अर्थतन्त्रलाई थप चलायमान बनाउन सरकारले निजी क्षेत्रसँग छलफल गर्दै
आर्थिक परिवेश०५ मंसिर, काठमाडौँ । समग्र अर्थतन्त्रलाई थप चलायमान बनाउनका लागि सुझाव, सल्लाहसहित थप के गर्न सकिन्छ भन्ने विषयमा सरकारले निजी क्षेत्रसँग आहिले दिउँसो २ बजेबाट प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आयाेजना गरेकाे छलफल शुरू भएकाे छ । देशको वर्तमान अर्थतन्त्रबारे छलफल गर्न सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले निजी क्षेत्रसँग छलफल गर्ने निर्णय गरेको थियाे । यस अघि मंगलवार पत्रकारहरू संग कुरा गर्दै अर्थमन्त्री डा. प्रकासशरण महतलेआन्तरिक संरचनामा के उपलब्धी भयो, वर्तमान समस्या र चुनौती तथा आगामी कार्यदिशा के लिएर अगाडि बढ्दैछौं भन्ने विषयमा निजी क्षेत्रको सुझाव लिने योजना छलफल अायाेजना गरेकाे बताउनु भएकाे थियाे । हिजाे बालुवाटारमा भएकाे बैठक पछि…
अर्थतन्त्र सुधार्न गोलमेच बैठक बोलाउने प्रधानमन्त्रीकाे तयारी, सोमबार तयारी बैठक
आर्थिक परिवेश०३ मंसिर,काठमाडौं। बिग्रँदो अर्थतन्त्र सुधार्ने विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार डाकेको बैठक अनौपचारिक तयारी बैठक मात्र हुने भएको छ। सोमबार दिउँसो ४ बजे बैठक तय भएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। सोमबारको बैठकमा प्रधानमन्त्री दाहालले अर्थमन्त्री डा प्रकाशशरण महत, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ, राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलगायतलाई डाक्नु भएकाे छ । सोमबारको बैठक अनौपचारिक हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताउनु भयाे । ‘सोमबारको बैठक ब्रिफिङका लागि मात्र हो। यसमा सरकारी निकायहरुबीच आन्तरिक ब्रिफिङ हुने र गोलमेच बैठकको कार्ययोजना बनाउने विषयमा केन्द्रित हुनेछ,’ आचार्यले जानकारी दिनु भयाे । शुक्रबार दिउँसो तनहुँको आबुखैरनीमा आयोजित पार्टी…
चार महिना बितिसक्दा पनि २३ पालिकाले वार्षिक बजेट ल्याएको विवरण पेस गरेनन्
आर्थिक परिवेश०३ मंसिर , काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को चार महिना बितिसक्दा पनि २३ पालिकाले वार्षिक बजेट ल्याएको विवरण पेस गर्न सकेका छैनन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ अनुसार गाउँसभा तथा नगरसभामा पेस भएको बजेट असार मसान्त भित्रमा पारित गरिसक्नुपर्ने हुन्छ । यसरी गाउँसभा तथा नगरसभामा पेस भएको तथा पारित भएको विवरण सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पोर्टलमा अद्यावधिक गराउनुपर्ने हुन्छ । तर हालसम्म मधेश प्रदेशका २१ सहित २३ पालिकाले वार्षिक बजेट ल्याएको विवरण मन्त्रालयलाई बुझाएका छैनन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको ‘स्थानीय तहको आर्थिक वर्ष २०८०/८१ को बजेट अपडेट’…
सरकारले चार महिनामा करिव १० प्रतिशत मात्र पूँजीगत खर्च गरयो
आर्थिक परिवेश०२ मंसिर,काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो चार महिनाकाे अवधिमा सरकारले वार्षिक लक्ष्यको २० प्रतिशत मात्र बजेट खर्च गरेको छ । कात्तिक मसान्तसम्म चालुतर्फ २३ दशमलव ७५, पुँजीगततर्फ नौ दशमलव ९३ र वित्तीय व्यवस्थातर्फ १७ दशमलव ७२ प्रतिशत बजेट खर्च भएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क अनुसार कात्तिक मसान्त सम्ममा सरकारको बजेट तीन खर्ब ५५ अर्ब ६३ करोड ४० लाख बराबर खर्च भएको छ । चालु आर्थिक वर्षका लागि सरकारले चालु खर्च शीर्षकमा हालसम्म दुई खर्ब ७१ अर्ब १७ करोड ४७ लाख बराबर खर्च भएको छ । यस अवधीमा पूँजीगत शीर्षकमा कात्तिक मसान्तसम्ममा २९ अर्ब ९८ करोड ९४ लाख…
कर्जाको माग घटेर तरलता बढेपछि बाणिज्य बैकहरुले ब्याजदर एकल दरमा झारे
आर्थिक परिवेश३० कार्तिक , काठमाडौं । कर्जाको माग अपेक्षा अनुसार नबढेपछि मंसिरबाट लागू हुने गरी अधिकांश बैंकहरुले निक्षेपको ब्याजदर घटाएका छन् । पछिल्लो समय बैकहरुमा लगानी योग्य रकम तरलता प्रयाप्तताको अवस्थामा सुधार भएको छ । बैकहरुले गर्ने नाफामा कमि भएको तथा खराव कर्जाको अवस्था पनि बढेकोले बैकहरुले आपसी समझदारीमा ब्याजदर एकलदरमा झारेका छन् । बैकहरुले लिने ब्याजदर धेरै भएको भन्दै देशका विभिन्न स्थानहरुमा केही समय अघि आन्दोलनहरु समेत भएका थिए । धरै व्यापारीहरुले बैक ब्याजदर तिर्न नसकेको भन्दै ब्यापार र व्यवसाय समेत बन्दगर्नु परेको बताउदै आएका छन् । हाल कायम २० बाणिज्य बैकहरु मध्ये १३ वटा बैंकले व्यक्तिगत र संस्थागत दुवै…