
अष्ट्रेलियाका नेपालीलाई चुनाव लाग्याे, अध्यक्षमा ३ जनाले प्रतिस्पर्धा गर्दै
आर्थिक परिवेश४ साउन , काठमाडाै । अष्ट्रेलियाका नेपालीलाई यतीबेला आफनो प्रतिनिधि छनौटका लागि चुनाव लागेकाे छ । करिव १ लाख ५० हजार नेपालीहरुको बसोबास रहेको अष्ट्रेलियामा नेपालीहरुको साझा संस्था गैर आवासीय नेपाली संघको निर्वाचनले यति वेला माहौल तताएको छ । २०२३ जुलाई २९ तारिखमा हुन गैरहेको गैर आवासीय नेपाली संघ राष्ट्रिय कार्यसमिति अष्ट्रेलियाको निर्वाचनका लागि अध्यक्षको पदमा ३ जनाले उम्मेदवारी घोषणा गरेका छन । महासचिवमा ३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । अन्य उम्मेदवारीको वारेमा अध्ययन भैरहेको निर्वाचन समितिले जनाएको छ । अध्यक्षका उम्मेदवारहरुले हाल अष्ट्रेलियाका नेपालीहरुको बाक्लो बसोबास रहेका विभिन्न प्रदेशहरुको चुनावी भ्रमण गरिरहेका छन् । निर्वाचनका लागि राष्ट्रिय कार्यसमिति…

श्रोतमा कमी र बढ्दो ऋणका बीच दीगो विकास लक्ष्य हासिल गर्न चुनौती : अर्थमन्त्री
आर्थिक परिवेश०१ साउन,गुजरात ,भारत । अर्थमन्त्री डा. प्रकाशशरण महतले अल्पविकसित मुलुकका राजस्व श्रोतमा कमी र बढ्दो ऋणका बीचमा दीगो विकास लक्ष्य हासिल गर्न चुनौती थपेको बताउनु भएकाे छ । भारतको गुजरातस्थित गान्धीनगरमा सोमबारबाट सुरु भएको जी–२० मुलुकका अर्थमन्त्री तथा केन्द्रीय बैंकका गभर्नरस्तरीय तेस्रो बैठकमा बोल्दै अर्थमन्त्री डा. महतले श्रोत अभावले गर्दा स्वास्थ्य क्षेत्रमा प्रतिव्यक्ति लगानीसमेत बढाउन नसकिएको बताउनु भयो । अन्तर्राष्ट्रिय समुदायले सहुलियत पूर्ण, सुविधाजनक, लचक खालका अनुदान र स्रोत उपलब्ध गराउन तथा थप श्रोत उपलब्ध गराउन बैठकमा उहाँले आह्वान गर्नुभयो । सम्मेलनमा भारत, अमेरिका, चीन, जापान, फ्रान्स र रसियालगायतका सदस्य राष्ट्र र विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ), एशियाली विकास…

अष्ट्रेलियाका नेपालीलाई यतीबेला चुनावकाे भल छाेपाइ
आर्थिक परिवेश३० असार, काठमाडाै । अष्ट्रेलियाका नेपालीलाई यतीबेला आफनो प्रतिनिधि छनौटका लागि चुनाव लागेकाे छ । करिव १ लाख ५० हजार नेपालीहरुको बसोबास रहेको अष्ट्रेलियामा नेपालीहरुको साझा संस्था गैर आवासीय नेपाली संघको निर्वाचनले यति वेला माहौल तताएको छ । २०२३ जुलाई २९ तारिखमा हुन गैरहेको गैर आवासीय नेपाली संघ राष्ट्रिय कार्यसमिति अष्ट्रेलियाको निर्वाचनका लागि अध्यक्षको पदमा ३ जनाले उम्मेदवारी घोषणा गरेका छन्। महासचिवमा ३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । अन्य उम्मेदवारीको वारेमा अध्ययन भैरहेको निर्वाचन समितिले जनाएको छ । अध्यक्षका उम्मेदवारहरुले हाल अष्ट्रेलियाका नेपालीहरुको बाक्लो बसोबास रहेका विभिन्न प्रदेशहरुको चुनावी भ्रमण गरिरहेका छन् । निर्वाचनका लागि राष्ट्रिय कार्यसमिति अष्ट्रेलियाका पूर्व…

योजना आयोगका उपाध्यक्ष र चिनियाँ समकक्षीबीच बेइजिङमा भेटवार्ता
आर्थिक परिवेश२६ असार,काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र चीन सरकारको नेसनल डेभलपमेन्ट एण्ड रिफर्म कमिसन (एनडिआरसी) का उपाध्यक्ष छोङ्ग लियाङ्ग बीच चीनको वेइजिङ्ग स्थित एनडिआरसीको कार्यालयमा भेटवार्ता भएको छ । उक्त भेटवार्ताका क्रममा योजना आयोग र एनडिआरसीका बीचमा सन् २०१८ र २०१९ मा भएका सम्झौताहरु अनुसारका कार्यक्रमहरु मध्ये सम्पन्न हुन बाँकी कार्यक्रमलाई द्रुत गतिमा अगाडि बढाउने समझदारी भएको छ । त्यसक्रममा नेपाल र चीन सरकारको तर्फवाट गर्नुपर्ने कामका बारेमा विस्तृत रुपमा छलफल भएको थियो । नेपाल आगामी १६औ योजना तर्जुमा गर्न गइरहेको सम्वन्धमा आगामी दिनमा चिनियाँ समकक्षी निकाय एनडिआरसीको अनुभव सेयर गर्ने र प्राविधिक सहयोग उपलब्ध गराउने…

एनआरएनएले दक्ष जनशक्ति उत्पादनका लागि सीपमुलुक कार्यक्रम सञ्चालन गर्ने
आर्थिक परिवेश२४ असार,काठमाडाै । गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको व्यवसायिक शिक्षा कमिटीले नेपालमा दक्ष जनशक्ति उत्पादनका लागि विभिन्न सीपमुलुक कार्यक्रम सञ्चालन गर्ने भएको छ । संघको बालुवाटारस्थित सचिवालयमा आइतबार(९ जुलाई २०२३) आयोजित पत्रकार सम्मेलनमा कमिटीका संयोजक एवं अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपमहासचिव गणेश केसीले हाल विश्वभरि बढ्दो दक्ष जनशक्तिको माग पूरा गर्न सीपमुलक कार्यक्रम सञ्चालन गर्ने योजना अघि सारेको जानकारी दिनुभयो । दक्ष र सीपयुक्त जनशक्ति उत्पादनका लागि कमिटीले तीनै तहका सरकार केन्द्र, प्रदेश सरकार र स्थानीय निकायहरुसँग समेत समन्वय गरी आवश्यक कार्यहरु अघि बढाउने केसीले बताउनुभयो । कार्यक्रममा संघका अध्यक्ष कुल आचार्यले अन्तर्राष्ट्रिय श्रम बजारमा बढ्दो दक्ष जनशक्तिको माग सम्बोधन…