नेपाल र युरोपेली संघले यस वर्ष कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ वर्षगाँठ मनाउँदै
आर्थिक परिवेश

०७ चैत्र, काठमाडौं । नेपाल र युरोपेली संघ (इयु) बीचको संयुक्त आयोग (जेसी) को १५औँ बैठक आज काठमाडौंमा सम्पन्न भएको छ । बैठकमा आपसी हितका विविध विषयमा छलफल भएको थियो । नेपाल र युरोपेली संघले यस वर्ष कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्षगाँठ मनाउँदैछन् । बैठकको सहअध्यक्षता नेपाल सरकारका विदेश सचिव सेवा लम्साल र ईयूको युरोपेली बाह्य मामिला सेवाका एशिया तथा प्रशान्त क्षेत्रका लागि उपप्रबन्ध निर्देशक सुश्री पाओला पाम्पालोनीले गर्नुभएको थियो । बैठकमा दुवै पक्षले लोकतन्त्र र मानव अधिकारको संरक्षण, सुशासनको प्रवर्द्धन, दिगो विकास लक्ष्यहरू (एसडीजी) प्राप्त गर्न, लगानी प्रवर्द्धन र जलवायु परिवर्तन जस्ता विश्वव्यापी चुनौतीहरूको सामना गर्न मिलेर काम…

मानव विकास सूचकाङ्कमा नेपालको अवस्थामा सुधार
आर्थिक परिवेश

०२ चैत्र, काठमाडाैं ।    मानव विकास सूचकाङ्क (ह्युमन डेभलपमेन्ट इन्डेक्स–एचडिआई) मा नेपालको अवस्थामा सुधार देखिएको छ । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमले बिहीबार सार्वजनिक गरेको विश्वव्यापी मानव विकास प्रतिवेदनअनुसार नेपाल एक सय ४६औँ स्थानमा छ । प्रतिवेदनअनुसार नेपालको मानव विकास सूचकाङ्क मान शून्य दशमलव ६०१ छ । जसअनुसार नेपाल मध्यम मानव विकास श्रेणीमा पर्दछ । सन् २०२१ मा नेपाल एक सय ४९औँ स्थानमा थियो । सन् २०२१ को तुलनामा नेपालको मानव विकास सूचकाङ्कमा शून्य दशमलव ०१० ले प्रगति गरेको छ । जुन विश्वव्यापी औसत शून्य दशमलव ००४ भन्दा बढी हो । मध्यम मानव विकास श्रेणी भन्नाले मानव विकास सूचकाङ्कको मान…

चीनका विदेशमन्त्री वाङ यी अर्को हप्ता अस्ट्रेलियाको भ्रमणकाे तयारीमा
आर्थिक परिवेश

०१ चैत्र,सिडनी ।   चीन र अस्ट्रेलियाबीच सहज व्यापारिक सम्बन्ध पुनः स्थापनाका लागि चिनियाँ विदेशमन्त्री वाङले आगामी हप्ता अष्ट्रेलिया भ्रमण गर्न लाग्नुभएको हो । चीनका विदेशमन्त्री वाङ यीले अर्को हप्ता अस्ट्रेलियाको भ्रमण गर्नुहुने भएको छ । सन् २०१७ पछि चिनियाँ विदेशमन्त्री वाङ उच्च पदस्थ अधिकारीको रूपमा अष्ट्रेलिया भ्रमण गर्ने पहिलो व्यक्ति हुनुहुन्छ । मानव अधिकार र प्रशान्त क्षेत्रमा चीनको बढ्दो कूटनीतिक तथा सैन्य प्रभावका बाबजुद उहाँको भ्रमण दुई देशबीच सहज व्यापारिक सम्बन्ध स्थापनाका लागि हुन लागेको हो । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले व्यापार अवरोध हटाउन ‘उल्लेखनीय प्रगति’ भएको उल्लेख गर्दै बिहीबार पत्रकारहरूसँग भन्नुभयो, “मलाई लाग्छ वाङ यीले अस्ट्रेलिया भ्रमणलाई महत्व दिनु…

रूसी सेनामा भर्ना भएका थप ७ जना नेपालीको मृत्यु
आर्थिक परिवेश

०१ चैत्र, काठमाडाैं ।  रूसी सेनामा भर्ना भएका थप ७ जना नेपालीको मृत्यु भएकाे छ । परराष्ट्र मन्त्रालयले उनीहरूकाे मृत्यु भएकाे  बिहिवार  एक विज्ञप्ती प्रकाशित गरी   पुष्टि गरेकाे हाे । मृत्यु हुनेमा उदयपुरका पदमबहादुर घिमिरे, धादिङका पूर्णबहादुर गुरुङ, झापाका गंगाराम अधिकारी, बाग्लुङका जीतबहादुर बिक, जाजरकोटका नवीन शाही, रसुवाका सुन्दर मोक्तान र बाँकेका सञ्जय केसी रहेका छन् । यसरी रुस र युक्रेनबीचको युद्धका क्रममा रसियामा मृत्यु हुने नेपालीको संख्या १९ पुगेको छ । यसअघि मन्त्रालयले १२ जना नेपालीको मृत्यु भएको पुष्टि गरेको थियो ।

विद्युत् निर्यात गर्न त्रिदेशीय विद्युत् व्यापार सम्झौतामा हस्ताक्षरकाे तयारी भएको छ : प्रधानमन्त्री दाहाल
आर्थिक परिवेश

३० फागुन, काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालबाट बङ्गलादेशमा ४० मेगावाटसम्म विद्युत् निर्यात गर्न त्रिदेशीय विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर हुने बताउनुभएको छ । प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिनुअघि सम्बोधन गर्दै भारतसँग मात्रै नभएर बङ्गलादेशसँग पनि विद्युत् व्यापारको नजिक पुगेको बताउनुभयो । “चीनतिर पनि विद्युत् व्यापारको ढोका खुल्दै छ,” प्रधानमन्त्री दाहालले भन्नुभयो, “यो पनि सानो उपलब्धि होइन । तर, यो सम्भावना हासिल गर्न हामीले विद्युत् पूर्वाधारमा निकै धेरै काम गर्नुछ ।” जलवायु न्याय र समानताको अवधारणामा नेपालले अब आफूलाई विश्वमञ्चको केन्द्रमा ल्याएको उल्लेख गर्दै उहाँले संयुक्तराष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण र युएईको दुबईमा सम्पन्न ‘कोप–२८’ मा नेपालको प्रस्तुतिबाट…