संरचनात्मक रूपान्तरणमा सहयोग गर्न विश्वव्यापी समुदायलाई आग्रह
आर्थिक परिवेश२ साउन,काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठले र नवप्रवर्तन र प्रविधि हस्तान्तरण मार्फत संरचनात्मक रूपान्तरणका लागि अल्पविकसित देशहरुलाई सहयोग गर्न विश्वव्यापी समुदाय समक्ष आग्रह गर्नु भएकाे छ । न्युयोर्कमा जारी उच्चस्तरीय राजनीतिक फोरमलाई सम्वोधन गर्दै उपाध्यक्ष श्रेष्ठले अल्पविकसित देश (एलडीसी) हरुको तर्फबाट सम्वोधन गर्दै त्यसताे आग्नह गर्नु भएकाे हाे । उपाध्यक्ष श्रेष्ठले अल्पविकसित राष्ट्रहरूमा उत्पन्न संकटका प्रभावहरूका वारेमा प्रकास पार्दै अल्पविकसित राष्ट्रहरूमा दिगार्रूेविकासका लक्षहरु कार्यान्वयनलाई तीव्रता दिनु पर्ने बताउनु भयाे । उहाँले एलडीसीहरूको लागि दोहा कार्ययोजनाको समयमै पूर्ण कार्यान्वयन सुनिश्चित गर्नु पर्नेमा जाेड दिदै बहुपक्षीयताको महत्व र विश्वव्यापी वित्तीय संरचनाको सुधारको आवश्यकता रहेकाेमा जाेड दिनु भयाे । ‘एलडिसीहरु विश्वव्यापी…
अर्थमन्त्री डा. महत र चिनियाँ अर्थमन्त्री लिउ बीच भेटवार्ता
आर्थिक परिवेश०२ साउन,गुजरात । अर्थमन्त्री डा. प्रकाशशरण महत र चिनियाँ अर्थमन्त्री लिउ कुन बीच भेटवार्ता भएको छ । भारतको गुजरात राज्यको गान्धीनगरमा भइरहेको जी २० अर्थमन्त्री स्तरीय बैठकको क्रममा अर्थमन्त्री डा. महत र चिनियाँ अर्थमन्त्री लिउ बीच भेटवार्ता भएको हो । द्विपक्षीय वार्तामा दुई देशबीच ऐतिहासिक र सहयोगात्मक सम्बन्ध रहेको कुरा दुवै मन्त्रीहरूले व्यक्त गर्नु भयो । एक अर्काको चासो र सरोकार प्रति दुवै पक्ष सम्वेदनशील रहेको वारेमा पनि दुवै मन्त्रीको समान धारणा रह्यो । भेटमा मन्त्री महतले चीनले नेपालमा गरेको विकास सहयोगका लागि धन्यवाद व्यक्त गर्नुभयो । सन् २०१९ मा चीनका राष्ट्रपतिले गर्नु भएको नेपालको भ्रमणकाक्रममा उहाँले नेपालको आर्थिक विकासमा…
श्रोतमा कमी र बढ्दो ऋणका बीच दीगो विकास लक्ष्य हासिल गर्न चुनौती : अर्थमन्त्री
आर्थिक परिवेश०१ साउन,गुजरात ,भारत । अर्थमन्त्री डा. प्रकाशशरण महतले अल्पविकसित मुलुकका राजस्व श्रोतमा कमी र बढ्दो ऋणका बीचमा दीगो विकास लक्ष्य हासिल गर्न चुनौती थपेको बताउनु भएकाे छ । भारतको गुजरातस्थित गान्धीनगरमा सोमबारबाट सुरु भएको जी–२० मुलुकका अर्थमन्त्री तथा केन्द्रीय बैंकका गभर्नरस्तरीय तेस्रो बैठकमा बोल्दै अर्थमन्त्री डा. महतले श्रोत अभावले गर्दा स्वास्थ्य क्षेत्रमा प्रतिव्यक्ति लगानीसमेत बढाउन नसकिएको बताउनु भयो । अन्तर्राष्ट्रिय समुदायले सहुलियत पूर्ण, सुविधाजनक, लचक खालका अनुदान र स्रोत उपलब्ध गराउन तथा थप श्रोत उपलब्ध गराउन बैठकमा उहाँले आह्वान गर्नुभयो । सम्मेलनमा भारत, अमेरिका, चीन, जापान, फ्रान्स र रसियालगायतका सदस्य राष्ट्र र विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ), एशियाली विकास…
६ देशका लागि राजदूत सिफारिस,राष्ट्रसंघमा थापा र फ्रान्सका लागि भट्टराई
आर्थिक परिवेश३० असार,काठमाडौं । सरकारले ६ देशको लागि राजदूतकाे नाम सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले राजदूतहरूकाे लािग नाम सिफारिस गरेको हो । राजदूतको लागि यस पटककाे सिफारिसमा परेका सबै परराष्ट्र मन्त्रालयका सहसचिव रहनुभएकाे छ । जस अनुसार अमेरिकाको न्युयोर्कस्थित राष्ट्रसंघको लागि नेपाली स्थायी नियोगमा लोकबहादुर थापा, युनाइटेड अरब इमिरेट्सको लागि तेजबहादुर क्षेत्री, कुवेतको लागि घनश्याम लल्साल, थाइल्यान्डको लागि धनबहादुर ओली, फ्रान्सका लागि सुधिर भट्टराई र जेनेभास्थित स्थायी नियोगको लागि रामप्रसाद सुवेदीको नाम राजदूतमा सिफारिस गरिएको छ ।
योजना आयोगका उपाध्यक्ष र चिनियाँ समकक्षीबीच बेइजिङमा भेटवार्ता
आर्थिक परिवेश२६ असार,काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र चीन सरकारको नेसनल डेभलपमेन्ट एण्ड रिफर्म कमिसन (एनडिआरसी) का उपाध्यक्ष छोङ्ग लियाङ्ग बीच चीनको वेइजिङ्ग स्थित एनडिआरसीको कार्यालयमा भेटवार्ता भएको छ । उक्त भेटवार्ताका क्रममा योजना आयोग र एनडिआरसीका बीचमा सन् २०१८ र २०१९ मा भएका सम्झौताहरु अनुसारका कार्यक्रमहरु मध्ये सम्पन्न हुन बाँकी कार्यक्रमलाई द्रुत गतिमा अगाडि बढाउने समझदारी भएको छ । त्यसक्रममा नेपाल र चीन सरकारको तर्फवाट गर्नुपर्ने कामका बारेमा विस्तृत रुपमा छलफल भएको थियो । नेपाल आगामी १६औ योजना तर्जुमा गर्न गइरहेको सम्वन्धमा आगामी दिनमा चिनियाँ समकक्षी निकाय एनडिआरसीको अनुभव सेयर गर्ने र प्राविधिक सहयोग उपलब्ध गराउने…