हरेक वर्ष पृथ्वीमा ४० करोड टन प्लाष्टिकजन्य फोहर
आर्थिक परिवेश२२ जेठ, काठमाडौँ । आज जुन ५ अर्थात् विश्व वतावरण दिवस विश्वभर विभिन्र चेतनामुलक कार्यक्रमहरूकाे अायाेजना गरी मनाइदै छ । ‘ प्लाष्टिक प्रदूषण न्यूनीकरणः हाम्रो दायित्व’ नाराका साथ विश्वका विभिन्न मुलुकमा यो दिवस मनाइँदै छ । देशका विभिन्न स्थानमा पनि यो दिवस विविध कार्यक्रमका साथ मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घले आह्वान गरेबमोजिम सन् १९७३ देखि प्रत्येक वर्ष जुन ५ तारिखलाई विश्व वातावरण दिवसको रूपमा मनाउन थालिएको हो । आज दक्षिण कोरियामा विशेष कार्यक्रमका साथ यो दिवस मनाइने संयुक्त राष्ट्रसङ्घले जनाएको छ । राष्ट्रसङ्घका अनुसार हरेक वर्ष पृथ्वीमा ४० करोड टन प्लाष्टिकजन्य फोहर उत्पादन हुने गरेको, उत्पादित त्यस्तो फोहरमध्ये त्यसको १०…
अमेरिकाले १२ देशका नागरिकलाई अमेरिका यात्रामा पूर्णप्रतिबन्ध लगाउने
आर्थिक परिवेश२२ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १२ देशका नागरिकलाई अमेरिका यात्रामा पूर्णप्रतिबन्ध लगाउने निर्णयमा हस्ताक्षर गर्नु भएकाे छ । सुरक्षा जोखिमलाई कारण देखाउँदै उहाँले अफगानिस्तान, म्यानमार (बर्मा), चाड, गणतन्त्र कंगो, इक्वेटोरियल गिनी, इरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान र यमनका नागरिकहरुलाई अमेरिका यात्रामा पूर्ण प्रतिबन्ध लगाउने निर्णयमा हस्ताक्षार गर्नु भएकाे हाे । यसैगरी ट्रम्पले बुरुन्डी, क्युबा, लाओस, सिएरालियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएलाका नागरिकहरूलाई आंशिक रुपमा प्रतिबन्ध लगाउने घोषणामा पनि हस्ताक्षर हस्ताक्षार गर्नु भएकाे छ । यात्रा प्रतिबन्धको निर्णय ९ जुनदेखि लागु हुने विभिन्न सञ्चार माध्यमहरूले जनाएका छन् । यद्यपि अमेरिकी ग्रिनकार्ड भएका व्यक्तिहरु, ९ जुनभन्दा अघि नै भिसा…
भारतले बंगलादेशमा उत्पादन हुने तयारी कपडा र केही खाद्यवस्तुमा राेक लगायाे
आर्थिक परिवेश४ जेठ, काठमाडौं । भारतले बंगलादेशमा उत्पादन हुने तयारी कपडा र केही खाद्यवस्तु जस्ता सामग्रीको भूमि बन्दरगाहको माध्यमबाट हुने आयातमा प्रतिबन्ध लगाएको छ । भारतको वाणिज्य मन्त्रालयले शनिबार बंगलादेशका तयारी कपडा, प्रोसेस्ड फुड (प्रशोधित खानेकुरा) र फर्निचर लगायतका सामग्री आयातमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो । भारतको वाणिज्य मन्त्रालय अन्तर्गत डाइरेक्टरेट जनरल अफ फरेन ट्रेड (डीजीएफटी)ले शनिबार जारी गरेको सूचनामा यो प्रतिबन्ध तत्काल लागु हुने उल्लेख छ । यो सँगै बंगलादेशबाट तयारी गार्मेन्टहरूको आयात अनुमति कुनै पनि बन्दरगाहबाट गर्न पाइने छैन । भारतीय मिडियाहरुका अनुसार बंगलादेशबाट रेडिमेड गार्मेन्ट्सको आयात अनुमति कुनै पनि भूमि बन्दरगाहको माध्यमबाट हुन दिइने छैन…
सङ्कीर्ण भावना त्यागेर उन्नतस्तरको एकतामा लाग्नुस : प्रधानमन्त्री ओली
आर्थिक परिवेश३१ बैशाख काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गैर आवासीय नेपाली सङ्घलाई एकताबद्ध, मर्यादित र उद्देश्य केन्द्रित बनाउन आग्रह गर्नुभएको छ । सङ्घद्वारा आयोजित ‘एनआरएनए ग्लोबल कन्क्लेभ’ बुधवार उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले यो संस्थाको उद्देश्यसँग नमिल्ने प्रवृत्तिहरू देखा पर्नु उचित नहुनेमा जोड दिँदै सङ्कीर्ण भावना त्यागेर उन्नतस्तरको एकतामा लाग्न आग्रह गर्नुभयो । “आपसमा मिलेर एकताबद्ध भएर जानुपर्ने ठाउँमा यस्तो साझा संस्थामा विवाद हुन्न उचित होइन । व्यक्तिका लागि विधान फेर्ने ढंगले संस्था चल्न सक्दैन । महाधिवेशनमा हानाहान र ठोकाठोकको स्थिति हुँदा राम्रो सन्देश जाँदैन । यसमा विवेक र तर्कले कम गरोस् । व्यक्तिगत स्वार्थका लागि जे पनि गर्ने थलोका रुपमा…
भारत र पाकिस्तान युद्धको सँघारबाट पछि हट्न तयार
आर्थिक परिवेश२७ बैशाख काठमाडाै । छिमेकी भारत र पाकिस्तान विनाशकारी युद्धको सँघारबाट पछि हट्न तयार भएका छन्। शनिबार अमेरिकाको मध्यस्थतामा दक्षिण एसियाका दुई आणविक शक्ति सम्पन्न उनीहरू तत्काल लडाइँ रोकेर वार्तामा बस्न तयार भएका हुन्। त्यसको घोषणा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका हुन्। ट्रम्पलगत्तै अमेरिकी विदेशमन्त्री मार्को रुबियो पनि भारत र पाकिस्तान तत्काल युद्धविराम गरेर तटस्थ स्थानमा वार्तामा बस्न तयार भएको बताएका छन्। एक्समा रुबियोले लेखेका छन्, ‘भारत र पाकिस्तानका सारकार तुरुन्त युद्धविराम गरेर अनेकौँ विषयमा तटस्थ स्थानमा वार्ता सुरु गर्न सहमत भएका छन्।’ ‘शान्तिको मार्ग चुन्ने प्रधानमन्त्री मोदी र सरिफको बुद्धिमत्ता, विवेक र शासनकलाको सराहना गर्छौं,’ उनले थपेका छन्। पाकिस्तानका…