अर्थतन्त्रको दबाब हटाउन राष्ट्रिय गोलमेचको तयारी भएको छ : प्रधानमन्त्री
आर्थिक परिवेश

१५ कार्तिक, काठमाडौँ ।  प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  अर्थतन्त्रको दबाब हटाउन राष्ट्रिय गोलमेचको तयारी गरेको बताउनुभएको छ। बुधबार दिउँसो माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित उपत्यकाका केन्द्रीय सदस्यहरूको बैठकलाई सम्बोधन गर्दै  प्रधानमन्त्रीले अर्थतन्त्र सङ्कटमुक्त भइसके पनि दबाबमुक्त हुन नसकेकोले अर्थतन्त्रको दबाब हटाउनु सरकारको मुख्य प्राथमिकता भएको बताउनुभएको हो। सम्बोधनका क्रममा प्रधानमन्त्रीले भन्नुभयो, ‘‘हामीले सरकारको नेतृत्व गर्ने बेला अर्थतन्त्र निकै अप्ठ्यारो अवस्थामा थियो। तर, सरकारको मेहेनतका कारण अर्थतन्त्र सङ्कटमुक्त भएको छ। विदेशी मुद्राको सञ्चिति, राजश्व सङ्कलन र परिचालन, पर्यटक आगमन, विप्रेषण लगायतका क्षेत्रका सूचक हेर्दा हामी प्रगतितिरै छौँ। तर, अर्थतन्त्र अझै पनि दबाबमुक्त भइसकेको छैन…

जलवायु परिवर्तनका असर घटाउन अन्तर्राष्ट्रिय समुदायको साथ र सहयोगकाे अपेक्षा :ऊर्जा मन्त्री बस्नेत
आर्थिक परिवेश

०३ कार्तिक, काठमाडौँ ।  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपालको ऊर्जा क्षेत्रको दिगो विकासका लागि सरकारले योजनाबद्ध प्रयास अगाडि बढाएको बताउनुभएको छ । एसिया–प्रशान्त क्षेत्रको तेस्रो इनर्जी फोरमलाई आज थाइल्याण्डको राजधानी बैङ्ककमा सम्बोधन गर्दै मन्त्री बस्नेतले आगामी १२ वर्षभित्र थप २८ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्यका साथ नेपाल सरकारले दीर्घकालीन नीति तर्जुमा गरेको बताउनुभयो । हाल प्रणालीमा दुई हजार आठ सय मेगावाट बराबरको बिजुली जोडिएको जानकारी दिँदै मन्त्री बस्नेतले नेपालमा नदी प्रवाह, अर्ध जलाशय र जलाशयमा आधारित विद्युत् आयोजनाको अधिक सम्भाव्यता रहेको तथा सौर्य ऊर्जाको पनि उत्तिकै सम्भाव्यता रहेको जानकारी दिनुभएको मन्त्री बस्नेतको सचिवालयले जनाएको छ । नेपालको…

दुई महिनामा करिब साढे दुई खर्ब रेमिट्यान्स नेपालले भित्र्यायाे
आर्थिक परिवेश

३० असाेज, काठमाडौँ ।  चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो दुई महिनामा नेपालले करिब साढे दुई खर्ब रेमिट्यान्स भित्र्याएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको गत भदौ मसान्तसम्मको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार यो अवधिमा विप्रेषण आप्रवाह २२ दशमलव एक प्रतिशतले बढेर रू दुई खर्ब २८ अर्ब ३७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १९ दशमलव आठ ८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७ दशमलव सात प्रतिशतले वृद्धि भई १ अर्ब ७३ करोड अमेरिकी डलर पुगेको छ । गत भदौ मसान्तसम्ममा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपालीको…

विकासको लाभ सबै नागरिकले प्राप्त गर्ने वातावरणको सुनिश्चित गर्नु पर्छ : अध्यक्ष तिमिल्सिना
आर्थिक परिवेश

२६ असाेज, काठमाडौँ ।   राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विकासको लाभ सबै नागरिकले प्राप्त गर्ने वातावरणको सुनिश्चित गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक उत्सव समारोहलाई शुक्रवार सिंहदरबारमा सम्बोधन गर्नुहुँदै अध्यक्ष तिमिल्सिनाले विकास योजना र बजेटको वितरण पहुँचवालाको क्षेत्रमा मात्र नभई समन्यायिक रूपमा हुनुपर्नेमा जोड दिनुभयो । अध्यक्ष तिमिल्सिनाले संवैधानिक आयोगले आफ्ना काम कर्तव्यलाई पारदर्शी तुल्याई आयोगको आवश्यकता र औचित्य पुष्टि गर्नु पर्ने बताउनुभयो । समारोहमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेलले प्राकृतिक स्रोत सम्बन्धमा  एकीकृत कानूनको आवश्यकता रहेकाे  औँल्याउनुभयो । अध्यक्ष पौडेलले संघ, प्रदेश र स्थानीय तीन वटै तहको  खर्च जिम्मेवारी थप…

देशले हाल भोग्नु परेको आर्थिक समस्या समाधानका लागि गुणात्मक सुधार आवश्यक प्रधानमन्त्री
आर्थिक परिवेश

२५ असोज, काठमाण्डौ ।  मुलुकले हाल बेर्होनु परेको आर्थिक समास्याका वारेमा छलफल गरी साझा धारणा बनाउन र समस्याको समाधानको मार्ग पहिल्याउन नेपाल उद्योग बाणिज्य महासंघले राष्ट्रिय आर्थिक बहसको आयोजना गरेको छ । सुधारका लागि सहकार्य भन्ने उदघोषका साथ महासंघले बिहिवार काठमाण्डौमा आयोजना गरेको राष्ट्रिय आर्थिक बहसमा महासंघले मुलुकको आर्थिक समास्याको समाधान गर्न र मुलुकमा लगानीको वातावरण निर्माण गर्न निजी क्षेत्रको तर्फबाट उच्चस्तरीय आर्थिक सुधार आयोगको गठन गर्न सरकारलाई प्रस्ताव गरेको छ । बहस कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशले हाल भोग्नु परेको समस्या सानो तिनो सुधारले सम्भव नभएको भन्दै त्यसका लागि गुणात्मक सुधार आवश्यक भएको बताउनु भयो ।…