सरकारले ल्यायाे १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट
आर्थिक परिवेश

१५ जेठ, काठमाडौं ।  सरकारले आगामी आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रूपैया बराबरको बजेट प्रस्तुत गरेको छ । कुल विनियोजनमध्ये चालुतर्फ रु ११ खर्ब ४१ अर्ब ७८ करोड अर्थात् ६५ दशमलब २० प्रतिशत, पुँजीगततर्फ तीन खर्ब दुई अर्ब सात करोड करोड अर्थात् १७ दशमलब २५ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ तीन खर्ब सात अर्ब ४५ करोड अर्थात १७ दशमलब ५५ प्रतिशत रहेको छ । यो खर्च अनुमान चालु आर्थिक वर्षको विनियोजनको तुलनामा दुई दशमलब ३७ प्रतिशतले कम र संशोधित अनुमानको तुलनामा १६ दशमलब ३७ प्रतिशतले बढी हो । कुल विनियोजनमा प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ रु…

वार्षिक विकास कार्यक्रम र ३ वर्षे मध्यमकालिन खर्च संरचना पारित
आर्थिक परिवेश

१५ जाेठ, काठमाडाैं ।  राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले वार्षिक विकास कार्यक्रम र ३ वर्षे मध्यमकालिन खर्च संरचना पारित गरेकाे छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेकाे बैठकले बजेटसँगै संसदमा पेश हुने वार्षिक कार्यक्रम तथा मध्यमकालिन खर्च संरचना समेत पारित गरेको हाे । बजेटसँगै संसदमा टेवुल हुने वार्षिक विकास कार्यक्रम र ३ वर्षे मध्यमकालिन खर्च संरचना राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले पारित गरेको हो । राष्ट्रिय योजना आयोगका अध्यक्ष  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, आयोगका उपाध्यक्ष डा.मिनबहादुर श्रेष्ठ, आयोगका पदेन सदस्य  अर्थमन्त्री डा.प्रकाशशरण महत, मूख्य सचिव सहित सोमबार प्रधानमन्त्री कार्यालयमा बसेको बैठकले दुबै दस्तावेज पारित गरेको हो ।

आर्थिक वर्ष २०८०/८१ को आयव्ययको विवरण (बजेट) सार्वजनिक गर्दै
आर्थिक परिवेश

काठमाडौँ। सरकारले आज आर्थिक वर्ष २०८०/८१ को आयव्ययको विवरण (बजेट) सार्वजनिक गर्दै छ। अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्घीय संसद्को संयुक्त बैठकमा दिउँसो ४ बजे करिब १७ खर्ब रुपियाँ हाराहारीको बजेट प्रस्तुत गर्न लाग्नुभएको हो। राजस्व सङ्कुचनको सामना गरिरहेको सरकारले बजेटमार्फत अनावश्यक खर्च कटौतीको नीति अख्तियार गर्ने तयारी गरेको छ। अर्थमन्त्री महतले विभिन्न सार्वजनिक कार्यक्रम मै सरकारलाई स्रोत व्यवस्थापनको दबाब रहेकाले अनावश्यक प्रशासकीय खर्च कटौती गर्नुपर्ने अवस्था रहेको बताउँदै आउनुभएको छ। त्यस्तै बजेटमार्फत सरकारले विकासमा अवरोध पुर्‍याइरहेका कतिपय नीतिगत अड्चन समाधानको नीति अख्तियार गर्ने अनुमान गरिएको छ। बजेटमार्फत सरकारलाई अतिरिक्त दायित्व सिर्जना हुने नयाँ कार्यक्रम घोषणा नहुने सङ्केत अर्थमन्त्रीले गर्नुभएको छ।…

चालु आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर दुई दशमलव १६ प्रतिशत मात्र हुने : अर्थमन्त्री
आर्थिक परिवेश

१४ जेठ, काठमाडौँ ।  अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०७९÷८० को आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन २०८० प्रतिनिधिसभा र राष्ट्रियसभाका छुट्टाछुट्टै बैठकमा आइतवार पेश गर्नु भएको छ  । आर्थिक सर्वेक्षण पेस गर्नुहुँदै अर्थमन्त्री महतले सन् २०२३ मा विश्वको अर्थतन्त्र नै समस्यमा परेकाले त्यसको असर नेपालको अर्थतन्त्रमा पनि परेको  बताउनुभयो । “अन्तर्राष्ट्रिय आर्थिक परिवेश र संरचनात्मक समस्याका कारण थोक तथा खुद्रा व्यापार, निर्माण, उत्पादनमूलक उद्योगको उत्पादनलगायत समग्र आर्थिक क्रियाकलापमा सङ्कुचन भई चालु आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर दुई दशमलव १६ प्रतिशत हुने अनुमान छ”, उहाँले भन्नुभयो । वस्तु आयातमा भएको सङ्कुचन र समष्टिगत मागमा आएको कमीका…

नेपालको सार्वजनिक ऋण २१ खर्ब ५४ अर्ब १२ करोड
आर्थिक परिवेश

८ जेठ, काठमाडौं ।  नेपालको सार्वजनिक ऋण साढे २१ खर्ब भन्दा माथि पुगेको छ । अर्थ मन्त्रालय मातहतको सार्वजनिक व्यवस्थापन कार्यालयको तथ्यांक अनुसार चालु आर्थिक वर्ष (आव) २०७९/८० को १० महिना (साउन–वैशाख) सम्मको आंकडामा सार्वजनिक ऋण २१ खर्ब ५४ अर्ब १२ करोड रुपैयाँ पुगेको छ ।  जसमा आन्तरिक ऋणले बाह्य ऋणलाई उछिनेको छ । तथ्यांक अनुसार नेपालले तिर्न बाँकी ऋणमध्ये आन्तरिक ऋण १० खर्ब ८३ अर्ब ४७ करोड पुगेको छ । बाह्य ऋण १० खर्ब ७० अर्ब ६४ करोड रुपैयाँ रहेको छ । चालु आर्थिक वर्ष सुरु हुनु अगाडि अर्थात असार २०७९ मा सार्वजनिक ऋण २० खर्ब १३ अर्ब २९…