काटिएको लाइन तत्काल जाेडी व्यवसाय सञ्चालन गर्ने वातावरण बनाइदिन उद्योगी, व्यवसायीकाे आग्रह
आर्थिक परिवेश११ कार्तिक,काठमाडौँ । उद्योगी, व्यवसायीले नेपाल विद्युत् प्राधिकरणले उद्योगको काटिएकाे लाइन तत्काल जडान गरी सहज रुपमा व्यवसाय सञ्चालन गर्ने वातावरण बनाइदिन ऊर्जा मन्त्री र उद्योगमन्त्रीसँग आग्रह गरेका छन् । उद्योगी व्यवसायीले आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई संयुक्त रुपमा भेटेर प्राधिकरणले काटेको लाइन तत्काल जडान गर्न पहल गर्नुपर्ने माग गरेका हुन् । भेटका क्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष एवं उद्योगी पशुपति मुरारकाले विद्युत् प्राधिकरणले पटक पटक विद्युत् लाइन काटेर उद्योगीमाथि अन्याय गरेको बताउनुभयो । उहाँले प्राधिकरणले विद्युत् महसुलसम्बन्धी प्रमाण दिए आफूहरूले शुल्क तिर्ने उल्लेख गर्नुभयो । ऊर्जा मन्त्री खड्काले उद्योगमा…
अमेरिकी तथा अन्तर्राष्ट्रिय लगानीकर्तालाई नेपालमा लगानी गर्न उपप्रधानमन्त्रीकाे आग्रह
आर्थिक परिवेश०९ कार्तिक वासिङ्टन डिसी (अमेरिका)। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सूचना प्रविधिको क्षेत्रमा नेपालमा लगानीका पर्याप्त अवसर रहेका र त्यसको आकर्षक प्रतिफल पनि प्राप्त हुने भएकाले ढुक्क भएर लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई आग्रह गर्नुभयो । अमेरिकी उद्योग वाणिज्य सङ्घले आज यहाँ आयोजना गरेको छलफलमा उहाँले नेपालको भौतिक पूर्वाधार, पर्यटन, कृषि, ऊर्जालगायत क्षेत्रमा लगानी गरेर लाभ लिन अनुरोध गर्नुभयो । नेपाल उद्योग वाणिज्य महासङ्द्धका अध्यक्ष चन्द्र ढकालले नेपालमा जलविद्युत् विकास तथा पर्यटन पूर्वाधार निर्माण क्षेत्रमा लगानीका पर्याप्त अवसर रहेकाले त्यसको उपयोग गर्न अमेरिकी लगानीकर्ताहरूलाई आग्रह गर्नुभयो । छलफलमा बहुराष्ट्रिय कम्पनी गुगल, मेटा, कोकाकोलालगायत प्रतिष्ठित अमेरिकी कम्पनीका प्रतिनिधिको सहभागिता थियो ।
जलवायु न्यायका लागि संवेदनशील बन्न उपप्रधानमन्त्री पौडेलको विश्व समुदायलाई आग्रह
आर्थिक परिवेश०८ कार्तिक, वासिङ्टन डिसि, अमेरिका । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जलवायु वित्तका क्षेत्रमा सहायता परिचालन गर्न स्थापित विश्वव्यापी वित्तीय कोषहरुको परिचालन प्रणालीलाई सरल र पहुँचयोग्य बनाउन विश्व समुदायसँग आग्रह गर्नुभएको छ। विश्व बैंक समूह र अन्तर्राष्ट्रय मुद्रा कोषको वार्षिक बैठकमा सहभागि हुने क्रममा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बुधवार आयोजित उच्चस्तरीय (सदस्य राष्ट्रका मन्त्रीस्तरीय) बैठकमा आफ्नो धारणा राख्दै जलवायु न्यायका लागि विकास साझेदार र सिंगो अन्तर्राष्ट्रिय समुदायलाई जिम्मेवार र संवेदनशील वन्न आग्रह गर्नु भएको हो। उक्त बैठकमा बोल्दै उपप्रधानमन्त्री एवम् अर्थमन्त्री पौडेलले नेपाल विश्वमै अद्वितीय जैविक विविधतायुक्त मुलुक रहेको भए तापनि पछिल्लो समय मानव सिर्जित कारणहरुले प्राकृतिक विपत्तिहरुको सामना…
विश्व बैंकले नेपाललाई प्राकृतिक विपत्तिपछिको पुनर्निर्माणका निम्ति १५ कराेड डलर सहयोग गर्ने
आर्थिक परिवेश०७ कार्तिक, वासिङ्टन, डिसी। विश्व बैंकले नेपाल सरकारलाई विपद् व्यवस्थापनका लागि तत्काल सुविधा (क्याट्रोस्ट्रोपि ड्र-डाउन) अन्तर्गत १५० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता प्रदान गर्ने छ । भएकाे सम्वन्धी सम्झौता भएको छ। विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागि हुनुभएका उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलको उपस्थितिमा बुधवार बैंकको वासिड.टन डिसिमा रहेकाे केन्द्रीय कार्यालयमा अर्थ सचिव डा. रामप्रसाद घिमिरे र बैंकका नेपाल, माल्दिभ्स र श्रीलंका हेर्ने कन्ट्रि डाइरेक्टर डेभिड सिस्लनले सहायता परिचालन सम्वन्धि सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको छ । बजेटरी सहायताको रुपमा उपयोग हुने उक्त रकम विपद पुनर्स्थापना, पुनरोत्थान र पुनर्निर्माणमा उपयोग हुनेछ। उपप्रधानमन्त्री एवम् अर्थमन्त्री पौडेल विश्व…
नेपालकाे अर्थिक वृद्धिमा आईएमएफकाे संशाेधन यस वर्ष ४.९ प्रतिशतको आर्थिक वृद्धिकाे प्रक्षेपण
आर्थिक परिवेश०६ कात्तिर्क, काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले चालु आर्थिक वर्षमा ४.९ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ । आईएमएफ तथा विश्व बैंक समूहको वार्षिक बैठक क्रममा अमेरिकाको वासिङटन डीसीमा सार्वजनिक ‘वर्ल्ड इकोनोमिक आउटलुक’ ले यस्तो प्रक्षेपण गरेको हो । गत अप्रिलमा आईएमएफले यो आर्थिक वर्ष २०२५ मा ५.२ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेकोमा त्यसमा ३० आधार बिन्दूले घटाएको हो । यद्यपि, आईएमएफको प्रक्षेपण अझै पनि उत्साहप्रद नै छ । विश्व बैंक तथा एसियाली विकास बैंकले यसअघि नै तुलनात्मक रूपमा आशावादी आर्थिक वृद्धिको प्रक्षेपण गरिहेका बेला आईएमएफ पनि यो क्लबमा जोडिएको हो । गत आव (२०२४) मा…