८ औं एनआरएनए मध्यपूर्व क्षेत्रीय सम्मेलन, ओमानमा  
आर्थिक परिवेश

३२ जेठ,काठमाडाै ।  अनिवार्य सामाजिक सुरक्षा र सम्मानित वैदेशिक रोजगार रेमिट्यान्सको सही लगानी राष्ट्र निर्माणको आधार’ भन्ने मुल नारासहित यही जुन २८ देखि ३० तारिखसम्म गैरआवासीय नेपाली संघको मध्यपूर्व क्षेत्रीय परिषद्को  आठौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन  आयोजना हुने भएकाे छ । गैर आवासीय नेपाली स‌‌‌घ राष्ट्रिय समन्वय परिषद् ओमानको आयोजना  अर्थतन्त्रमा ओझेलमा परेको उनीहरुको योगदान, श्रमिक र उनीहरुका परिवारको जीवनमा तात्विक परिवर्तन हुन नसकेको परिस्थिति, वैदेशिक रोजगारीको सामाजिक र पारिवारिक प्रभाव, सुरक्षित आप्रवासन नीति तथा कार्यान्वयन लगायतका  विषयमा छलफल हुनेछ । मध्यपूर्वमा कार्यरत श्रमिक र उनीहरुको परिवारको मानसिक तथा शारीरिक स्वास्थ्य, मध्यपूर्वमा रहेका श्रमिक तथा स्वरोजगारमा रहेका नेपालीको मताधिकार, वैदेशिक रोजगारीमा जाने युवाका लागि भाषा, सीपमूलक तालिम, फर्केर आएका युवा–युवतीका…

११ महिनामा वैदेशिक रोजगारीमा गएका एक हजार भन्दा बढिले मृत्यु
आर्थिक परिवेश

२८ जेठ, काठमाडौं।   चालु आर्थिक वर्षको ११ महिनामा वैदेशिक रोजगारीमा गएका एक हजारभन्दा बढिले मृत्यु भएको छ । वैदेशिक रोजगार बोर्ड सचिवालयको तथ्याङ्क अनुसार यो आर्थिक वर्षको ११ महिनामा सातै प्रदेशका विभिन्न जिल्लाबाट वैदेशिक रोजगारीमा गएका एक हजार ६३ जना श्रमिकको मृत्यु भएको हो । चालू आवमा मधेश प्रदेश र कोशी प्रदेशबाट मात्रै ४ सय ९४ जनाको मृत्यु भएको छ जसमध्ये १६ जना महिला श्रमिक रहेका छन् । त्यस्तै, लुम्बिनी प्रदेशबाट २ सय ३५, गण्डकी प्रदेशबाट एक सय ३९ श्रमिकले ज्यान गुमाएका छन् भने बाग्मती प्रदेशका एक सय २५, कर्णाली प्रदेश ५० र सुदूरपश्चिम प्रदेशबाट २० जना श्रमिकले ज्यान गुमाएका…

गौतमबुद्ध विमानस्थलमा इन्स्ट्र्युमेन्ट ल्यान्डिङ सिस्टम सञ्चालन सहमती
आर्थिक परिवेश

१८ जेठ, काठमाडौ‌। भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उपकरणमा आधारित अवतरण प्रणाली ‘इन्स्ट्र्युमेन्ट ल्यान्डिङ सिस्टम’ (आइएलएस) सञ्चालनको बाटो खुलेको छ । भारतको चार दिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीको कार्यालय हैदराबाद हाउसमा भएको भेटपछि आयोजित पत्रकार सम्मेलनमा आइएलएस प्रणाली सञ्चालनको बाटो खुलेको जानकारी दिनुभएको हो । “भारत सरकारले नेपाल–भारत सीमा नजिक रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘इन्स्ट्र्युमेन्ट ल्यान्डिङ सिस्टम’बाट उडानसम्बन्धी स्वीकृति दिएकोमा प्रशंसा गर्दछु । यसबाट सुरक्षित र पूर्ण क्षमतामा हवाई उडान हुनेछ”, प्रधानमन्त्री दाहालले भन्नुभयो । उहाँले नवनिर्मित भैरहवा र पोखरास्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतका विभिन्न सहरमा उडानको अपेक्षा गरेको बताउनुभयो । प्रधानमन्त्री दाहालले…

नेपाल र भारतका प्रधानमन्त्रीले कार्गो रेल्वे सेवाको उद्घाटन
आर्थिक परिवेश

 १८ जेठ, नयाँदिल्ली, भारत । भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल र उहाँका भारतीय समकक्षी  प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको बथनाहादेखि विराटनगरको बुधनगरसम्मको रेल्वे सेवाको बिहिवार संयुक्तरुपमा उद्घाटन गर्नुभएको छ । नयाँदिल्लीस्थित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यालय हैदरावाद हाउसबाट दुई देशका प्रधानमन्त्रीले हरियो झण्डा देखाएर कार्गो रेल्वे सेवाको उद्घाटन गर्नुभएको हो । प्रधानमन्त्री प्रचण्ड र उहाँका भारतीय समकक्षी मोदीले झण्डा देखाएपछि बथनाहाबाट भारतीय पक्षले कार्गो रेललाई बिदाइ र बुधनगरमा नेपाली सरकारी अधिकारीले स्वागत गर्नेछन् । विराटनगरस्थित एकीकृत भन्सार जाँच चौकीसम्म आइपुग्ने सो मालवाहक रेलले केही उद्योगका लागि कच्चापदार्थ ढुवानी गरेको छ । लामो समयदेखि कोशी प्रदेशका व्यवसायीले सीमा क्षेत्र बथनाहादेखि विराटनगरको…

प्रधानमन्त्री ४ दिने भारत भ्रमणका लागि नयाँ दिल्लीमा
आर्थिक परिवेश

१७ जेठ, नयाँ दिल्ली, भारत  । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ केही बेर अघि भारतको राजधानी नयाँ दिल्ली पुग्नुभएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा चार दिने औपचारिक भ्रमणका क्रममा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ दिल्ली पुग्नुभएको हो । प्रधानमन्त्री दाहाललाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका सङ्घीय विदेश मामिला तथा संस्कृति राज्यमन्त्री मीनाक्षी लेखीले स्वागत गर्नुभएको थियो । त्यस क्रममा विमानस्थलमा भारतका लागि नेपाली राजदूत डा शङ्कर शर्मा, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवलगायतको उपस्थिति थियो । प्रधानमन्त्रीलाई विमानस्थलमा सांस्कृतिक झाँकीले स्वागत गरिएको थियो । त्यसैगरी उहाँलाई भारतमा स्वागत गरिएका ब्यानरहरू पनि सडकका किनारमा राखिएको थियो । यस…