
चीन भ्रमण फलदायी बनाउन आवश्यक गृहकार्य गरिएको छ : प्रधानमन्त्री दाहाल
आर्थिक परिवेश२४ भदाै, काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले आफ्नो आसन्न चीन भ्रमणका विषयमा उच्च राजनीतिक दलमा छलफल गर्नुभएको छ। आइतबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबार प्रधानमन्त्रीले बैठकको आव्हान गर्नुभएको थियो। बैठकमा पूर्वप्रधानमन्त्रीहरू, राजनीतिक दलका शीर्ष नेताहरू, पूर्वपरराष्ट्रमन्त्रीहरू लगायतका राजनीतिक नेताहरू हुनहुन्थ्यो। छलफलमा नेताहरूले छिमेकीहरूसँग सन्तुलित कूटनीतिक सम्बन्ध कायम गर्न विशेष जोड गर्नुपर्ने, विगतका सम्झौताहरू कार्यान्वयनको अवस्थाबारे समीक्षा जरुरी रहेको, दुवै देशले एक–अर्काको सुरक्षा लगायत दुई पक्षीय चासोका विषयहरूमा ध्यान दिनुपर्ने सुझाव दिनु भयाे । उहँहरूले नेपालको असंलग्न परराष्ट्र नीतिबारे छिमेकीलाई विश्वासमा लिनुपर्ने, नेपालले लाभ लिन सकिने विषयहरूमा राम्रो गृहकार्य गरेर भ्रमणमा जानुपर्ने लगायतका विषयहरूमा ध्यान दिनुपर्ने सुझावहरू राख्नुभएको थियो। छलफलमा…

आर्थिक कुटनीति बलियो बनाउन नीजि क्षेत्रको कृयाशिलता आवश्यक
आर्थिक परिवेश१७ भदौ, काठमाडौं । वैदेशिक लगानी ल्याउन र निर्यात प्रवद्र्धन गर्न नेपाली कुटनीतिक नियोग र निजी क्षेत्रबीच सहकार्य हुन पर्नेमा आइतवार काठमाण्डौमा आयोजित छलफल कार्यक्रमका वक्ताहरुले जोड दिनु भएको छ । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको प्रभावकारी आर्थिक कुटनीतिका लागि नेपाली नियोग र निजी क्षेत्रको सहकार्य बिषयक छलफलका वक्ताहरुले त्यसतो धारणा राख्नु भएको हो । छलफलमा परराष्ट्रमन्त्री एनपी साउदले निर्यात एवं पर्यटन प्रवद्र्धन र विदेशी लगानी आकर्षित गर्न निजी क्षेत्रको सक्रिय भूमिका आवश्यक रहेको वताउनुभयो । उहाँले विभिन्न मुलुकका लागि नेपालको तर्फबाट नियुक्त राजदुतहरुले निजी क्षेत्रसंग पनि सहकार्य गर्नु आवश्यक भएको बताउनु भयो । नेपाल सरकार सुरक्षा परिषदका सल्लाहकार…

संयुक्त राष्ट संघमा थापाले पेश गर्नु भयाे ओहोदाको प्रमाणपत्र
आर्थिक परिवेश१६ भदाै, न्युयाेर्क । संयुक्त राष्ट संघका लागि नेपाली राजदुत महामहिम लाेकबहादुर थापाले महासचिव एन्टाेनियाे गुटेरस समक्ष ओहोदाको प्रमाणपत्र पेश गर्नु भएकाे छ । न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालय शुक्रवार आयोजित विशेष समारोहमा महामहिम थापाले, संयुक्त राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधिकाे रूपमा संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेर्रेसलाई आफ्नो ओहोदाको प्रमाणपत्र बुझाउनु भएकाे छ । प्रमाणपत्र पेश गरे पछि राजदूत थापाले महासचिव गुटेरेससँग शिष्टाचार भेट समेत गर्नु भएकाे छ । भेटकाे अवसरमा महासचिवले राजदूत थापालाई बधाई तथा स्वागत गर्नु भएकाे थियाे । महासचिवले राजदूत थापालाई संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी प्रतिनिधिको हैसियतमा कर्तव्य निर्वाह गर्न र नेपाल-संयुक्त राष्ट्र सम्बन्धलाई अझ…

तातोपानी नाकाबाट सर्वसाधारणकाे आवतजावत खुल्ने
आर्थिक परिवेश१४ भदाै,सिन्धुपाल्चोक । महाभूकम्प २०७२ पछि पहिलो पटक मानव आवतजावतका लागि तातोपानी नाका खुला हुने भएको छ । तिब्बतस्थित नेपाली महावाणिज्य दूतावासकाअनुसार चिनियाँ अधिकारीहरुसँगको बैठकले ८ वर्षपछि सो नाका भएर मानव आवतजावत खुला गर्ने निर्णय गरेको हो । लामो समय आवतजावत बन्द गरेको उक्त नाकामा चीनले शुक्रवारबाट आवतजावत खुला गर्न लागेको हो । गत मङ्गलवार तिब्बतको ल्हासामा चिनियाँ अधिकारी र नेपाली अधिकारीहरू बीच भएको बैठकले नाकाबाट स्थानीय सर्वसाधारण आवतजावत गर्न पाउने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले नाका खुलाउन नेपालकाे तर्फबाट गरिने तयारी सबै गरेकाे जानकारी दिनु भयाे । २०७२ सालको भूकम्पयता तातोपानी नाका बन्द हुँदै आएकोमा…

स्पष्ट परराष्ट्र नीतिले आर्थिक क्षमता वृद्धि हुन्छ : अर्थमन्त्री डा. महत
आर्थिक परिवेश१४ भदाै,काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले परराष्ट्र सम्बन्धलाई सशक्त ढंगले प्रस्तुत गर्ने क्षमता नेपालले विकसित गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । बिहीबार इन्स्टिच्युट फर स्टाटेजी एन्ड सोसियो इकोनोमिक रिसर्चले आयोजना गरेको साना राज्यको क्षमतासम्बन्धी गोष्ठीमा नेपालमा नेभिगेटिङ प्रतिस्पर्धा र परराष्ट्र नीतिका प्राथमिकताहरुबारे सम्बोधन गर्दै मन्त्री डा. महतले राज्यको क्षमता, राष्ट्रिय संरचनाको क्षमता, आर्थिक, सामाजिक नीतिलाई सशक्त ढंगबाट कार्यान्वयन गर्ने क्षमताकाे विकासमा पिन जाेड दिनु भयाे । अर्थमन्त्रीले ‘प्रतिस्पर्धाको बीचमा हामीले कसरी हाम्रो प्राथमिकता सेट गर्नुभन्दा अगाडि क्षमता वृद्धि गर्नुपर्ने आवश्यक भएकाेमा जाेड दिनु भयाे । ‘सानो वा ठूलो देशले आफ्नो देशलाई केन्द्रविन्दूमा राखेर परराष्ट्र नीति सञ्चालन गरेका हुन्छन् ।…