मन्त्रिपरिषद्को बैठकका निर्णयहरू, १६ अर्ब ७४ करोड बराबरको सहुलियतपूर्ण ऋण लिने
आर्थिक परिवेश१५ साउन, काठमाडौँ । सरकारले बाढीबाट क्षतिग्रस्त सिन्धुली सडकको आपत्कालीन पुनः स्थापनाका लागि जापान सरकारबाट प्राप्त हुने २.८ अर्ब जापानी येन बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को यही साउन १२ गतेको बैठकले गरेको निर्णय आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सो जानकारी गराउनुभएको हो । त्यसै गरी सरकारले रानी जमरा कुलरिया सिँचाइ आयोजना तेस्रो चरणका लागि विश्व बैङ्क समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त करिब १८ अर्ब ९२ करोड बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको मन्त्री गुरुङले जानकारी दिनुभयो । विद्युत् वितरण प्रणाली स्तरोन्नति तथा सुदृढीकरण आयोजनाका लागि विश्व बैङ्क…
तिब्बत र गण्डकी प्रदेशबीच लगानी र पर्यटन प्रवर्द्धनमा सहकार्य गर्नुपर्नेमा मुख्यमन्त्री पाण्डेकाे जोड
आर्थिक परिवेश१२ साउन पाेखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे छिमेकी मुलुक चीनको साताव्यापी भ्रमण पूरा गरी आज स्वदेश फर्कनुभएको छ । नेपाल चीन कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्ष प्रवेशका अवसरमा तिब्बत सरकारद्वारा आयोजित कार्यक्रममा सहभागी हुनुभएका मुख्यमन्त्री पाण्डेले त्यहाँ रहँदा तिब्बत स्वायत्त क्षेत्रका लागि चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी)का महासचिव वाङ जुनझेङसँग भेटवार्ता गर्नुभएको थियो । भेटका क्रममा उहाँले गण्डकी प्रदेश र तिब्बतसँग जोडिएको कोरला नाका नियमित सञ्चालन गरी दुई देशबीचको व्यापार र पर्यटन प्रवर्द्धनका लागि सहकार्यको प्रस्ताव गर्नुभएको मुख्यमन्त्रीका प्रेस संयोजक नरहरि सापकोटाले जानकारी दिनुभयो । तिब्बत नाका भएर नेपाली र अन्य विदेशीलाई मानसरोवरको यात्रा सहजीकरण गर्ने, चीनका सहरहरुबाट…
अवैतनिक कन्सुलर कोर–नेपाल (एचसीसीएन) को नेतृत्वमा भोलाविक्रम थापा
आर्थिक परिवेश१२ साउन, काठमाण्डौ । नेपालस्थित विभिन्न मुलुकका अवैतनिक महावाणिज्यदूत तथा वाणिज्यदूतहरूको संस्था अवैतनिक कन्सुलर कोर–नेपाल (एचसीसीएन) को नेतृत्व नेपालका लागि बुल्गेरिया अवैतनिक वाणिज्यदूत भोलाविक्रम थापाले सम्हाल्नु हुने भएको छ । काठमाडौंमा सम्पन्न एचसीसीएनको १८ औँ साधारणसभाले प्रेसिडेन्ट ग्रुप अफ कम्पनीजका अध्यक्षसमेत रहेका थापालाई अर्को कार्यकालका लागि डीन चयन गरेको हो । थापाले सन् २०२५÷२६ अवधिका लागि एचसीसीएनको नेतृत्व सम्हाल्नु हुनेछ् । एचसीसीएनको निवर्तमान डीनमा इन्डोनेसियाका अवैतनिक वाणिज्यदूत चन्द्रप्रसाद ढकाल रहनु भएको छ भने भाइस डिनमा फिलिपिन्सका अवैतनिक महावाणिज्यदूत सुरज वैद्य, कोषाध्यक्षमा रोमानियाका अवैतनिक महावाणिज्यदूत नारायण बजाज रहनु भएको छ । एचसीसीएन कार्यकारिणी समिति सदस्यहरुमा स्लोभाक रिपब्लिकका अवैतनिक वाणिज्यदूत पासाङ्ग दावा…
विश्व बैंकले नेपाललाई दिँदै आएको ऋणको ब्याजदर दाेब्बरले बढायाे
आर्थिक परिवेश१२ साउन, काठमाण्डौ । विश्व बैंकले यहीँ जुलाईदेखि लागू हुने गरि नेपाललाई दिँदै आएको ऋणको ब्याजदर ०.७५ बाट बढाएर १.५ प्रतिशत बनाएको छ । सोमबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र अर्थ मन्त्रालयको संयुक्त आयोजनामा सञ्चालित वैदेदेशिक सहायता परिचालन प्रणालीसम्बन्धी अभिमुखीकरण कार्यक्रममा वैदेशिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्माले यस्तो जानकारी दिएका हुन् । उनका अनुसार नेपालले हालसम्म विश्व बैंकसँग लिँदै आएको विकास सहायतामा ०.७५ प्रतिशत ब्याजदर रहेकोमा त्यसलाई बढाएर १.५ प्रतिशत पु¥याएको छ । विश्व बैंकले गएको यहीँ जुलाईदेखि ब्याजदर बढाएको बढाएको हो । यस अघिको ऋण ४० वर्षभित्र तिर्ने गरि लिने गरेको थियो । नयाँ व्यवस्था अनुसार अहिले…
नेपालका लागि एसियाली विकास बैंक (एडीबी) को ‘राष्ट्रिय साझेदारी रणनीति सार्वजनिक
आर्थिक परिवेश७ साउन, काठमाडौं । एसियाली विकास बैंक (एडीबी) को ‘राष्ट्रिय साझेदारी रणनीति (२०२५–२०२९)’ सार्वजनिक भएको छ । एडीबी सञ्चालक समितिबाट ३ असारमा स्वीकृत राष्ट्रिय साझेदारी रणनीतिले नेपालका लागि एडीबीको आगामी पाँच वर्षको रणनीतिक मार्गदर्शन प्रस्तुत गरेको छ । रणनीति आर्थिक वृद्धिमा निजी क्षेत्रको नेतृत्वदायी भूमिका, युवाका लागि रोजगारी वृद्धि र वातावरणीय दिगोपना तथा जलवायु एवं विपद् उत्थानशीलतामा केन्द्रित छ । अर्थ मन्त्रालयका सहसचिव एवं अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख धनिराम शर्मा, नेपालका लागि एडीबीका राष्ट्रिय निर्देशक आर्नो कोस्वा र विश्व बैंकका तर्फबाट मालदिभ्स, नेपाल र श्रीलंकाका लागि अपरेसन्स म्यानेजर प्रीति अरोराले राष्ट्रिय साझेदारी रणनीति सार्वजनिक गर्नु भयाे ।…