
नेपालीहरुको शव फिर्ता गर्न इजरायल सरकार र सरोकारवाला निकायसँग सहकार्य गरि प्रकृया अघि बढयाे
आर्थिक परिवेश२२ असाेज, तेल अबिब, इजरेल । दक्षिण इजरायलको किवुज अलुमिम भन्ने स्थानमा प्यालेस्टाइनको हमास समुहको आक्रमणबाट दुखद निधन भएका १० जना नेपालीहरुको शव फिर्ता गर्नका लागि नेपाली राजदूतावासले इजरायल सरकार तथा सरोकारवाला निकायसँग समन्वय तथा सहकार्य सुरु गरिसकेको छ । घटनामा परी घाइते मध्ये ४ जनाको स्थानीय अस्पतालमा उपचार भैरहेको छ भने दुई जनालाइ तेल अबिब सहरमा सुरक्षित स्थानमा ल्याइसकिएको नेपाली राजदूतावास तेल अबिबले जनाएकाे छ। साथै, सम्पर्क विहिन रहेका एक जना नेपालीको खोजीकार्य प्रहरी, अस्पताल लगायत उपलब्ध सम्पूर्ण स्थानीय संयन्त्रको सहयोगमा तिब्र गरिएको छ। हाल युद्ध भइरहेको इजरायल-गाजाको सीमावर्ती क्षेत्रका कृषि फर्ममा फसेका नेपाली विद्यार्थीहरुलाई कृषि प्रशिक्षण केन्द्र, इजरायली…

४९ विद्यार्थीमध्ये ५ टोलीका ३२ जनाको उद्धार गरी सुरक्षित स्थानमा सारियाे
आर्थिक परिवेश२२ असाेज, कञ्चनपुर । इजरायलको हमास नियन्त्रित क्षेत्रबाट ३२ जना नेपाली विद्यार्थीको उद्धार गरिएको छ । सुदूरपश्चिम विश्वविद्यालयबाट ६ टोलीमा गएका ४९ विद्यार्थीमध्ये ५ टोलीका ३२ जनाको उद्धार गरी सुरक्षित स्थानमा सारिएको सुदूरपश्चिम विश्वविद्यालयका रजिष्ट्रार यज्ञराज पाठकले जानकारी दिनुभयो । हमासको नियन्त्रणमा रहेको इजरायलको दक्षिणी क्षेत्रबाट ३२ जना सुदूरपश्चिम विश्वविद्यालयबाट गएका विद्यार्थीको उद्धार गरी इजरायली सेनाको सुरक्षा घेरामार्फत सुरक्षित स्थानतर्फ लगिएको नेपाली दूतावासलाई उद्धृत गर्दै रजिष्ट्रार पाठकले बताउनुभयो । सिकाइसँगै कमाइ कार्यक्रमका लागि इजरायल गएका सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान सङ्काय स्नातक तह आठौँ सेमेस्टरका ४९ जना विद्यार्थीहरूलाई ६ वटा समूहमा विभाजन गरी अलग–अलग कृषि फार्ममा पठाइएको थियो । जसमध्ये १७…

नेपालको आर्थिक वृद्धि सन् २०२४ मा ३.९ प्रतिशतले सुधार हुन्छ : विश्व बैंक
आर्थिक परिवेश१६ असाेज, काठमाडौं । विश्व बैंकले सन् २०२४ मा नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशतले सुधार हुने प्रक्षेपण गरेको छ । विश्व बैंकले अर्धवार्षिक रूपमा सार्वजनिक गर्ने प्रतिवेदनले हटाइएको आयात प्रतिबन्ध, पर्यटनमा फर्कंदो उत्साह र मौद्रिक नीतिमा क्रमशः बढाइएको खुकुलोपन लगायतका कारणले आर्थिक वर्ष २०२४ मा नेपालको अर्थतन्त्रको वृद्धिदर ३.९ प्रतिशत पुग्ने प्रक्षेपण गरेको हो । मंगलवार सार्वजनिक भएको ‘नेपाल विकास अपडेटः निर्यातको प्रतिस्पर्धात्मकता पुनर्स्थापना’ ले वर्ष २०२५ सम्ममा नेपालको अर्थतन्त्र ५ प्रतिशतले बढ्ने अनुमान पनि गरेको छ । तर पनि अनियमित वर्षाका कारणले कृषि उपज उत्पादनको वृद्धिमा हुनसक्ने क्षति, भारतको निर्यात प्रतिबन्ध र उपभोग्य वस्तुमा पछिल्ला दिनमा आकासिएको मूल्यका कारण…

प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमण आर्थिक दृष्टिले फलदायी : अध्यक्ष ढकाल
आर्थिक परिवेश१३ असोज, छन्दु चीन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमण आर्थिक दृष्टिले फलदायी भएको नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताउनुभएको छ । चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री दाहालको भ्रमण दलमा निजी क्षेत्रका तर्फबाट सहभागी ढकालले चीनको छन्दु सहरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै भ्रमणका क्रममा नेपालमा चिनियाँ लगानी बढाउनुका साथै अन्य आर्थिक सम्भावनाको खोजी गरिएको बताउनुभयो । भ्रमणको सुरुमै चीनको राजधानी बेइजिङमा नेपाल उद्योग वाणिज्य महासङ्घको आयोजनामा चिनियाँ व्यवसायीहरूको संस्था सिसिपिआइटी सम्मिलित ‘बिजनेस समिट’ सम्पन्न भएको थियो । उक्त समिटमा चिनियाँ लगानीकर्तासहित नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसङ्घलगायत नेपालका निजी क्षेत्रका प्रतिनिधिहरू पनि सम्मिलित भएका थिए । समिटमा…

स्वीट्जरल्यान्डसहित ३ मुलुकसंग हवाई सम्झौता गर्ने नेपालको तयारी
आर्थिक परिवेश१२,असोज, काठमाडौं । नेपालले अन्तर्राष्ट्रिय हवाई सञ्जाल विस्तार गर्ने क्रममा युरोपेली मुलुक स्वीट्जरल्यान्डसहित तीन मुलुकसँग द्विपक्षीय हवाई सम्झौता गर्ने तयारी गरिरहेको छ । नेपालले स्वीट्जरल्यान्ड, इन्डोनेसिया र रुवान्डासँग हवाई सम्झौताको तयारी गरेको मन्त्रालयका नागरिक उड्डयन महाशाखा प्रमुख एवं सहसचिव बुद्धिसागर लामिछानेले जानकारी दिनुभयो । तीनवटै मुलुकसँग हवाई सम्झौताका लागि आवश्यक कागजी प्रक्रिया पूरा भइसकेकाले समय र स्थान तय गरेर सम्झौता गरिने उहाँको भनाइ छ । क्यानाडाको मोन्ट्रियलमा भएको अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)को ४१औँ महासभाका अवसरमा दुई देशबीच प्रारम्भिक हवाई सम्झौताको सैद्धान्तिक सहमति भएको थियो । नेपाल र स्वीट्जरल्यान्डबीच एयर कनेक्टिभिटीका लागि एमओयु भएको र अरू धेरै मुलुकसँग पनि एमओयु…