देशभर एसइई परीक्षा आजदेखि शुरू
आर्थिक परिवेश१९ चैत, भक्तपुर। यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षा आजदेखि देशभर शुरू भएकाे छ । यस परीक्षााका लागि देशभर र विदेशमा समेत गरी एक हजार ९६६ परीक्षा केन्द्रमा शान्तिपूर्ण रुपमा सुरु भएको छ । आज पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षामा विद्यार्थी सामेल भएका छन् । याे परीक्षा यही चैत २९ गतेसम्म सञ्चालन हुनेछ । प परीक्षामा पाँच लाख १२ हजार ४२१ जना सहभागी भएका छन् । जापानको एक परीक्षा केन्द्रमा २३ जना सहभागी भएका छन् । याे परीक्षामा नियमिततर्फ चार लाख ४१ हजार ५६६ जना र ग्रेडवृद्धितर्फ ७० हजार ८५५ जना सहभागी छन् । तीन घण्टाको परीक्षामा अतिरिक्त…
पेट्रोलियम पदार्थको मूल्य बुधवार मध्यरातदेखि लागू हुने गरी वृद्धि
आर्थिक परिवेश११ चैत, काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बुधवार मध्यरातदेखि लागू हुने गरी वृद्धि गरेको छ । पछिल्लो पटक मूल्य वृद्धि गरेको ११ दिन नबित्दै निगमले आज मध्यरातदेखि लागू हुने गरी डिजेल मट्टितेल र पेट्रोलको मूल्यमा प्रतिलिटर १५ रुपैयाँ वृद्धि गरेको छ । यसअघि निगमले यही चैत १ गते पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको थियो । निगमले पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १८४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १८६ रुपैयाँ र तेस्रो वर्गमा १८७ रुपैयाँ तथा डिजेल मट्टितेलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १६४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १६६ रुपैयाँ र तेस्रो वर्गमा १६७ रुपैयाँ तोकेको छ…
सोह्रौँ योजना कार्यान्वयन गर्न १११ खर्ब ८४ अर्ब २३ करोड लगानी आवश्यक
आर्थिक परिवेश१० चैत, काठमाडौँ । राष्ट्रिय योजना आयोगले सोह्रौँ योजना कार्यान्वयन कार्ययोजना मंगलवार सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०८१/८२–२०८५/८६ सम्मको सोह्रौँ योजनामा उल्लेखित रणनीति, नीति र कार्यक्रमलाई स्पष्ट जिम्मेवारी, समयसीमा र नतिजासँग जोड्दै कार्यान्वयनलाई नतिजामुखी बनाउने उद्देश्यसहित योजना आयोगले कार्यान्वयन कार्ययोजना कायाृन्वयनमा ल्याउन लागेको हो । सरकारले मुलुकको दीर्घकालीन विकास लक्ष्यलाई कार्यान्वयन तहमा रूपान्तरण गर्ने उद्देश्यसहित गत फागुन १२ गतेको मन्त्रिपरिषद् बैठकले सोह्रौँ योजना कार्यान्वयन कार्ययोजना स्वीकृत गरेको थियो । कार्यान्वयन कार्ययोजनामा आर्थिक, सामाजिक, भौतिक पूर्वाधार, सुशासन, समृद्धि र न्यायजस्ता मुख्य क्षेत्रहरूलाई आधार मानेर प्रत्येक क्षेत्रमा रूपान्तरणकारी रणनीति, लक्ष्य, सूचक र विद्यमान अवस्थाको विश्लेषण समेटिएको छ । त्यस्तै, प्रत्येक विषयगत…
युनाइटेड मोदीले ७ प्रतिशत बोनस शेयर दिने
आर्थिक परिवेश१० फागुन, काठमाण्डौ । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांशको घोषणा गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.३६८ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । फागुन ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । विद्युत नियमन आयोगबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लगानीकर्ताहरुले लाभांश प्राप्त गर्ने छन् ।
इ–कमर्सलाई व्यवस्थित र पारदर्शी बनाउन निर्देशिका जारी
आर्थिक परिवेश०७ फागुन, काठमाण्डौं । विद्युतीय व्यापार (इ–कमर्स) क्षेत्रलाई व्यवस्थित, पारदर्शी र उपभोक्तामैत्री बनाउन विद्युतीय व्यापार (इ–कमर्स) निर्देशिका २०८२’ जारी गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ‘विद्युतीय व्यापार (इ–कमर्स) ऐन, २०८१’ मा गरिएको व्यवस्था बमोजिम उक्त निर्देशिका जारी गरेको हो । नेपालमा पछिल्लो समय तीव्र रुपमा विस्तार भइरहेको अनलाइन (डिजिटल कारोबार) कारोबारलाई थप व्यवस्थित बनाउन इ–कमर्स निर्देशिका बनाएको मन्त्रालयले जनाएको छ । उद्योग मन्त्रालयले इ–कमर्स निर्देशिकाले नेपालको डिजिटल अर्थतन्त्रलाई औपचारिक, सुरक्षित र प्रतिस्पर्धी बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको छ । निर्देशिकाको उचित कार्यान्वयनले उपभोक्ताको विश्वास जित्ने तथा समग्र इ–कमर्स इकोसिस्टमलाई बलियो बनाउने अपेक्षा सरकारको छ । सरकारले…