
बुधवारदेखि इन्द्रजात्रा विधिवत शुरु, चीन र अमेरिकाका १८ वटा नगरपालिकालाई निम्तो
आर्थिक परिवेशकाठमाडौं । महानगरपालिकाका मेयर बालेन्द्र साहले नेपालका सम्पदाहरुको संरक्षणबाट नै पर्यटन क्षेत्रको विकास गर्न सकिने बताउनु भएको छ । प्रमुख साहले नेपालमा भएका सम्पदाहरुको संरक्षण गर्न सकेको खण्डमा पर्यटन विकासमा ठूलो योगदान पुग्ने बताउनु भयो । इन्द्रजात्राको बारेमा जानकारी दिन काठमाडौं महानगरपालिकाले बुधवार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख साहले देशको सौन्दर्य भनेको नै मुलुकका मूर्त र अमूर्त सम्पदाहरुको पहिचान गरी विश्वमा चिनाउनु रहेको बताउनु भयो । उनले इन्द्रजात्रालाई विश्वव्यापीरुपमा फैलाउने उद्देश्य महानगरपालिकाले राखेको पनि बताउनु भयो । प्रमुख साहले नेपालको मूर्त र अमूर्त सम्पदाको राम्रो पक्ष जात्रा, परम्परा, पर्वहरु पूजा गर्नमा मात्र सिमित नभइ मनोरञ्जन,उत्साह र उमङ्ग,खुशीसँग जोडिएको समेत चर्चा…

काठमाण्डौस्थित अष्ट्रेलियन दुतावासबाट भिषा दिन नेपालको आग्रह
आर्थिक परिवेशकाठमाण्डौ । नेपालले काठमाण्डौस्थित अष्ट्रेलियन दुतावासबाट नेपालीहरुलाई भिषा दिने व्यवस्था गर्न अष्ट्रेलिया सरकारलाई आग्रह गरेको छ । अष्ट्रेलियाको राजधानी क्यावेरामा आज सम्पन्न नेपाल र अष्ट्रेलियाको दुई पक्षीय परामर्श संयन्त्रको बैठकमा नेपाली प्रतिनिधिमण्डलका नेता परराष्ट्र सचिव भरतराज पौडेलले त्यसतो आग्रह गर्नु भएको हो । अष्टेलियाले खर्च कटौती गर्ने भनि काठमाण्डौस्थित दुतावासबाट दिदै आएको भिषा दिने प्रकृया रोके पछि सरकारीस्तरबाट पहिलो पटक काठमाण्डौस्थित अष्ट्रेलियन दुतावासबाट भिषा दिने व्यवस्था सुचारु गर्न आग्रह गरिएको हो । बैठकमा पराष्ट्र सचिव पौडेलले अष्ट्रेलियाले नेपाललाई प्रदान गर्दै आएको सहयोगको प्रशंसा गर्दै, कोभिड पछिको आर्थिक पुर्नउत्थान, एलडिसि गे्रजुएसन र दिगो विकासका सन्र्दभमा सहयोग गर्ने मुलुकको सूचिमा नेपाललाई राख्न…

नेपाल र अस्ट्रेलियाबीच जलस्रोत व्यवस्थापन सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर, दुई पक्षीय संयन्त्रको बैठक बस्दै
आर्थिक परिवेशकाठमाण्डौ । नेपाल र अस्ट्रेलियाबीच सोमबार जलस्रोत व्यवस्थापन सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । परराष्ट्र सचिव भरतराज पौड्याल र समकक्षी जान आडम्सबीच भएको द्विपक्षीय वार्तापछि अष्ट्रेलियाको राजधानी क्यानवेरामा दुईदेशबीच जलस्रोत व्यवस्थापन सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको क्यानबेरास्थित नेपाली दूतावासले प्रेस विज्ञप्ति मार्फत जनाएको छ । पौडेल नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा सहभागी जल तथा ऊर्जा आयोगका सचिव दिनेश घिमिरे र अस्ट्रेलियाका परराष्ट्र सचिव आडम्सले समझदारीपत्रमा हस्ताक्षर गर्नु भएको छ । सचिव पौड्याल र समकक्षी आडम्सबीच द्विपक्षीय सम्बन्धका सबै विषयमा छलफल भएको र आगामी दिनमा आपसी हितका विभिन्न क्षेत्रमा सहकार्य सुदृढ गर्ने सहमति भएको दूतावासले जनाएको छ । नेपाल–अस्ट्रेलिया परराष्ट्र मन्त्रालयस्तरीय संयुक्त परामर्श संयन्त्रको…

एसिया प्रशान्त क्षेत्रीय सम्मेलन विभिन्न १२ बुँदे घोषणापत्र जारी गर्दै समापन
आर्थिक परिवेशबैंकक (थाइल्याण्ड) । थाइल्याण्डको राजधानी बैंककमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को नवौँ एसिया क्षेत्रीय बैठक विभिन्न १२ बुँदे घोषणापत्र जारी गर्दै आज समापन भएको छ । शुक्रबारदेखि सुरु भएको सो सम्मेलनमा एसिया प्रशान्त क्षेत्रका विभिन्न राष्ट्रिय समन्वय परिषद्का प्रतिनिधिहरु, युरोप, अमेरिका ओसियाना, अफ्रिका तथा मध्यपूर्वका गरी झण्डै ३०० प्रतिनिधिको सहभागिता रहेको थियो । घोषणापत्रमा दोस्रो विश्वयुद्धको समयदेखि म्यानमार, मलेसिया, थाइल्याण्ड, सिङ्गापुर, फिजी लगायतका देशमा रहेका करिब छ लाख नेपाली मूलका पिएनओ (पिपल अफ नेपाली ओरजिन) हरुलाई आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसहितको गैरआवासीय नेपाली परिचयपत्रको व्यवस्था गर्न यो सम्मेलनबाट नेपाल सरकारसँग विषेश अनुरोध गरिएको छ । एनआरएनएले स्थापना कालदेखि उठाउँदै गरेको…

सुनकोशी तेस्रो जलविद्युत आयोजनामा लगानी गर्न बंगलादेश इमानदार छ सचिव रहमान
आर्थिक परिवेशकाठमाडौं । काभे्रपलाञ्चोक र रामछाप जिल्लाको सीमानामा पहिचान भएको ६८३ मेगावाटको सुनकोशी तेस्रो जलाशययुक्त जलविद्युत आयोजनामा लगानी गर्न बंगलादेश तयार देखिएको छ । बंगलादेशको विद्युत, ऊर्जा तथा खनिज स्रोत मन्त्रालयका सचिव मोहमद हबिबुर रहमान नेतृत्वको टोली र नेपालको ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालय, विद्युत विकास विभाग तथा नेपाल विद्युत प्राधिकरणको संयुक्त टोलीले सोमबार आयोजनाको प्रस्तावित निर्माणस्थल र जलाशय क्षेत्रको स्थलगत अवलोकन भ्रमण गरेको छ । अवलोकन भ्रमणपछि रामेछापको खाँडादेवी गाउँपालिको लुभुघाटमा आयोजित कार्यक्रममा सचिव रहमानले नेपालसँगको सहकार्यमा सुनकोशी तेस्रो लगायतका जलविद्युत आयोजना निर्माण अघि बढाउन बंगलादेश इच्छुक र तयार रहेको बताउनुभयो । आयोजनाको अनुमानित लागत सुनकोशी तेस्रो जलाशययुक्त जलविद्युत आयोजनाको…