१०ले सके ७ सय ४३ स्थानीय तहले आइतबार बजेट प्रस्तुत गर्दै
आर्थिक परिवेश०९ असार, काठमाडौँ । आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि सात सय ५३ स्थानीय तहहरूले आइतबार बजेट सार्वजनिक गर्दै छन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तर सरकार वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ मा भएको व्यवस्थाअनुसार प्रत्येक वर्ष असार १० गतेभित्र आर्थिक वर्षको राजस्व र व्यय(बजेट)को अनुमान स्थानीय तहले सम्बन्धित गाउँ वा नगरसभामा पेस गर्नुपर्छ । स्थानीय तहको आगामी आव २०८०/८१ का लागि शनिबारसम्म १० स्थानीय तहले बजेट पेस गरिसकेका छन् । अब सात सय ४३ स्थानीय तहले बजेट पेस गर्न बाँकी छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्थानीय तहको बजेटको अद्यावधिकअनुसार…
अर्थ मन्त्रालयले शुरु गर्यो आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनको पूर्व तयारी
आर्थिक परिवेश०७ असार,काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ को बजेट कार्यान्वयनका लागि पूर्व तयारी शुरु गरेको छ । आज मन्त्रालयमा चालु आर्थिक वर्षको बाँकी अवधिमा गर्नुपर्ने सार्वजनिक खर्चको व्यवस्थापन र आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनको लागि गर्नुपर्ने पूर्व तयारीका सम्बन्धमा विषयगत मन्त्रालयका सचिवहरूसँग छलफल गरेको छ । सो अवसरमा अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु आर्थिक वर्षमा स्रोतको अवस्था हेरी सिर्जित दायित्त्व भुक्तानीलाई प्राथमिकता दिन सबै मन्त्रालयका सचिवहरूलाई आग्रह गर्नुभयो । डा. महतले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट कार्यान्वयन गर्न अहिलेदेखि नै ठोस कार्ययोजना बनाई समय तालिका बनाएर अगाडि बढ्न सचिवहरूलाई निर्देशन दिनुभयो । उहाँले आर्थिक वर्ष २०८०/८१ को बजेटमा…
पञ्चबर्षीय योजनाको तर्जूमा शुरु : स्वाधिन, समुन्नत र सामाजिक न्यायसहितको सम्वृद्धि लक्ष्य
आर्थिक परिवेश०६,असार काठमाडौं । राष्ट्रिय योजना आयोगले १६ औँ पञ्चबर्षीय योजनाको तर्जूमा शुरु गरेको छ । योजना आयोगले १६ औ योजनाको तयारीको लागि आयोगका पूर्व उपाध्यक्ष र विज्ञसँग छलफल गरी योजना तर्जूमा शुरु गरेको हो । आर्थिक वर्ष २०८१÷८२ देखि कार्यान्वयनमा आउने गरी तर्जुमा शुरु गरिएको १६ औँ योजनामा स्वाधिन, समुन्नत र सामाजिक न्यायसहितको सम्वृद्धि हाँसिल गर्ने लक्ष्य योजना आयोगले अघि सारेको छ । छलफलमा योजना आयोगले शुसासन,सम्वृद्धि र सामाजिक न्याय सहितको समाजवाद उन्मुख र पूर्ण रुपले मुलुकको संरचनात्मक रुपान्तरण गर्ने गरी योजनाको मस्यौदा अवधारण अघि सारेको छ । आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठले संरचनात्मक रुपान्तरण मार्फत सुशासन, समृद्धि र सामाजिक…
नेपालले शुरू गरयाे विद्युतीय मुद्रा (डिजिटल करेन्सी) जारी गर्ने तयारी
आर्थिक परिवेश०४असार,काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले विद्युतीय मुद्रा (डिजिटल करेन्सी) जारी गर्ने तयारी गरेको छ । केन्द्रीय बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले हालसम्म विश्वका ११ मुलुकले विद्युतीय मुद्रा जारी गरिसकेकाले नेपालले पनि त्यसबारे अध्ययन र तयारी गरेको बताउनुभयो । वित्तीय तथा विद्युतीय साक्षरताबारे माछापुच्छ्रे बैङ्क र निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन), नेपालबीचको सहमतिपत्रमा हस्ताक्षर कार्यक्रममा कार्यकारी निर्देशक पौडेलले विद्युतीय साक्षरताबारे पुराना पाठ्यक्रम पढाएर भन्दा पनि आधुनिकताको विकाससँगै हरेक दिनका नवीन आयामलाई शिक्षक र विद्यार्थीले आत्मसात् गर्नु पाउनुपर्नेमा जोड दिनुभयो । उहाँका अनुसार हाल प्रतिमहिना औसतमा रु ४० अर्बको विद्युतीय कारोबार हुने गरेको छ । गत वैशाखमा क्युआर कोडमार्फत ८६ लाख…
मुख्य सचिवमा डा. वैकुण्ठ अर्याल वैरागीलाई राष्ट्रिय सुरक्षा सल्लाहकार
आर्थिक परिवेश३२ जेठ,काठमाडौ। सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा डा. वैकुण्ठ अर्याललाई नियुक्त गरेको छ । आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले डा. अर्याललाई मुख्यसचिव पदमा नियुक्त गर्ने निर्णय गरेको हो । बैठकले मुख्यसचिव शंकरदास वैरागीले दिनुभएको राजीनामा स्वीकृत गरी बरिष्ठतम् सचिव डा. अर्याललाई मुख्यसचिव पदमा नियुक्त गर्ने निर्णय गरेको परराष्ट्रमन्त्री नारायण प्रसाद साउदले जानकारी दिनुभयो । नवनियुक्त मुख्य सचिव डा. अर्याल यसअघि वरिष्ठतम् सचिवका रुपमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा हुनुहुन्थ्यो । बैठकले मुख्यसचिव पदबाट राजीनामा दिनुभएका वैरागीलाई राष्ट्रिय सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने निर्णय समेत गरेको छ । डा अर्याल यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा…