नेपालका ३ बैज्ञानिक विश्वका प्रतिष्ठीत पुरस्कारहरूबाट सम्मानीत
आर्थिक परिवेश

०१ मंसिर, काठमाडौँ ।  नेपालका तीनजना वैज्ञानिकहरू विश्वका प्रतिष्ठीत पुरस्कारहरूबाट सम्मानीत हुनु भएकाे छ । त्यस   मध्ये  द वर्ल्ड एकेडेमी अफ साइन्सेस (ट्वास) पुरस्कारबाट दुइ जना र द जोन म्याडक्स’ पुरस्कारबाट एक वैज्ञानिक  पुरस्कृत  हुनुभएको हाे । ट्वासले विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नाष्टकी वरिष्ठ वैज्ञानिक डा.टिस्टा प्रसाईँ जोशी र त्रिभुवन विश्वविद्यालयका रसायन शास्त्र सह–प्राध्यापक विपिन दाहाललाई पुरस्कृत गरेको हो । नाष्टका वरिष्ठ वैज्ञानिक डा.प्रसाईँले ४ हजार अमेरिकी डलर बरावरको “समिरा ओमर इनोभेसन फर सस्टेशनएविलिटी अर्वाड” प्राप्त गर्नुभएको छ भने सह –प्राध्यापक दाहालले ५ हजार अमेरिकी डलर बराबरको “अट्टा उर रहमान अवार्ड” प्राप्त गर्नुभएको छ । ट्वासले नेपालका वैज्ञानिक प्रसाईँलाई…

अस्ट्रेलियाको सिड्नी डार्लिङ हार्बरमा नेपाल महोत्सव हुने
आर्थिक परिवेश

२६ कार्तिक काठमाडौँ ।   आगामी मङ्सिर ८ गते अस्ट्रेलियाको सिड्नीमा नेपाल महोत्सव हुने भएको छ । प्रत्येक दुई वर्षमा आयोजना हुने महोत्सव डार्लिङ हार्बरस्थित टुम्बालोङ पार्कमा हुने भएको हो । नेपाली कला संस्कृति रीतिरिवाज तथा नेपालको पर्यटकीयस्थलको प्रवर्द्धन गरी अस्ट्रेलियामा बस्ने नेपालीबीच सद्भाव एकता र भाइचारा बढाउन महोत्सव आयोजना गरिएको आयोजक समिति एनआरएनए एनएसडब्लु राज्य समितिका संयोजक विनोद कुँवरले जानकारी दिनुभयो । करिब ५० हजार दर्शकले अवलोकन गर्ने महोत्सवको तयारी छ महिना अगाडिबाट गरिएको हो । नेपाली परम्परा, संस्कृति, वेशभूषा र खानालाई बाहिरी मुलुक र समाजसँग परिचित गराउने मुख्य अभियान रहेको उहाँको भनाइ छ । यो महोत्सवले देश चिनाउने अवसरसँगै…

कडा प्रतिस्पर्धाका बीच अमेरिकामा राष्ट्रपतीय निर्वाचनको मतदात हुँदै
आर्थिक परिवेश

वासिङ्टन डिसी (अमेरिका)।  विश्वभर निकै प्रतिक्षा गरिएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतदात आज हुन गइरहेको छ । अमेरिकी जनताले मतदान गर्न अब केही घण्टा मात्र बाँकी रहेको छ । सो निर्वाचनका लागि डेमोक्र्याटिक पार्टीका तर्फबाट वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र रिपब्लिकन पार्टीबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प मैदानमा हुनुहुन्छ । निर्वाचनको मिति आउन एक दिन बाँकी रहँदा ह्यारिस र ट्रम्प दुवैको संयन्त्र ब्याटल ग्राउण्ड स्टेट (मतदान गर्न अनिर्णित मतदाता भएको राज्य) को नामकरण गरिएका स्थानमा केन्द्रित रहेको थियो । मतदाताहरुको प्रत्यक्ष मतदान र ‘इलोक्ट्रोल कलेज’को सम्मिश्रणका आधारमा निर्वाचित गरिने अमेरिकाको राष्ट्रपतीय निर्वाचन यो पटक निकै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ । नागरिकले मतदानमार्फत…

चालू वर्षमा नेपालको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने अन्तर्राष्ट्रिय मुद्राकोषकाे प्रक्षेपण
आर्थिक परिवेश

१५ कात्तिक, काठमाडौं ।    चालू आर्थिक वर्षमा नेपालको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ)ले जनाएको छ । विहीवार सार्वजनिक भएको आईएमएफको एसिया तथा प्यासिफिक क्षेत्रको ‘रिजनल इकोनोमिक आउटलुक’ले पुँजीगत खर्च बढ्ने तथा कृषि उत्पादन राम्रो हुने अपेक्षा भएकाले अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने जनाएको हो । गत आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ३ दशमलव १ प्रतिशत भएको र चालू आवमा त्यसमा बढोत्तरी हुँदै ४ दशमलव ९ प्रतिशत पुग्ने प्रक्षेपण आईएमएफको छ । आर्थिक वृद्धिमा सुधार हुनुमा सहयोगी मौद्रिक नीतिको पनि भूमिका रहने आईएमएफले जनाएको छ । तर, आईएमएफले गत अप्रिलमा सार्वजनिक गरेको प्रक्षेपणको तुलनामा यसपटकको प्रक्षेपण भने घटाएको छ ।…

पश्चिम अस्ट्रेलियाको पर्थमा नेपाल महोत्सव सम्पन्न
आर्थिक परिवेश

०१ असाेज पर्थ । पश्चिम अस्ट्रेलियाको पर्थमा आयोजना भएको नेपाल महोत्सव भव्यरुपमा सम्पन्न भएको छ । महोत्सवमा प्रमुख अतिथिको रूपमा सहभागी पश्चिम अस्ट्रेलियाका नागरिकता र बहु सांस्कृतिक मन्त्री डा. टोनी बुटीले नेपाली समुदायको प्रशंसा गर्दै  स्थानीय सरकारले १० हजार डलर सहयोग गर्ने जानकारी गराउनुभयो । महोत्सवको उद्घाटन मन्त्री टोनी बुटीले  र एनआरएन आइसिसीका अध्यक्ष बद्री केसीले संयुक्तरुपमा गर्नुभएको थियो। मन्त्री बुटीले पर्थको बहु सांस्कृतिक समुदायमा नेपाल महोत्सव स्थापित हुँदै गरेको बताउनुभयो । स्थानीय सुप्रिम कोर्ट पार्कमा आयोजना गरिएको नेपाल महोत्सवमा १० हजारभन्दा बढी दर्शकले सहभागिता जनाएका थिए । नेपाल महोत्सवमा नेपाली कला संस्कृति झल्काउने सामाग्रीका साथै नेपाली खाना, व्यवसायहरूका स्टलहरू…