गैर आवासीय नेपाली संघका दुबै पक्ष बीच प्रधानमन्त्रीको उपस्थितिमा एकता घोषणा
आर्थिक परिवेश१४ मंसिर, काठमाडौं। गैर आवासीय नेपाली संघ (एनआरएन)का दुई पक्षबीच एकताको घोषणा भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा आइतवार एनआरएनएका दुई पक्षबीच एकता घोषणा र १० बुँदे सहमति पत्रमा हस्ताक्षर भएको हो । सहमति पत्रमा ११ औँ अन्तर्राष्ट्रिय महाधिवेशनबाट निर्वाचित कार्य समितिका अध्यक्ष डा. बद्री केसी र एकताको महाधिवेशनबाट निर्वाचित कार्यसमितिका अध्यक्ष महेशकुमार श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ । सहमति पत्रलाई परराष्ट्र मन्त्रालयमा अभिलिखित गर्ने र १० बुँदे सहमतिको कार्यान्वयन सङ्घको विधान अनुसार गर्ने, कुनै विषयमा विवाद उत्पन्न भए परराष्ट्र मन्त्रालयसँगको समन्वय र सहमतिमा समाधान गर्ने तथा सहमतिका सबै बुँदाहरूलाई सङ्घको आगामी १२ औँ महाधिवेशनबाट अनुमोदन गराउने सहमति पत्रमा…
११ राजदूत फिर्ता बोलाउने निर्णयमा सर्वोच्चकाे राेक
आर्थिक परिवेश१६ कात्तिक, काठमाडौं । सरकारले छानिछानि ११ देशका राजदूत फिर्ता बोलाउने निर्णय गरेको भन्दै सर्वोच्च अदालतले त्यसलाई बन्देज लगाइदिएको छ। असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकले कात्तिक २० गतेभित्रमा फर्किन सक्न ११ देशका राजदूतलाई निर्देशन दिएको थियो। तर सरकारको यो निर्णय बदर गर्न माग गर्दै परेका रिटमा न्यायाधीश शारङ्गा सुवेदी र श्रीकान्त पौडेलको इजलासले निर्णय तत्काल कार्यन्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो। आदेशमा भनिएको छ, ‘फिर्ता बोलाइएका ११ जना राजदूतहरूको पदावधि बाँकी नै रहेको अवस्था देखिन आएको, फिर्ता बोलाउनु पर्ने कारण मन्त्रिपरिषद्को निर्णयमा उल्लेख भएको नदेखिएको, रिक्त हुन आउने राजदूत पदमा नयाँ नियुक्ती सम्बन्धमा कुनै कार्य भए गरेको भन्ने…
गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) ले सञ्चार मन्त्रीसँग छलफल गरयाे
आर्थिक परिवेश१० असाेज काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलसँग गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)का अध्यक्ष डा बद्री केसी नेतृत्वको प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ । मन्त्रालयमा आज भएको भेटमा एनआरएनका तर्फबाट अध्यक्ष डा केसीले संविधान संशोधनमार्फत गैर आवासीय नेपालीलाई पूर्ण अधिकारसहितको नागरिकता, मताधिकारको सुनिश्चितता, लगानी सुरक्षाको प्रत्याभूति, शिक्षा, स्वास्थ्य, प्रविधि, पर्यटनलगायत क्षेत्रमा सीप र ज्ञान हस्तान्तरणका लागि नीतिगत व्यवस्था गर्न आग्रह गर्नुभयो । त्यसैगरी, वैदेशिक रोजगारमा जाने श्रमिकहरूको सामाजिक सुरक्षा र उनीहरूको सीप तथा पुँजीलाई स्वदेशमै उत्पादनमूलक क्षेत्रमा उपयोग गर्न सहजीकरण गर्नुपर्ने एनआरएनएको माग थियो । एनआरएनएले जेनजी प्रदर्शनपश्चात् गठित अन्तरिम सरकार सफल हुनेमा गैर आवासीय नेपालीहरू विश्वस्त रहेको…
न्यूयोर्कमा ग्लोबल नेपाली माइग्रेन्ट्स हेल्थ समिट आयोजना हुँदै
आर्थिक परिवेश०८ असाेज, न्यूयोर्क । संयुक्त राज्य अमेरिकाको न्यूयोर्क शहरमा यही २०२५ सेप्टेम्बर २६–२७ मा विश्व आप्रवासि हेल्थ सम्मेलन (ग्लोबल माइग्रेन्ट्स हेल्थ समिट) आयोजना हुने भएको छ । भर्चुअल तथा प्रत्यक्ष रुपमा सम्मेलनस्थलमा गरी हुने सम्मेलनलाई हाइब्रिड मोडमा सञ्चालन गरिनेछ । सम्मेलन स्थलमै आयोजना हुने कार्यक्रमहरू न्यूयोर्कमा सम्पन्न हुनेछन् । सम्मेलनले विश्वभर छरिएर रहेका नेपाली र अन्य मुलुकका आप्रवासी चिकित्सकहरु,स्वास्थ्य नेतृत्वकर्ताहरु,स्वास्थ्य पेशाकर्मीहरु तथा सरोकारवालाहरूलाई समेत सहभागी गराइ छलफल हुनेछ । जसले माइग्रेन्ट्स र शरणार्थीहरूको स्वास्थ्य प्रवद्र्धन र त्यसको सुनिश्चितता अभिवृद्धि गर्ने कार्यमा योगदान गर्नेछ । पत्रकारहरु संग कुरा गर्दै सम्मेलन आयोजक समितिका अध्यक्ष डा. सञ्जीव सापकोटाले ग्लोबल माइग्रेन्ट्स हेल्थ समिट अमेरिका…
एनआरएनए र अन्तर्राष्ट्रिय श्रम संगठन बीच परियोजना कार्यान्वयनका लागि सम्झौता
आर्थिक परिवेश११ भदाै काठमाण्डाै । गैरआवासीय नेपाली संघ (एनआरएनए) र अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) नेपालबीच वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरुको समस्या सम्बोधनका लागि सञ्चालित ‘माइग्रेन्ट राइट्स एण्ड डीसेंट वर्क’ परियोजना कार्यान्वयनका लागि सम्झौता भएको छ । संघको सचिवालयमा मंगलबार स्वीस विकास तथा सहयोग संस्था (SDC)को सहयोगमा सञ्चालित ‘माइग्रेन्ट राइट्स एण्ड डीसेंट वर्क (MiRiDeW) परियोजना दोस्रो चरणको कार्यान्वयनका लागि दुई संस्थाबीच सम्झौता भएको हो । आईएलओ नेपालका निर्देशक नुमान ओजकान र एनआरएनएका अध्यक्ष डा. बद्री केसीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो । सम्झौताअनुसार मुख्यतया मध्यपूर्व र मलेसिया लगायतका गन्तव्य मुलुकहरूमा एनआरएनएको संस्थागत क्षमता अभिवृद्धिका साथै नेपाल सरकारसँग नीतिगत वकालत एवं पैरवी,…