अरब संसारमा युएईले आर्थिक प्रतिस्पर्धी राष्ट्रको रूपमा सबैभन्दा बलियो स्थिति निर्माण गरयाे
आर्थिक परिवेश०७ पुष, अबुधाबी। संयुक्त अरब इमिरेट्स अरब मुद्रा कोषद्वारा जारी गरिएको नवीनतम अरब आर्थिक प्रतिस्पर्धा सूचकाङ्कमा शीर्ष स्थानमा पुगेको छ । अरब संसारमा युएईले आर्थिक प्रतिस्पर्धी राष्ट्रको रूपमा सबैभन्दा बलियो स्थिति निर्माण गरेको छ । एएमएफको अरब आर्थिक प्रतिस्पर्धा प्रतिवेदनको सातौं संस्करणमा विशेष जोड दिएको यो विषयले समग्र अर्थव्यवस्था, बढ्दो आकर्षक लगानी वातावरण, र बढ्दो आकर्षण सहित महत्त्वपूर्ण क्षेत्रहरूमा युएईको निरन्तर प्रगतिलाई देखाएको छ । प्रतिवेदनले युएईले सरकारी वित्तीय क्षेत्र सूचकाङ्कमा पनि शीर्ष स्थान सुरक्षित गरेको छ । साथै प्रतिवेदनमा सबै उप-सूचकाङ्कहरूमा उन्नत स्थानका कारण आर्थिक स्वतन्त्रता सूचकाङ्कमा पनि युएई लगानीको वातावरण र आकर्षणका हिसाबले अरब राष्ट्रहरूमध्ये पहिलो स्थानमा परेको…
निर्वाचनको सम्भावना बढ्दै जाँदा बेलायतको अर्थतन्त्रमा सङ्कुचन
आर्थिक परिवेश०७ पुष, लन्डन । बेलायतको अर्थतन्त्र तेस्रो त्रैमासिकमा अप्रत्याशित रूपमा सङ्कुचन भएको शुक्रबार आधिकारिक आँकडाले देखाएको छ । यसबाट आगामी वर्ष हुनलागेको निर्वाचनभन्दा अगाडि नै सम्भावित मन्दीको आशङ्का बढेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालय (ओएनएस) का अनुसार जुलाई र सेप्टेम्बरको बीचमा कूल गार्हस्थ्य उत्पादन (जिडिपी) मा शून्य दशमलव एक प्रतिशतले घटेको छ । यो शून्य वृद्धिको पूर्वानुमानभन्दा कम हो । ब्याजदरमा वृद्धि, उच्च मुद्रास्फीति र सेवा क्षेत्रको गिरावटले गतिविधिमा प्रतिकूल असर परेको थियो । ओएनएसले दोस्रो त्रैमासिकमा अर्थतन्त्र स्थिर रहँदा शून्य दशमलव दुई प्रतिशतले वृद्धि हुने उसको अघिल्लो अनुमान कम भयो । यसबाट सम्भावित मन्दीको अनुमान तीव्र भएको छ ।…
नक्कली भ्रमण भिषा लगाउने कार्यमा संलग्नहरू पक्राउ मिलेमतोमा काम
आर्थिक परिवेश१ पुष, काठमाडौँ । भ्रमण भिसामा विदेश जान लागेका एक हजार पाँच सय युवाभन्दा बढीका कागजात अध्ययन गर्दा दुई सय ४६ जनाको कागजात नक्कली फेला परेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार सरकारी कर्मचारीकै संलग्नतामा सङ्गठितरुपमा यसरी नक्कली कागजात बनाइ मानिसलाई भ्रमण भिसामा विदेश पठाउने गरेको पाइएको छ । यसरी मिलेमतोमा विदेशिएका अधिकांश त्यहाँ घुम्नका लागि नभई कामका लागि जाने गरेका छन् । शङ्कास्पद कागजातसहित गएको असोजदेखि नै प्रहरीले अनुसन्धान थालेको थियो । सो क्रममा एक हजार पाँच सय १२ जनाका कागजात अध्ययन गर्दा त्यसमध्ये दुई सय ४६ कागजात प्रमाणपत्र, श्रम, नाता प्रमाणित, प्रहरी रिपोर्ट र बैङ्क विवरणलगायतका…
परराष्ट्र मन्त्रालयकाे सचिवमा पहिलाे पटक महिला नियुक्त
आर्थिक परिवेश२८ मंसिर, काठमाडौँ । सरकारले परराष्ट्र मन्त्रालयकी सहसचिव सेवा लम्साललाई सचिव पदमा बढुवा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहिवार बसेको मन्त्रिपरिषद्को बैठकले लम्साललाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो । यस्तै बैठकले नेपाली सेनाका उपरथी अशोकराज सिग्देललाई रथी पदमा बढुवा गर्ने निर्णय गरेको पनि प्रवक्ता शर्माले जानकारी दिनुभयो । बैठकले विद्युत् खपत वृद्धि तथा खनिज इन्धन न्यूनीकरण सम्बन्धी कार्ययोजना, २०८० स्वीकृत गर्ने निर्णय समेत गरेको प्रवक्ता शर्माले जानकारी दिनुभयो छ । आजै दिउँसो प्रधानमन्त्री कार्यालयमा बसेको सरकारको चौमासिक कार्य प्रगति समीक्षा बैठकका सम्बन्धमा सञ्चारकर्मीले साधेको…
अस्ट्रेलियाको ग्रामीण क्षेत्रमा धेरै घरहरू खाली भए पछि विदेशी मुलका घरमा थप कर लगाउने तयारी
आर्थिक परिवेश२४ मंसिर, सिड्नी । अस्ट्रेलिया सरकारले भाडाको सङ्कट कम गर्ने प्रयास स्वरूप विद्यमान घरका विदेशी खरिदकर्तालाई शुल्कमा नाटकीय वृद्धि गर्ने घोषणा गरेको छ । अष्ट्रेलियामा भाडामा कोठा पाउन कठिन बनेपछि लेबर पार्टीले खाली घर नराख्न प्रोत्साहन गर्न र कोठा भाडा पाउने अवस्थालाई सहज बनाउन नयाँ वर्षको सुरुमा नै नयाँ कानुन ल्याई घरका विदेशी खरिदकर्ताले घरलाई खाली राखेमा बढी कर तिर्नुपर्ने व्यवस्था गर्न लागेको हो । घर निर्माण घट्दै जाँदा सेप्टेम्बर ३० सम्मको अवधिमा भाडाको मूल्य १४ वर्षयताकै सबैभन्दा तीव्र स्तरमा अर्थात् ७.६ प्रतिशतले बढेको छ । कोषाध्यक्ष जिम चाल्मर्सले भन्नुभयो,“अस्ट्रेलियाको ग्रामीण क्षेत्रमा धेरै घरहरू खाली छन् । तर कोठा भाडा…