले नेपाली जनतालाई केन्द्रमा राखेर आर्थिक–सामाजिक विकास गर्दै दिगो विकासका लक्ष्य पूरा गर्न  सम्भव छ…

सन् २०२३ मा चिनियाँ अर्थतन्त्र ५.२ प्रतिशतले बढ्ने
आर्थिक परिवेश

१३ कार्तिक, चीन ।  चालु वर्षमा चीनको कूल गार्हस्थ्य उत्पादन (जीडीपी) पाँच दशमलव दुई प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । अन्तर्राष्ट्रिय वित्तीय मञ्च (आईएफएफ) ले २०२४ मा चीनको जीडीपी ५ प्रतिशतले वृद्धि हुने अनुमान गरेको छ । चीनको दक्षिणी प्रान्त गुआङ्डोङको ग्वाङ्जाउमा आयोजित आईएफएफको २० वार्षिक बैठकका क्रममा जारी आईएफएफ २०२३ वैश्विक वित्त र विकास प्रतिवेदनअनुसार यो वर्ष वैश्विक विकास दर तीन दशमलव एक प्रतिशतमा अझ सुस्त हुने अनुमान छ । त्यस्तै सन् २०२४ मा पनि यस्तै कमजोर हुने सम्भावना छ । प्रतिवेदनमा अधिकांश मुलुकमा मौद्रिक कडाइको चक्र सन् २०२४ सम्ममा समाप्त हुने सम्भावना रहेको उल्लेख गरेको छ ।…

एनआरएनएको निर्वाचन परिणाम विवाद जारी,धाँधली गरेको अध्यक्षका दुई प्रत्यासीको आरोप
आर्थिक परिवेश

३ कात्तिक,काठमाडौँ ।   गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को अध्यक्षमा बद्री केसी निर्वाचित भए लगत्तै उत्पन्न भएको विवाद समाधान भएको छैन । अध्यक्षमा केसी निर्वाचित भएको परिणाम आज विहान घोषणा भएपछि उहाँका प्रतिस्पर्धीद्वय महेश श्रेष्ठ र आर के शर्माले धाँधली भएको भन्दै उक्त मतपरिणामलाई अस्वीकार गर्नुभएको छ । उहाँहरूले आज विज्ञप्ति प्रकाशन गरी अध्यक्ष पदको परिणाम स्वीकार गर्न नसकिने बताउनुभएको हो । “प्रविधिको प्रयोग गरी एनआरएनएको इतिहासमै पहिलो पटक गराइएको निर्वाचन स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित हुने हामीले अपेक्षा गरेका थियौँ, तर पूर्वनियोजित रूपमा सेटिङ गरी गरिएको कथित नतिजा घोषणा हामीलाई मान्य छैन”, अध्यक्षका प्रत्यासी श्रेष्ठ र शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।…

लगानीको प्रचुर संभावनाबाट लाभ लिन गैर आवासीय नेपालीहरुलाई राष्ट्रपति पौडेलको आग्रह
आर्थिक परिवेश

३० असोज, काठमाण्डौ ।  राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा रहेको लगानीको अपार संभावनाको सदुपयोग गर्न गैर आवासीय नेपालीहरुलाई आग्रह गर्नु भएको छ । आजदेखि काठमाण्डौमा शूरु भएको गैर आवासीय नेपाली विश्व सम्मेलन,११औं अन्तराष्ट्रिय महाधिवेशन तथा तेस्रो ज्ञान सम्मेलनको समुद्घाटन गर्नुहँदै राष्ट्रपति पौडेलले नेपालको जलस्रोत,पूर्वाधार,शिक्षा र स्वास्थ्यका क्षेत्रमा लगानीको प्रयाप्त संभावना रहेकोले लगानी गरी आभ लिन गैर आवासीय नेपालीहरुलाई आग्रह गर्नु भयो । नेपाल आर्थिक रुपमा सम्वृद्ध भए मात्र विश्वको जुनसुकै स्थानमा रहेका नेपालीहरुको पनि शिर ठाडो हुने भएकोले नेपालको सम्वृद्धिमा योगदान गर्न आवश्यक रहेकोमा पनि राष्ट्रपति पौडेलले जोड दिनु भयो । नेपाललाई शुसासन,विकास र सम्वृद्धिको क्षेत्रमा अघि बढाउन गैर आवासीय नेपालीहरुको…