स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्न सक्नुपर्नेमा विज्ञकाे जाेड
आर्थिक परिवेश१२,असोज, काठमाडौं । मुलुकको राजनीतिक, आर्थिक तथा कूटनीतिक क्षेत्रमा विशिष्ट योगदान पुर्याउनुभएका व्यक्तित्वहरूले राजनीतिक स्थायित्व, चलायमान आर्थिक गतिविधि र सुरक्षाको प्रत्याभूतिका लागि देश आत्मनिर्भर हुनुपर्ने धारणा व्यक्त गर्नुभएको छ । एकीकृत विकास प्रणालीका पक्षमा अध्ययन, अनुसन्धान गर्ने आइआइडीएस नामक संस्थाद्वारा शुक्रवार काठमाण्डौमा आयोजित ‘नेपालको विगत र भविष्यको आर्थिक कूटनीति’ विषयक प्रवचन कार्यक्रममा उहाँहरूले राजनीतिक स्थायित्व, दिगो आर्थिक विकास, सांस्कृतिक पहिचान एवं संरक्षण र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुरक्षा व्यवस्थाका आर्थिक कूटनीतिमा जोड दिँदै मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउनुपर्ने बताउनु भएकाे हाे । वक्ताहरूले देशभित्र लगानीको वातावरण सिर्जना गरी रोजगारीको समस्या हल गर्नुपर्ने, युवा शक्तिलाई विदेश पलायन हुनबाट रोक्नुपर्ने र आर्थिक कूटनीतिलाई…
वर्तमान अर्थतन्त्रको सुधारका लागि गम्भीर पहल आवश्यक : ओली
आर्थिक परिवेश९ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको आर्थिक अवस्था नाजुक हुँदै गएको भन्दै चिन्ता व्यक्त गर्नु भएको छ । नेकपा एमाले निकट उद्योगी व्यवसायीहरुको संगठन नेपाल उद्योग तथा व्यवसायी महासंघले मंगलबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ओलीले उत्पादन बढन नसकेको तथा गरिवीको रेखाबाट माथि उठनु पर्नेमा जनताको अवस्था झन दयनीय हुदै गएको भन्दै चिन्ता व्यक्त गर्नु भयो । उहाँले उद्योग व्यवसायहरु लिलामीमा तथा कालोसूचिमा परेको भन्दै त्यसको सुधारको लागि गम्भीर कदम उठाउनु आवश्यक भएको बताउनु भयो । सरकारमा रहेकाे बेला सम्मृद्ध नेपाल शुखि नेपाली भन्ने कार्यक्रम अघि सारेका अध्यक्ष ओलीले एमाले सरकारमा जानका लागि नहतारिएको…
नेपालमा लगानी गर्न चिनिया लगानीकर्ताहरूलाई प्रधानमन्त्री पुष्पकमलकाे आह्वान
आर्थिक परिवेश८,असाेज,बेइजिङ, चीन । “नेपालमा लगानीका सम्भावना अधिक छन् । हामी यहाँहरुको लगानीलाई पूर्णतः सुरक्षा प्रदान गर्दछौँ र यहाँहरुले गर्ने लगानीको उचित वातावरण निर्माणका लागि के गर्नुपर्छ, त्यो गर्छौं । हामीसँग प्राप्त लगानीको सम्भावनाबाट यहाँहरुलाई लाभ लिन म हार्दिक अपिल गर्दछु ।” प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार चीनको राजधानी बेइजिङमा आयोजित नेपाल चीन लगानी सम्मेलनलाई सम्बोधन गर्दै चिनियाँ उद्योगी व्यवसायीलाई अपिल गर्दै हुनुहुन्थ्यो । उहाँले भन्नुभयो, “मैले पहिले पनि भन्दै आएको हुँ कि सरकार एक्लैले नेपालको समग्र विकास सम्भव छैन । यसका लागि निजी क्षेत्रसँगको सहकार्य आवश्यक छ । निजी क्षेत्र नेपालको समृद्धिका लागि एउटा इन्जिन हो, त्यसैले उनीहरुसँगको सहकार्य र…
चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ४.३ प्रतिशतले वृद्धि हुने
आर्थिक परिवेश३ असाेज, काठमाडाैं । एसियाली विकास बैंक (एडीबी)ले चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ४.३ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ । यो वृद्धिदर गत आर्थिक वर्ष २०७९/८० को तुलनामा १.९ प्रतिशतभन्दा माथि हो । सरकारले चालु आर्थिक वर्षका लागि ६ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य लिएको छ । एडीबीले सार्वजनिक गरेको ‘एसियन डेभलपमेन्ट आउटलुक’ले सन् २०२३ यता एसिया प्रशान्तीय क्षेत्रको अर्थतन्त्रमा सुधार हुन थालेको जनाएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् नीतिगत दर ०.५० प्रतिशत बिन्दुले समायोजन गरी ६.५ प्रतिशत कायम गरेको छ । जसले व्यावसायिक ब्याजदर न्यूनीकरणमा मद्दत पुग्नुका साथै आर्थिक गतिविधिलाई बढावा दिने एडीबीको प्रतिवेदनमा उल्लेख छ ।…
दुई महिनामा एक खर्ब ३१ अर्ब बजेट खर्च, एक खर्ब ५४ अर्ब राजस्व सङ्कलन
आर्थिक परिवेश१ असोज,काठमाडौं। चालु आर्थिक वर्ष २०८०/८१ को सुरुआती दुई महिनामा सरकारी बजेट खर्च वार्षिक लक्ष्यको सात दशमलव ४९ प्रतिशत बराबर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार भदौ मसान्तसम्म सरकारले एक खर्ब ३१ अर्ब १४ करोड १३ लाख बराबर बजेट खर्च गरेको छ । सरकारले चालु आवका लागि कूल १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख बराबरको बजेट ल्याएको थियो । सोमध्ये चालु शीर्षकमा रू ११ खर्ब ४१ अर्ब ७८ करोड विनियोजन भएकोमा हालसम्म सात दशमलव ६८ प्रतिशत अर्थात् रू ८७ अर्ब ६६ करोड ३५ लाख बराबर रहेको छ । पूँजीगत शीर्षकमा दुई दशमलव सात प्रतिशत मात्रै बजेट खर्च…