नेपाल र भारतबीच पेट्रोलियम पाइपलाइन निर्माणसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर
आर्थिक परिवेश

१७ असाेज,  काठमाडौँ । नेपाल र भारतबीच दुई महत्वपूर्ण पेट्रोलियम पाइपलाइन निर्माणसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । आज यहाँ आयोजित समारोहमा नेपाल आयल निगमका कार्यकारी निर्देशक डा.चण्डिकाप्रसाद भट्ट र इण्डियन आयल कर्पोरेसन लिमिटेडका निर्देशक सेन्थल कुमारले सम्झौतामा हस्ताक्षर गर्नुभयो । सो अवसरमा भारतीय पेट्रोलियम तथा नेचुरल ग्यास मन्त्रालयका सचिव पङ्कज जैन तथा इण्डियन आयल कर्पोरेसनका अध्यक्ष भिसतिस कुमारको उपस्थिति रहेको नेपाल निगमले जनाएको छ । सम्झौता अनुसार भारतको सिलिगुडीबाट नेपालको झापास्थित चारआलीसम्म ५० किलोमिटर लामो पेट्रोलियम पाइपलाइन निर्माण हुनेछ । साथै चारआलीमा १८ हजार नौ सय किलोलिटर क्षमताको ‘स्मार्ट ग्रिनफिल्ड टर्मिनल’ निर्माण हुनेछ । यस्तै, अमलेखगञ्जबाट चितवनको लोथरसम्म ६२ किमी…

नेपालबाट बंगलादेशमा विद्युत् बिक्रीका लागि त्रिपक्षीय सम्झौता सम्पन्न
आर्थिक परिवेश

१७ असाेज, काठमाडौँ ।  नेपालले  बङ्गलादेशमा ४० मेगावाट विद्युत् बिक्रीका लागि बहुप्रतिक्षित त्रिपक्षीय सम्झौता सम्पन्न गरेकाे छ । आज यहाँ आयोजित विशेष समारोहमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, बङ्गलादेशको बङ्गलादेश पावर डेभलपमेन्ट बोर्डका अध्यक्ष मोहमद रिजाउल करिम र भारतको ‘नोडल एजेन्सी’ एनभिभिएनका प्रमुख कार्यकारी अधिकृत रेणु नाराङले त्रिपक्षीय सम्झौतामा हस्ताक्षर गर्नुभएको छ । समारोहमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का, बङ्गलादेशको वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोत मन्त्री सैयदा रिजवाना हसनको उपस्थितिमा थियो । यस्तै, सो अवसरमा दुवै देशका उच्च सरकारी अधिकारीको समेत उपस्थिति थियो । प्राधिकरणले भारतीय एजेन्सी एनभिभिएनलाई बिजुली उपलब्ध गराउनेछ । सो कम्पनीले भारतीय…

आर्थिक वृद्धि र जीवनस्तर सुधारका लागि यातायात पूर्वाधार अत्यावश्यक : अर्थमन्त्री पौडेल
आर्थिक परिवेश

९ असोज , काठमाडाै‌ ।    उपप्रधानमन्त्री अवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वृद्धि तथा नागरिकको जीवनस्तरमा सुधार ल्याउनका लागि यातायात पूर्वाधार अत्यावश्यक रहेको बताउनु भएको छ । चीनको राजधानी बेइजिङमा आयोजित ग्लोबल सस्टेनबल ट्रान्सपोर्ट फोरमलाई सम्बोधन गर्नुहुँदै अर्थमन्त्री पौडेलले दिगो एवं भरपर्दो यातायात प्रणालीको विकास र उपयोगप्रति नेपालको दरिलो प्रतिबद्धता रहेको र यस क्षेत्रमा नेपालले काम गरिरहेको बताउनु भएको हो । नेपालको भौगोलिक अवस्था अनुसार सडक सञ्जालको अतिरिक्त रेलमार्ग, हवाइयातायात तथा आधुनिक पोडवेको महत्त्व रहेको उल्लेख गर्दै उहाँले दिगो यातायात पूर्वाधार विकासका लागि स्वदेशी तथा वैदेशिक लगानी विस्तार गर्ने आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । यातायात पूर्वाधार विकासबाट आमनागरिकको जीवनयापन…

संयुक्त राष्ट्र सङ्घको ७९औँ महासभामा भाग लिन प्रधानमन्त्री केपी शर्मा ओली न्युयोर्क पुग्नु भयाे
आर्थिक परिवेश

 ०५ असाेज न्युयोर्क (अमेरिका) ।    संयुक्त राष्ट्र सङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओली स्थानीय समयअनुसार शुक्रबार राति न्युयोर्क पुग्नु भएको छ । प्रधानमन्त्री ओलीलाई जेएफके अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्र सङ्घका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापा, अमेरिकाका लागि कार्यवाहक राजदूत कुमार खरेल तथा स्थायी नियोगका अधिकारीहरुले स्वागत गर्नुभएको थियो । प्रधानमन्त्री ओलीले यही असोज १० गते संयुक्त राष्ट्र सङ्घको महासभामा सम्बोधन गर्ने कार्यतालिका छ । महासभामा कोही पनि पछाडि नछाडिने, वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाका लागि सबै मिलेर अघि बढ्नुपर्ने विषयमा बहस हुनेछ । प्रधानमन्त्री ओलीले यहाँस्थित…

नेपाल र अमेरिका टिफा काउन्सिल बैठक सम्पन्न शुन्य भन्सार सहुलियत निरन्तरताका लागि जाेड
आर्थिक परिवेश

३१ भदौ,काठमाडौ ।   नेपाल र संयुक्त राज्य अमेरिकाबीच गठित व्यापार तथा लगानी ढाँचा सम्झौता अन्र्तगतको परिषद् (टिफा काउन्सिल)को सातौँ बैठक दुई पक्षीय व्यापार तथा लगानीका विभिन्न पक्षमा छलफल गर्दै सम्पन्न भएको छ । बैठकमा नेपाल र अमेरिका बीचको आपसी व्यापार, अमेरिकाले नेपाली ७७ वस्तुहरुमा उपलब्ध गराउदै आएको शुन्य भन्सार सहुलियतमा वस्तुहरुको सूचि थप गर्ने तथा विस्तार गर्ने, नेपालमा अमेरिकी लगानी तथा प्रविधिको विस्तार लगायतका विषयहरुमा छलफल भएको छ । बैठकमा नेपालले अमेरिकी पक्षलाई टिफा प्रमेवर्क अन्र्तगत नेपाली वस्तुहरुको थप सूचि समेत उपलब्ध गराउनुका साथै भन्सार सुविधालाई नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नती भएपछि पनि निरन्तरता दिन आग्रह गरेको छ । बैठकमा…