चीनले १० करोड सहयोग गर्ने
आर्थिक परिवेश

१९ कात्तिक ,काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत चेन सोङले भूकम्प प्रभावित क्षेत्रलाई टेन्ट, ब्ल्याङ्केटसहित करिब १० करोड नेपाली रुपियाँ सामग्रीहरू प्रदान गर्ने जनाउनुभएकाे छ। शनिवार सामाजिक सञ्जाल एक्स मार्फत उहाँले आपतकालिन प्रतिक्रियाको रूपमा चीनले पहिलो चरणको सहयोग कार्यक्रमको घोषणा गरेको बताउनु भयाे । चीनको साउथ एसियन कन्ट्रीज इमरजेन्सी सप्लाइज रिजर्भले प्रदान गर्ने उक्त सहयोग भोलीसम्ममा आइपुग्ने छ । चीनले सहयोग गर्ने थप सहायताहरू आउने क्रममा रहेको जनाइएको छ ।  

गैरआवासीय नेपाली संघले राहत तथा उद्धारका लागि १ करोड १० लाख रुपैयाँको राहत कोष स्थापना
आर्थिक परिवेश

१८ कार्तिक,काठमाडाैं ।  भूकम्पले प्रभावित जाजरकोट र रुकुम पश्चिम लगायतका क्षेत्रमा राहत तथा उद्धारका लागि गैरआवासीय नेपाली संघको तर्फबाट  तत्कालका लागि १ करोड १० लाख रुपैयाँको राहत कोष स्थापना गरेको छ ।   अन्तर्राष्ट्रिय समन्वय परिषद्को आजको आकस्मिक बैठकले १० लाख रुपैयाँ तत्काल सरकारको राहत कोषमा उपलब्ध गराउने र बाँकी १ करोडको राहतका सामाग्री लिएर शनिवारै प्रभावित स्थानमा जाने निर्णय गरेको छ । संघका अध्यक्ष डा बद्री केसीको संयोजकत्वमा राहत वितरण समिति गठन गरि पहिलो चरणमा जाजरकोट र रुकुम पश्चिमका ४०० परिवारका लागि प्रति परिवार १० हजार रूपैयाका दरले  खाद्यन्न तथा लत्ताकपडा वितरण गरिने छ ।   राहत वितरण समितिमा अध्यक्ष डा. केसीसहित  महिला…

नेपाल र दक्षिण  काेरियाबीच कृषि क्षेत्रका विषयमा प्राविधिक सहकार्यका लागि समझदारी
आर्थिक परिवेश

१७ कार्तिक, काठमाडाैं ।  नेपाल र दक्षिण  काेरियाबीच कृषि तथा पशुपन्छी विकासका क्षेत्रमा सहकायर् गर्ने गरी   दुर्इपक्षीय समझदारी भएकाे छ । कृषि  मन्त्रालयमा  दुइ देशका कृषि सम्वध्द मन्त्रालयबीच कृषि क्षेत्रका विविध विषयमा प्राविधिक सहकार्यका लागि समझदारी पत्र (Memorandum of Understanding) मा हस्ताक्षर भएकाे हाे । समझादारी पत्रमा नेपालको तर्फवाट कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसाल र गणतन्त्र कोरियाका तर्फवाट कृषि, खाद्य र ग्रामीण मामिला मन्त्री चुङ्ग व्हाङ्गक्वुनले हस्ताक्षर गर्नुभयो । समझदारीकाे उद्देश्य दुवै पक्षले आ-आफ्नो राष्ट्रिय कानून र नियमावली बमोजिम दुई देशबीचको कृषि विज्ञान तथा प्रविधि, कृषि तथा पशुपन्छी उत्पादन, कृषि प्रशोधन र कृषि उत्पादनको क्षेत्रमा सहयोगलाई सुदृढ…

अमेरिकन च्याम्बर अफ कमर्स नेपालले अमेरिका स्थित यु.एस. च्याम्बर अफ कमर्सको सदस्यता पायाे
आर्थिक परिवेश

१७ कार्तिक,काठमाडौं ।  अमेरिकी लगानीमा नेपालमा सञ्चालित व्यवसायहरूको छाता संस्था अमेरिकन च्याम्बर अफ कमर्स (एमच्याम) नेपालले अमेरिका स्थित यु.एस.  च्याम्बर अफ कमर्सको सदस्यता प्राप्त गरेको छ । नेपाली समय अनुसार बिहीबार बिहान अमेरिकामा आयोजित कार्यक्रममा  यु.एस.  च्याम्बर अफ कमर्सका दक्षिण एसियातर्फका वरिष्ठ उपाध्यक्ष अतुल कश्यप र  यु‍‍.एस.  च्याम्बर अफ कमर्सका अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख जोन मर्फीले एमच्याम नेपालका अध्यक्ष अजित शाहलाई सदस्यताको प्रमाणपत्र प्रदान गर्नुभएकाे हाे । एमच्याम नेपालले आफ्नो स्थापनाको दुई वर्षमै यु‍.एस. च्याम्बर अफ कमर्सको सदस्य बन्न सफल हुनु ऐतिहासिक उपलब्धी भएको एमच्याम नेपालका अध्यक्ष अजित शाहले बताउनुभयाे । एमच्याम मार्फत अब संसारभरबाट नेपालमा लगानी गर्नका लागि अनुरोध गर्न…

नेपालमा लगानी गर्न बेलायती लगानीकर्ताहरुलाई आग्रह,१.५ बिलियन पाउण्डसम्म लगानी गर्न यूके एक्सपोर्ट फाइनान्स तयार
आर्थिक परिवेश

१५कार्तिक,लण्डन,संयुक्त अधिराज्य ।  नेपालको विभिन्न क्षेत्रका व्यक्ति तथा विज्ञहरुले नेपालमा लगानीको वातावरण निर्माण भएकोले नेपालमा लगानी गरी लाभ लिन बेलायती लगानीकर्ताहरुलाई आग्रह गर्नु भएको छ । बेलायतको राजधानी लण्डनमा नेपालमा लगानी सम्बन्धमा आयोजित एक उच्चस्तरीय सम्मेलनको क्रममा वक्ताहरुले नेपालमा लगानी गर्न आग्रह गर्नु भएको हो । नेपाली राजदूतावास लण्डनले नेपाल र संयुक्त अधिराज्यबीच सन् १९२३ मा सम्पन्न नेपाल बेलायत मैत्री सन्धी हस्ताक्षर भएको एक सय बर्ष पूरा भएको अवसरमा मंगलवार सिटी अफ लण्डनको म्यान्सन हाउसमा उच्चस्तरीय लगानी सम्मेलनको आयोजना गरेको हो । सम्मेलनलाई प्रमुख वक्ताको रुपमा सम्बोधन गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालको समृद्धि र आर्थिक रुपान्तरणका लागि ठूलो वित्तीय…