
साढे सात अर्ब रुपैयाँ बढीकाे सहयोग प्रदान गर्ने युएसएआइडीको घोषणा
आर्थिक परिवेशमाघ २४ काठमाडौं । अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआइडी)ले नेपालका सरकार र जनतासँगको लोकतान्त्रिक साझेदारीमा बढोत्तरी गरेको छ । दुई दिने नेपाल भ्रमणमा रहनुभएका युएसएआइडीका प्रशासक सामन्था पावरले आज नेपाल सरकार, नागरिक समाज र निजी क्षेत्रका नेतृत्वकर्ताहरूमाझ नेपालको लोकतान्त्रिक उन्नतिलाई अघि बढाउन युएसएआइडीले पाँच करोड ८५ लाख अमेरिकी डलर (साढे सात अर्ब रुपैयाँभन्दा बढी)सम्मको सहयोग प्रदान गर्ने घोषणा गर्नुभएको छ । सो रकम स्रोतको उपलब्धतामा निर्भर हुनेछ । उक्त घोषणाको रकममध्ये चार करोड दुई लाख डलर सन् २०२२ मा घोषित ६५ करोड ९० लाख अमेरिकी डलरको विकास उद्देश्य सम्झौताको एक अंश भएको यहाँस्थित संयुक्त राज्य अमेरिकाको दूतावासले जनाएको छ…

राजस्वको दायरा बढाउने र चुहावट नियन्त्रणको कार्य संगै अगाडि बढाउनुस : प्रधानमन्त्री
आर्थिक परिवेश२४ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले राजस्व सङ्कलनका क्षेत्रमा देखिएका चुनौती समाधान गर्न र राजस्व चुहावट नियन्त्रणका लागि क्रमभङ्ग गर्न राजस्व प्रशासनका अधिकारीहरूलाई निर्देशन दिनुभएको छ । बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार राजस्वको अवस्था र चुहावट नियन्त्रण सम्बन्धी छलफलमा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो । प्रधानमन्त्रीले भन्नुभयो, “अर्थतन्त्रको समग्र स्थिति हेर्दा अधिकांश सूचकहरू सकारात्मक हुँदै गएको देखियो । गत पुसदेखि अर्थतन्त्रमा क्रमशः सुधार आएको देखियो । तर, यसको अर्थ नेपाली अर्थतन्त्र सङ्कटमुक्त भइसक्यो भन्ने होइन । राजस्व सङ्कलनमा अहिले पनि केही समस्याहरू छन् । राजस्वको दायरा बढाउने र चुहावट नियन्त्रणको कार्यलाई एकैसाथ अगाडि बढाउन जरुरी छ ।”…

नेपाल आयल निगमद्वारा पेट्रोलियम पदार्थको मूल्य वृद्धि
आर्थिक परिवेशकाठमाडौं।सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । नेपाल आयल निगमका अनुसार डिजेल, पेट्रोल र मट्टितेलको साबिक खुद्रा मूल्यमा प्रतिलिटर रु तीनले बढाई पेट्रोलमा रु एक सय ७८ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर रु एक सय ७५ कायम गरिएको छ । वृद्धि गरिएको मूल्य गएराति १२ बजेदेखि लागू भएको छ । हवाई इन्धन र एलपी ग्यासको खुद्रा बिक्री मूल्य भने यथावत् राखिएको छ । अनुमानित नोक्सानीको अवस्थालाई मध्यनजर गर्दै व्यवस्थापनको निर्णयअनुसार पेट्रोल र डिजेल-मट्टितेलको साबिकको खुद्रा बिक्रीमा वृद्धि गरिएको निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

६ महिनामा ५ खर्ब ८५ अर्ब रेमिटेन्स भित्रियो, शोधनान्तर बचत एक खर्ब नजिक
आर्थिक परिवेशमाघ २३, काठमाडाै । चालु आर्थिक बर्षको छ महिनाको अवधिमा नेपालमा हुने विप्रेषण आप्रवाह २४.३ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैकले सोमवार जारी गरेको मुलुकको आर्थिक अवस्था सम्बन्धी प्रतिवेदनमा यस अवधिमा ५ खर्ब ८५ अर्ब ८ करोड रुपैया बराबरको बिप्रेषण रकम नेपालमा भित्रिएको जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ५.० प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा भने विप्रेषण आप्रवाह १३.९ प्रतिशतले वृद्धि भई ४ अर्ब ५० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.७ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ६४.६ प्रतिशतले…

जिडिपीको हाराहारीमा कर्जा प्रवाह, निर्धारित क्षेत्रमा नभै अन्यत्र हुनु जटिल : अर्थशास्त्री र बैकर्स
आर्थिक परिवेशमाघ १८,काठमाडौ । बैकर्स तथा अर्थशास्त्रीहरुले मुलुकको आर्थिक समस्या समाधानका लागि सम्वद्ध सबै निकाय एकजुट भएर अघि बढनु आवश्यक भएको बताउनु भएको छ । आर्थिक मडिया संचालक संघ नेपालले बुधवार काठमाण्डौमा आयोजना गरेको अर्थतन्त्रका चुनौती र समाधानका उपाय विषयक अन्तरकृया कार्यक्रममा वक्ताहरुले अहिलेको मुलुकको आर्थिक समस्याको जरो ठिक ढंगले पहिल्याएर त्यसको समाधानकालागि सरकार, नीजि क्षेत्र र बैकिड क्षेत्र अघि बढनु आवश्यक भएकोमा जोड दिनु भयो । अर्थशास्त्री चन्द्रमणी अधिकारीले जिडिपीको हाराहारीमा कर्जा प्रवाह भए पनि त्यसको नतिजा नआएको भन्दै त्यसलाई ठीक ढंगले पहिचान गरी उत्पादनशिल क्षेत्रमा खर्च प्रवाह गर्नु पर्नेमा जोड दिनु भयो । बैकर्स मनोज ज्ञवालीले बैकहरुबाट प्रवाह भएको…