ज्वेलरी शो २०२३’ सम्पन्न ब्यापार प्रवर्द्र्धन तथा प्रविधि हस्तान्तरणमा फलदायी : महासंघ
आर्थिक परिवेश

२८ साउन,मुम्वई भारत ।  भारतको मुम्वईमा आयोजना भएको ‘इण्डिया इन्टरनेशनल ज्वेलरी शो २०२३’ सम्पन्न भएको छ । मेला २०८० साउन १८ देखि २३ सम्म भारतको मुम्वई ‘स्थित मुम्वई एक्जिविशन सेन्टर’ मा मेला सम्पन्न भएको हो । मेलामा नेपाल सुनचाँदी ब्यवसायी महासंघको ३४ सदस्यीय प्रतिनिधीमण्डल सहभागी भएको थियो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले मेलामा सहभागी हुन जानेहरुको औपचारिकरुपमा विदाई गर्नुभएको थियो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका उापध्यक्ष तथा मेला समितिका संयोजक विपिन रामुदामुको संयोजकत्वमा गएको महासंघको प्रतिनिधी मण्डलले मेलामा नेपालको तर्फवाट प्रतिनिधित्व गरेको थियो । त्यसक्रममा मेला आयोजक तथा नेपाली प्रतिनिधिमण्डलवीच विभिन्न चरणमा छलफल तथा विचार बिमर्श समेत…

एनआरएन विश्व ज्ञान सम्मेलन २ सय कार्यपत्र प्रस्तुत गरि छलफल हुने
आर्थिक परिवेश

२७ साउन, काठमाडाैं । गैर आवासीय नेपाली संघको तेस्रो एनआरएन विश्व ज्ञान सम्मेलन आगामी असोज ३० र कार्तिक १ गते  अर्थात २०२३ अक्टोबर १७ र १८ तारिखमा काठमाडाैमा आयोजना हुने  भएको छ । ज्ञान सम्मेलनमा २५ भन्दा बढी देशका १०० भन्दा बढी प्रतिष्ठित विश्वविद्यालय, अनुसन्धान केन्द्रहरुबाट ३०० भन्दा बढी प्रस्तोताहरुको सहभागिता रहने र २ सय वटा कार्यपत्र प्रस्तुत गरि छलफल हुने कार्यक्रम रहेकाे छ  । भर्चुअल माध्यमबाट आयोजित पत्रकार सम्मेलनमा सम्मेलनका  संयोजक सह प्राध्यापक राजु अधिकारीले जानकारीले सम्मेलन अायाेजना गर्न लागेकाे र  त्यसका लागि आवश्यक सबै तयारी पुरा  हुने क्रममा रहेको जानकारी दिनुभयो । ‘सामाजिक अर्थतन्त्र विकासको लागि वैज्ञानिक अन्वेषण…

नेपाली व्यवसायी लामिछाने प्रतिष्ठित अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित
आर्थिक परिवेश

१९ साउन, लन्डन । बेलायतस्थित नेपाली व्यवसायी एवम् समाजसेवी रविन्द्रजंग लामिछाने एक प्रतिष्ठित अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित हुनु भएकाे छ। दक्षिण अफ्रिकी नेता नेलशन मण्डेलाप्रति श्रद्धाञ्जली व्यक्त गर्न बेलायती संसदमा राखिएको ‘हाउस अफ कमन मेमोरियल बुक’ स्थापनाको २५ औं वर्षको अवसरमा उहाँलाइ ‘फिन इन्टरनेशनल एन्ड फोर्ब्स् बेस्ट अफ अफ्रिका’ सम्मानबाट सम्मानित गरिएकाे हाे । मन्डेला दिवसको सन्दर्भ पारेर गतसाता लन्डन हिल्टन होटलमा आयोजित विशेष समारोहमा लामिछानेलाई ’लिडिङ फिलान्थ्रोपिस्ट अफ द इयर २०२३’ अवार्डले सम्मान गरिएको हो। वेष्ट इन्डिजका पूर्व कप्तान समेत रहेका चर्चित पूर्व क्रिकेटर सर क्लाइभ ह्युबर्ट लोयड ‘सिबीई एओ’ले उहाँलाई सम्मान हस्तान्तरण गर्नु भयाे । लामिछाने बेलायतमा फेशन उद्याेगका…

अस्ट्रेलियाको अध्यक्षमा अनिल पोखरेल निर्वाचित, एनआरएनएकाे अगामी निर्वाचनलाई नयाँ पाठ
आर्थिक परिवेश

१४ साउन, सिडनी, अस्ट्रेलिया ।   गैर अवासीय नेपालीको संगठन एनआरएनए अस्ट्रेलियाको अध्यक्षमा अनिल पोखरेल अत्याधिक मतले निर्वाचित हुनु भएकाे छ । यस निर्वाचनमा प्रतिस्पर्धामा रहनु भएका  देवबहादुर  गुरुङ र डिला खरेललाई पराजित गर्दै पोखरेल अध्यक्षमा निर्वाचित हुनु भएकाे  हाे  । विघटित कार्यसमितिमा काेषाध्यक्ष रहनु भएका पोखरेलले  ५ हजार २ सय ६७ मत ल्याउँदै प्रत्यासी भन्दा करिव २ हजार बढी मत प्राप्त गरी विजयी हुनु भएकाे हाे  । अध्यक्षका प्रत्यासी देव गुरुङले ३ हजार ३ सय ८० र अर्का प्रत्यासी डिला खरेलले ३ हजार ३ सय ४७ मत पाउनु भएकाे छ । शनिबार भएको मतदानमा अस्ट्रेलियाभर रहेका १४ हजार ५ सय…

अष्ट्रेलियाका नेपालीलाई चुनाव लाग्याे, अध्यक्षमा ३ जनाले प्रतिस्पर्धा गर्दै
आर्थिक परिवेश

४ साउन , काठमाडाै‌ ।  अष्ट्रेलियाका नेपालीलाई यतीबेला आफनो प्रतिनिधि छनौटका लागि  चुनाव लागेकाे  छ  । करिव १ लाख ५० हजार नेपालीहरुको बसोबास रहेको अष्ट्रेलियामा नेपालीहरुको साझा संस्था गैर आवासीय नेपाली संघको निर्वाचनले यति वेला माहौल तताएको छ । २०२३ जुलाई २९ तारिखमा हुन गैरहेको गैर आवासीय नेपाली संघ राष्ट्रिय कार्यसमिति अष्ट्रेलियाको निर्वाचनका लागि अध्यक्षको पदमा ३ जनाले उम्मेदवारी घोषणा गरेका छन । महासचिवमा ३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । अन्य उम्मेदवारीको वारेमा अध्ययन भैरहेको निर्वाचन समितिले जनाएको छ । अध्यक्षका उम्मेदवारहरुले हाल अष्ट्रेलियाका नेपालीहरुको बाक्लो बसोबास रहेका विभिन्न प्रदेशहरुको चुनावी भ्रमण गरिरहेका छन् । निर्वाचनका लागि राष्ट्रिय कार्यसमिति…