चितवनमा महिला उद्यमी मेला आयोजना हुने
आर्थिक परिवेश

 १७ भदाै  चितवन । ‘महिला उद्यमशीलता विकासमार्फत महिला सशक्तीकरण’ भन्ने मूल नाराका साथ चितवन उद्योग वाणिज्य सङ्घले ‘महिला उद्यमी मेला–२०८२’ आयोजना गर्ने भएको छ । महिलाले घर तथा उद्योगमा उत्पादित बस्तुको बजारीकरण र प्रवर्द्धन गर्ने उद्देश्य सहित मेलाको आयोजना गर्न लागिएको हो । भदौ १९ देखि २३ गतेसम्म उद्योग वाणिज्य सङ्घको परिसरमा रहेको प्रदर्शनी केन्द्रमा  मेला आयोजना गर्ने तयारी गरिएको मङ्गलवार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो । कार्यक्रम संयोजक अस्मिता तिमल्सिना रिजालका अनुसार करिब ३० वटा स्टल रहने मेलामा हस्तकला, लघु घरेलु उत्पादन तथा कृषि क्षेत्रसँग सम्बन्धित वस्तुहरूको प्रदर्शनी गरिने छ । एकल महिला, दुर्गम क्षेत्रका महिला तथा स्टार्टअप उद्यमीलाई…

१०६ मेगावाट क्षमताको जगदुल्ला जलविद्युत् आयोजना निर्माणका लागि सम्झौता
आर्थिक परिवेश

  २८ साउन, काठमाडौँ ।   १०६ मेगावाट क्षमताको जगदुल्ला जलविद्युत् आयोजना  निर्माणका लागि निर्माण व्यवसायीसँग सम्झौता भएकाे छ । सम्झौता सँगै कर्णाली प्रदेशको आर्थिक विकास र समृद्धिका लागि महत्वपूर्ण मानिएको जगदुल्ला जलविद्युत् आयोजना निर्माण प्रक्रिया अगाडि बढ्ने भएको हाे । बोलपत्र प्रक्रियामा रहेको उल्झन तथा अनेकन विवादका कारण तोकिएको भन्दा  एक बर्ष ढिलाे  गरेर आयोजनाको प्रवद्र्धक कम्पनी र निर्माण व्यवसायीबीच निर्माणसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौता लगत्तै अायाेजना निमार्णकाे लागि  मार्ग प्रशस्त भएको प्रवद्र्धक कम्पनी जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले जानकारी दिनुभयो । उ हाँले जगदुल्ला हाइड्रोपावर र जेसीई÷एएनके जेभीबीच निर्माणसम्बन्धी सम्झौता भएको जानकारी…

गत आर्थिक वर्षमा नेपालले १७ अर्ब ४६ करोड रुपैयाँको विद्युत निर्यात गरयाे
आर्थिक परिवेश

२४ साउन   काठमाडौं ।     सरकारले वैदेशिक बजारमा विद्युत निर्यात बढाउने रणनीतिमा उल्लेखनीय सफलता पाएकाे छ । गत आर्थिक वर्ष २०८१/०८२ मा नेपालले भारत र बंगलादेशमा गरी साढे १७ अर्ब रुपैयाँभन्दा बढीको विद्युत निर्यात गर्न सफल भएको हो । नेपाल विद्युत प्राधिकरणले आव २०८१/०८२ को अवधिमा भारतमा करिब १७ अर्ब १९ करोड रुपैयाँ र बंगलादेशमा २६ करोड ६७ लाख रुपैयाँ बराबरको विद्युत बिक्री गरेको हो । निर्यातको कुल रकम १७ अर्ब ४६ करोड रुपैयाँ नाघेको देखिन्छ । विद्युत व्यापारमा नेपाललाई प्राप्त भएको यो उपलब्धिले ऊर्जा कूटनीति र आर्थिक समृद्धितर्फको यात्रामा महत्वपूर्ण कोशेढुङ्गा सावित भएको उर्जा मन्त्री दिपक खड्काले बताए ।…

विद्युत उत्पादनको लक्ष्य पूरा गर्न सौर्य ऊर्जा उत्पादकको भूमिका महत्त्वपूर्ण
आर्थिक परिवेश

२० साउन, काठमाण्डौ ।    सरकारको लिएको विद्युत उत्पादनको लक्ष्य पूरा गर्न सौर्य ऊर्जा उत्पादकको भूमिका महत्त्वपूर्ण रहेकोमा त्यस क्षेत्रका सरोकार भएकाहरुले बताउनु भएको छ । नेपाल सौर्य ऊर्जा उत्पादक सङ्घको काठमाण्डौमा आयोजित २५औँ रजत जयन्ती समारोह उद्घाटन गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सरकारले सन् २०३५ सम्ममा २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य पूरा गर्न सौर्य ऊर्जा उत्पादकको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । सरकारले जलविद्युत पुरयाउन नसकेको ठाउँमा सौर्य विद्युत् उत्पादनमार्फत सङ्घले भूमिका निर्वाह गरेको मन्त्री खड्काले उल्लेख गर्नुभयो । ऊर्जामन्त्री खड्काले सरकारले सौर्य ऊर्जा क्षेत्रका लगानीकर्तालाई प्रोत्साहन गर्ने उद्देश्यले सौर्य विद्युत् खरिद दर पुनरावलोकन, प्रसारण…

आयातित वस्तुमा नेपाल गुणस्तर अनिवार्य गरिने
आर्थिक परिवेश

१८ साउन काठमाडाै  ।   उप प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी बीच चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रम कार्यान्वयनसम्बन्धी बैठक सम्पन्न भएको छ । आइतबार अर्थ मन्त्रालयमा सम्पन्न भएको उक्त बैठकमा विदेशबाट आयात हुने सामग्रीहरूमा ‘नेपाल गुणस्तर’ (Nepal Standards) अनिवार्य गर्ने र औद्योगिक लिज जग्गाको भाडा शुल्क घटाउने विषयमा छलफल भएको उद्योग मन्त्रालयले जनाएको छ । पहिलो चरणमा केही निश्चित वस्तुहरूमा मात्र गुणस्तर प्रमाणिकरण लागू गर्ने र क्रमशः सबै आयातित वस्तुहरूमा अनिवार्यरूपमा नेपाल गुणस्तर लागू गर्ने निर्णय भएको छ । यस निर्णयबाट बजारमा गुणस्तरीय वस्तुको पहुँच बढ्ने, उपभोक्ता संरक्षणमा टेवा पुग्ने र स्वदेशी…