विदेशमा सिकेको सीप र पूँजीलाई नेपालको विकासमा लगाउन अर्थमन्त्री डा. महतको आग्रह
आर्थिक परिवेश१० भदाै, भ्यानकुभर, क्यानाडा । अर्थ मन्त्री डा. प्रकाश शरण महतले क्यानाडाको भ्यानकुभरस्थित नेपाली समुदायलाई विदेशमा सिकेको सीप, प्रविधि, अनुभव र पूँजीलाई नेपालको विकासमा लगाउन आग्रह गर्नु भएको छ । क्यानाडाको भ्यानकुभरमा रहनुभएका नेपाली समुदायसँग छलफल तथा अन्तर्क्रिया गर्नेक्रममा अर्थमन्त्री महतले यस्तो आग्रह गर्नु भएको हो । अहिले नेपालमा लगानीमैत्री वातावरण निर्माण हुँदै गएको तथा उर्जा, पर्यटन, सूचना प्रविधि एवं कृषि उद्यम लगायतका क्षेत्रहरू लगानीको लागि आकर्षक रहेको मन्त्री महतले बताउनु भयो । यसैगरी नेपालमा विशेषज्ञ जनशक्तिको अभाव पुरा गर्न नेपाली डायसपोरालाई मद्दत गर्न मन्त्री महतले आग्रह गर्नु भयो । यसैक्रममा उहाँले नेपाली समुदायले उच्च शिक्षाका लागि क्यानाडा आउने विद्यार्थीहरू…
अर्थमन्त्री डा. प्रकाशशरण महत जीईएफको उपाध्यक्षमा निर्वाचित
आर्थिक परिवेश०८भदाै भ्यानकुभर, क्यानाडा । अर्थमन्त्री डा. प्रकाशशरण महत ग्लोबल इनभ्यारोमेन्ट फ्यासिलिटी (जीईएफ) को उपाध्यक्षमा निर्वाचित हुनु भएको छ । आज ७ औँ विश्व सम्मेलनको प्लेनरी सेसनबाट एसेम्वलीको जारी बैठकमा गणतन्त्र पानामाको प्रस्ताव तथा नेदरल्याडको समर्थनमा मन्त्री महत उपाध्यक्षमा निर्वाचित हुनु भएको हो । यस अगाडि मन्त्री डा.महतले विश्व वातावरण कोषको एसेम्वली बैठकमा सम्बोधन गर्दै नेपालले कूल क्षेत्रफलको ४५ प्रतिशत वन संरक्षण गरी समग्र मानव समुदायको लागि स्वच्छ अक्सिजन प्रवाह गरेको बताउनुभयो । साथै, उहाँले दक्षिण एसियाका एक अर्बभन्दा बढी जनसंख्याको लागि पानीको श्रोत रहेको बिषय विश्व समुदायमा ध्यानाकर्षण गर्नुभयो । यसैगरी नेपालले जैविक विविधताको संरक्षणमा ईमान्दार प्रयत्न गरिरहेको साथै दुर्लभ…
वैदेशिक रोजगारीमा गएका नागरिकका समस्या समाधानमा ‘ब्रेक थ्रु’ गर्न योजना तयार गर्नुस : प्रम
आर्थिक परिवेश०७भदाै,काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वैदेशिक रोजगारीमा गएका नागरिकका समस्या समाधानमा ‘ब्रेक थ्रु’ गर्ने गरी योजना तयार गर्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोजित श्रम आप्रवासनसम्बन्धी विद्यमान समस्या तथा समाधानसम्बन्धी छलफल कार्यक्रममा उहाँले श्रम आप्रवासनमा रहेका नागरिक र उनीहरूले भोगेका समस्याको यथार्थ र वास्तविक तथ्याङ्क र अध्ययन, अनुसन्धान आवश्यक रहेको भन्दै ती विवरण तत्काल सङ्कलन गर्न निर्देशन दिनुभयो । प्रधानमन्त्री दाहालले देश गरिब हुँदा दुःख पाइएको उल्लेख गर्दै देश धनी बनाउने दिशातर्फ केन्द्रित हुने गरी वैदेशिक रोजगार तथा श्रम आप्रवासनलाई व्यवस्थित, पारदर्शी बनाउन आवश्यक भएको बताउनुभयो । वैदेशिक रोजगारीलाई व्यवस्थित, पारदर्शी र वैधानिक…
गैर आवासीय नेपाली संघको निर्वाचनका लागि उम्मेदवारी घाेषणा गर्ने क्रम शुरू
आर्थिक परिवेश०४ भदाै, काठमाडाैं । आगामी अक्टोबरमा हुने गैर आवासीय नेपाली संघको निर्वाचनका लागि उम्मेदवारी घाेषणा गर्ने क्रम शुरू भएकाे छ । काठमाडाैमा हुने गैर आवासीय नेपाली संघकाे विश्व सम्मेलनकाे क्रममा आगामी दुइ बर्षे कार्यकाल सन् २०२३–२५ लागि हुने निर्वाचनका लागि अध्यक्षमा हालका उपाध्यक्ष महेश श्रेष्ठले उम्मेदवारी दिने घोषणा गर्नु भएकाे छ । एनआरएनए युकेको नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिन आइतबार लण्डनमा आयोजित कार्यक्रममा उपाध्यक्ष श्रेष्ठले एनआरएनएको जननी मुलुक बेलायतबाट आफ्नो उम्मेदवारी घोषणा गर्न पाउँदा साह्रै खुसी लागेको बताउनु भयाे । उनले विस्तृत एजेन्डा सहित छिट्टै नेपालबाट औपचारिक घोषणा गर्ने पनि जानकारी दिनु भयाे । संघका महासचिव डा केशव…
विदेशका नेपालीहरुको मतदाता नामावली संकलनको प्रक्रिया सुरु : प्रमुख निर्वाचन आयुक्त
आर्थिक परिवेश३० साउन, काठमाडाैं । गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष डा बद्री केसीको नेतृत्वमा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियासँग भेटघाट भएको छ । निर्वाचनमा आयोगमा भएको भेटमा संघका कार्यकारी अध्यक्ष बद्री केसीले विदेशमा रहेका नेपालीको मताधिकारको अधिकार कार्यान्वयनमा भइरहेको पछिल्लो प्रगति सम्बन्धमा चासो व्यक्त गर्नुभएको थियो । उक्त भेटमा प्रमुख निर्वाचन आयुक्त थपलियाले विदेशमा रहेका नेपालीहरुको मतदाता नामावली संकलनको प्रक्रिया सुरु भएको र विदेशमै गएर नामावली संकलनको तयारी पनि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । आयोगले सम्बन्धित देशका सरकारी निकायसहित गैरआवासीय नेपालीसँग पनि सहकार्य र समन्वय गरेर मतदाता नामावली संकलन गर्ने बताउनुभयो । त्यसका लागि गैरआवासीय नेपाली संघले सहकार्य, समन्वय…