
सन् २०२३ मा चिनियाँ अर्थतन्त्र ५.२ प्रतिशतले बढ्ने
आर्थिक परिवेश१३ कार्तिक, चीन । चालु वर्षमा चीनको कूल गार्हस्थ्य उत्पादन (जीडीपी) पाँच दशमलव दुई प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । अन्तर्राष्ट्रिय वित्तीय मञ्च (आईएफएफ) ले २०२४ मा चीनको जीडीपी ५ प्रतिशतले वृद्धि हुने अनुमान गरेको छ । चीनको दक्षिणी प्रान्त गुआङ्डोङको ग्वाङ्जाउमा आयोजित आईएफएफको २० वार्षिक बैठकका क्रममा जारी आईएफएफ २०२३ वैश्विक वित्त र विकास प्रतिवेदनअनुसार यो वर्ष वैश्विक विकास दर तीन दशमलव एक प्रतिशतमा अझ सुस्त हुने अनुमान छ । त्यस्तै सन् २०२४ मा पनि यस्तै कमजोर हुने सम्भावना छ । प्रतिवेदनमा अधिकांश मुलुकमा मौद्रिक कडाइको चक्र सन् २०२४ सम्ममा समाप्त हुने सम्भावना रहेको उल्लेख गरेको छ ।…

एनआरएनएको निर्वाचन परिणाम विवाद जारी,धाँधली गरेको अध्यक्षका दुई प्रत्यासीको आरोप
आर्थिक परिवेश३ कात्तिक,काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को अध्यक्षमा बद्री केसी निर्वाचित भए लगत्तै उत्पन्न भएको विवाद समाधान भएको छैन । अध्यक्षमा केसी निर्वाचित भएको परिणाम आज विहान घोषणा भएपछि उहाँका प्रतिस्पर्धीद्वय महेश श्रेष्ठ र आर के शर्माले धाँधली भएको भन्दै उक्त मतपरिणामलाई अस्वीकार गर्नुभएको छ । उहाँहरूले आज विज्ञप्ति प्रकाशन गरी अध्यक्ष पदको परिणाम स्वीकार गर्न नसकिने बताउनुभएको हो । “प्रविधिको प्रयोग गरी एनआरएनएको इतिहासमै पहिलो पटक गराइएको निर्वाचन स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित हुने हामीले अपेक्षा गरेका थियौँ, तर पूर्वनियोजित रूपमा सेटिङ गरी गरिएको कथित नतिजा घोषणा हामीलाई मान्य छैन”, अध्यक्षका प्रत्यासी श्रेष्ठ र शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।…

लगानीको प्रचुर संभावनाबाट लाभ लिन गैर आवासीय नेपालीहरुलाई राष्ट्रपति पौडेलको आग्रह
आर्थिक परिवेश३० असोज, काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा रहेको लगानीको अपार संभावनाको सदुपयोग गर्न गैर आवासीय नेपालीहरुलाई आग्रह गर्नु भएको छ । आजदेखि काठमाण्डौमा शूरु भएको गैर आवासीय नेपाली विश्व सम्मेलन,११औं अन्तराष्ट्रिय महाधिवेशन तथा तेस्रो ज्ञान सम्मेलनको समुद्घाटन गर्नुहँदै राष्ट्रपति पौडेलले नेपालको जलस्रोत,पूर्वाधार,शिक्षा र स्वास्थ्यका क्षेत्रमा लगानीको प्रयाप्त संभावना रहेकोले लगानी गरी आभ लिन गैर आवासीय नेपालीहरुलाई आग्रह गर्नु भयो । नेपाल आर्थिक रुपमा सम्वृद्ध भए मात्र विश्वको जुनसुकै स्थानमा रहेका नेपालीहरुको पनि शिर ठाडो हुने भएकोले नेपालको सम्वृद्धिमा योगदान गर्न आवश्यक रहेकोमा पनि राष्ट्रपति पौडेलले जोड दिनु भयो । नेपाललाई शुसासन,विकास र सम्वृद्धिको क्षेत्रमा अघि बढाउन गैर आवासीय नेपालीहरुको…

२० बर्षमा गैर आवासीय नेपाली संघले १ खर्ब भन्दा बढी लगानी नेपाल भित्र्याएको छ : डा केसी
आर्थिक परिवेश२९ असाेज, काठमाडाैं । विश्वभर छरिएर रहेका गैर आवासीय नेपालीहरुको ११ औँ अन्तर्राष्ट्रिय महाधिवेशन मंगलवार असोज ३० गतेदेखि काठमाण्डौमा हुने भएको छ । नेपालीका लागि नेपाली” तथा “ज्ञान र रुपान्तरण समृद्धिको आधार भन्ने नाराका साथ आयोजना हुन लागेको ११ औँ अन्तर्राष्ट्रिय महाधिवेशन लागि आवश्यक पर्ने सबै प्रतिनिधि तथा उम्मेदवारहरु काठमाण्डौ आइसकेका छन् । अन्तर्राष्ट्रिय महाधिवेशनकाे लागि अावश्यक सबै तयारी सम्पूर्ण पुरा भएको गैर आवासीय नेपाली संघले सोमवार काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । नेपाल सरकार, नेपाल उद्योग परिसंघ, नेपाल उद्योग वाणिज्य महासंघ र गैर आवासीय नेपाली संघको संयुक्त आयोजनामा हुने सम्मेलनको उद्घाटन असोज ३० गते अर्थात १७ अक्टोबर…

१ खर्ब ३० अर्ब सहुलियत ऋण उपलब्ध गराउन विश्व बैंक सकारात्मक, आइडिएको बैठक नेपालमा
आर्थिक परिवेश२७ असाेज, माेरक्काे । माथिल्लो अरुण जलविद्युत आयोजनामा १ खर्ब ३० अर्ब रुपैया सहुलियतपूर्ण ऋण सहायता जुटाउन विश्व बैंक सकारात्मक भएको छ । रणनीतिक महत्व रहेको माथिल्लो अरूण जलविद्युत आयोजनामा विश्व बैंकको सहुलियतपूर्ण कर्जाको अंश बढाउने, निजी क्षेत्रबाट स्वलगानी बढाउने विषयमा नेपाली उच्चस्तरीय प्रतिनिधिमण्डलले आगामी हप्ता वासिङटनमा प्राविधिक तथा वित्तीय पक्षसंग छलफल गर्नेछ । त्यसैगरी सहुलियतपूर्ण ॠण उपलब्ध गराउने संरचना अन्तर्राष्ट्रिय विकास सहायता (आइडिए)को २१ औं रिप्लेनिस्मेन्ट बैठक नेपालमा आयोजना गर्न अर्थमन्त्री डा. प्रकाशशरण महतले राख्नु भएको प्रस्तावमा समेत विश्व बैंक सकारात्मक भएको छ । विश्व बैंक दक्षिण एसिया क्षेत्रका उपाध्यक्ष मार्टिन रेजर र विकास वित्त तर्फका उपाध्यक्ष आकिहिको निसिओसँगको…