प्रविधिको विकाससँगै पत्रकारितामा क्षेत्रमा अवसर र चुनौति थपियो : अर्थमन्त्री महत
आर्थिक परिवेश

१६ भदाै,काठमाडौं ।  अर्थमन्त्री डा. प्रकाशशरण महतले पत्रकारितामा नयाँ प्रविधिले सजिलो बनाए पनि त्यसको सदुपयोग र दुरुपयोगको चुनौति थपिएको बताउनुभयो । शनिबार आर्थिक पत्रकार समाज (सेजन) को २५ औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै अथर्मन्त्री डा. महतले राजनीतिक क्षेत्र जस्तै पत्रकारिता जगत पनि परीक्षणको दौडबाट गुज्रिरहेको छ भन्नुभयो । राजनीतिक क्षेत्रबाट राज्य संरचनामा जिम्मेवारीमा पुगेका हामी किन नहौं, कर्मचारी र सुरक्षा निकाय किन नहोस् या निजी क्षेत्र वा पत्रकार जगत किन नहोस् सबै क्षेत्रमा प्रविधिले चुनौति थपेको मन्त्री डा. महतले बताउनुभयो । अर्थमन्त्री  डा. महतले अाफू अर्थमन्त्रालयमा पुगे पछि इमान्दारिताका साथ कसरी देश र जनताका लागि काम गर्ने भन्ने मानसिकताबाट काम…

भ्रष्टाचारविरूद्धको अभियान प्रदेश र स्थानीय तहमा बिस्तार गरौँ : प्रधानमन्त्री
आर्थिक परिवेश

भाद्र ११, काठमाडौँ।  प्रधानमन्त्री तथा राष्ट्रिय विकास समस्या समाधान समितिका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले भ्रष्टाचार निवारण र सुशासन कायम गर्ने जिम्मेवारी केन्द्र सरकारको मात्र नभएर सिंगो देशको एजेण्डा भएकाे बताउनु भएकाे छ । सोमबार दिउँसो सिंहदरबारमा आयोजित राष्ट्रिय विकास समस्या समाधान समितिको ५१औँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले प्रदेश र स्थानीय तहले समेत सुशासन कायम गर्न अभियान चाल्नुपर्ने बताउनु भयाे ।  प्रधानमन्त्री  दाहालले  सुशासन कायम गर्ने कार्यभार सिंगो देशको भएको समेत बताउनु भएको हो। बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भन्नुभयो, “संघीय सरकारले प्रारम्भ गरेको भ्रष्टाचार निवारण र सुशासन स्थापित गर्न चालेको कदम प्रदेश र स्थानीय तहमा समेत बिस्तारित गर्दै दण्ड र पुरस्कारको…

निजी क्षेत्रको उत्साहजनक सहभागिता भए मात्र देशको आर्थिक विकास सम्भव हुन्छ : राष्ट्रपति
आर्थिक परिवेश

०७ भदाैं, काठमाडौं।  राष्ट्रपति रामचन्द्र पौडेलले अर्थतन्त्रमा निजी क्षेत्रको सहभागिता उत्साहजनक रूपमा भए मात्र देशको आर्थिक विकास सम्भव हुने धारणा व्यक्त गर्नुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घको कार्यकारिणी समितिसँगको भेटमा राष्ट्रपति पौडेलले विद्यमान आर्थिक अवस्थाका सुधारका लागि सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक रहेको बताउनुभएको महासङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिमा उहाँले यही तथ्यलाई ध्यानमा राखेर सरकार र निजी क्षेत्रबीच पारस्परिक सहअस्तित्व र समभावको दरिलो साझेदारी आवश्यक रहेको बताउनुभएको उल्लेख छ । नेपालको अर्थव्यवस्थामा निजी क्षेत्रको ८० प्रतिशतभन्दा बढी हिस्सा रहेको भन्दै उहाँले अर्थतन्त्रमा देखिएको समस्याले अहिले आर्थिक गतिविधिलाई सुस्त बनाएको धारणा राख्नुभयो । राष्ट्रपति पौडेल उद्योगी व्यवसायीहरूले…

गत बर्ष नेपाल आएकाे रमिटेन्स २१ दशमलव दुई प्रतिशतले बढ्याे
आर्थिक परिवेश

०२ भदाै,काठमाडौं ।  गत आर्थिक वर्ष २०७९/८० मा विप्रेषण आप्रवाह  १२ खर्ब २० अर्ब ५६ करोड पुगेको छ । नेपाल राष्ट्र बैङ्कले शुक्रवार सार्वजनिक गरेको गत आवको वार्षिक तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत आवमा विप्रेषण आप्रवाह २१ दशमलव दुई प्रतिशतले बढेको हो  । अघिल्लो वर्ष विप्रेषण आप्रवाह चार दशमलव आठ  प्रतिशतले बढेको थियो । केन्द्रीय बैङ्कका अनुसार अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२ दशमलव एक प्रतिशतले वृद्धि भई नौ अर्ब ३३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह दुई दशमलव दुई प्रतिशतले बढेको थियो । त्यस्तै समीक्षा वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत…

गत बर्ष मुद्रास्फीति सात दशमलव ७४ प्रतिशत निर्यात २१ दशमलव ४ प्रतिशतले घट्याे
आर्थिक परिवेश

१ भदाै, काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षको वार्षिक तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार गत वर्ष मुद्रास्फीति, चालु खाता घाटा, प्रत्यक्ष वैदेशिक लगानीलगायतका सूचकाङ्क खराब देखिएका छन् भने विप्रेषण, शोधनान्तर स्थिति, विदेशी मुद्रा सञ्चितिलगायतका सूचकाङ्क सकारात्मक छन् । सरकारले गत आवका लागि वार्षिक औसत उपभोक्ता मुद्रास्फीति सात प्रतिशतको वाञ्छित सीमाभित्र राख्ने लक्ष्य राखेकोमा सात दशमलव ७४ प्रतिशत पुगेको छ । अर्थात् गत वर्षको मूल्यवृद्धिले सरकारले राखेको वाञ्छित सीमा नाघेको छ । त्यस्तै गत आवमा समग्र वैदेशिक व्यापार घटेको छ । गत आवमा आयात १६ दशमलव…