
नेपाली फूलको प्रयोग र उत्पादनलाई प्रवद्र्धन गर्न काठमाडौँ महानगरपालिकाले सहजीकरण गर्ने
आर्थिक परिवेश२५ कार्तिक, काठमाडौं । तिहारका अवसरमा नेपाली फूलको प्रयोग र उत्पादनलाई प्रवद्र्धन गर्न काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रभित्रका चार स्थानमा बिक्रीवितरणका लागि सहजीकरण गर्ने भएको छ । दिपावलीमा घरघरमा नेपाली फूलको प्रयोग गरी स्वदेशी उत्पादनलाई प्रवद्र्धन र किसानलाई प्रोत्साहन गर्न महानगरपालिका भित्रका चार स्थानमा बिक्रीवितरणको व्यवस्था मिलाइएको महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले जानकारी दिनुभयो । नेपाली फूल सयपत्री, मखमली र गोदावरीलाई सहज र सुलभ मूल्यमा उपभोक्तासमक्ष पु¥याउन भृकुटीमण्डप, तीनकुने, बालाजुस्थित भ्याली कोल्डस्टोर र हाँडीगाउँ कृष्णमन्दिर नजिक बिक्रीस्थल तोकिएको उहाँले बताउनुभयो । महानगरपालिका प्रमुख बालेन्द्र साहले नेपाली फूल उत्पादनलाई प्रोत्साहन गर्न दीपावलीमा प्रत्येक घरमा नेपाली फूल प्रयोग हुनुपर्छ भन्ने निर्देशनअनुरुप महानगरपालिकाले…

१०६१ मेगावाटको माथिल्लो अरुण निर्माण अगाडि बढाउने प्रतिबद्धता
आर्थिक परिवेश१७ कात्तिक,काठमाडौं । संखुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने १ हजार ६१ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजनाको निर्माण अगाडि बढाउन उच्चतहको प्रतिबद्धता जनाइएको छ । अर्थमन्त्री डा.प्रकाशशरण महत, ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री शक्ति बहादुर बस्नेत, सङ्खुवासभाका संघीय सांसद दिपक कार्की, ऊर्जा सचिव दिनेशकुमार घिमिरे, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र आयोजनामा लगानीका लागि अन्तर्राष्ट्रिय संस्थाको सहवित्तीयकरणको नेतृत्व गरिरहेको विश्व बैंककी प्रबन्ध–निर्देशक आना वियर्डे एशियाली विकास बैंक (एडिबी)का महानिर्देशक रमेश सब्रमण्यमसहितको टोलीले शुक्रबार आयोजनास्थलको निरीक्षण भ्रमण गरेको थियो । भोटखोला गाउँपालिका–४ छोग्राङमा आयोजना गरिएको कार्यक्रममा अर्थ मन्त्री महतले माथिल्लो अरुण जलविद्युत आयोजना देखिने गरी कार्यान्वयनको चरणमा पुग्न लागेको बताउनुभयो…

सरकारी लगानीकाे हेटौँडा सिमेन्ट उद्याेग काेइला किन्न नसकेर बन्द
आर्थिक परिवेश१३ कार्तिक, मकवानपुर । सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगबाट सिमेन्ट उत्पादन आजबाट बन्द भएको छ । वर्षौंदेखि घाटा व्यहोर्दै आएको उद्योग सञ्चालनका लागि आवश्यक कोइला अभावमा आजबाट उत्पादन बन्द भएको हो । आर्थिक सङ्कटका कारण कोइला खरिद गर्न नसक्दा उत्पादन बन्द गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको उद्योगका महाप्रबन्धक वसन्तराज पाण्डेले जानकारी दिनुभयो । उद्योगलाई मासिक ३ हजार ६ सय मेट्रिक टन गुणस्तरीय कोइला आवश्यक पर्ने भएता पति आर्थिक सङ्कटका कारण बाह्य मुलुकबाट पर्याप्त कोइला खरिद गर्न नसकिएका कारण पटक–पटक उत्पादन बन्द गर्नुपरेको महाप्रबन्धक पाण्डेले बताउनुभयो । उहाँले उद्योगको अवस्थाबारे संघीय सरकारका उद्योग तथा आपूर्ति मन्त्री तथा सचिव समेतलाई जानकारी गराइएको बताउनुभयो…

जलवायु परिवर्तनका असर घटाउन अन्तर्राष्ट्रिय समुदायको साथ र सहयोगकाे अपेक्षा :ऊर्जा मन्त्री बस्नेत
आर्थिक परिवेश०३ कार्तिक, काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपालको ऊर्जा क्षेत्रको दिगो विकासका लागि सरकारले योजनाबद्ध प्रयास अगाडि बढाएको बताउनुभएको छ । एसिया–प्रशान्त क्षेत्रको तेस्रो इनर्जी फोरमलाई आज थाइल्याण्डको राजधानी बैङ्ककमा सम्बोधन गर्दै मन्त्री बस्नेतले आगामी १२ वर्षभित्र थप २८ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्यका साथ नेपाल सरकारले दीर्घकालीन नीति तर्जुमा गरेको बताउनुभयो । हाल प्रणालीमा दुई हजार आठ सय मेगावाट बराबरको बिजुली जोडिएको जानकारी दिँदै मन्त्री बस्नेतले नेपालमा नदी प्रवाह, अर्ध जलाशय र जलाशयमा आधारित विद्युत् आयोजनाको अधिक सम्भाव्यता रहेको तथा सौर्य ऊर्जाको पनि उत्तिकै सम्भाव्यता रहेको जानकारी दिनुभएको मन्त्री बस्नेतको सचिवालयले जनाएको छ । नेपालको…

१३२ केभी प्रसारण लाइनको तार फेर्न अवरोध,वीरगञ्ज क्षेत्रमा लोडसेडिङ गर्नु पर्ने हुन्छ : कुलमान घिसिङ
आर्थिक परिवेश२७ असोज, काठमाडौं । सर्लाहीको लालबन्दी क्षेत्रका बासिन्दाले १३२ केभी डबल सर्किट प्रसारण लाइनको स्तरोन्नति (तार फेर्ने) कार्यमा अवरोध गरेका छन् । करिब ४१ वर्ष अघि निर्माण गरिएको प्रसारण लाइनको मार्गधिकारमा पर्ने जग्गाको मुआब्जा तथा क्षतिपूर्ति पाउनु पर्ने, उक्त जग्गालाई बैंक तथा वित्तीय संस्थामा धितो राखी ऋण लिन पाउनु पर्नेलगायतका माग राखी स्थानीयले लाइनको तार (कन्डक्टर) फेर्ने कार्यमा अवरोध गर्दै आएका छन् । स्थानीयको अवरोधका कारण गत १९ असोजबाट काम ठप्प छ । नेपाल विद्युत प्राधिकरणले पूर्व–पश्चिम १३२ केभी डबल सर्किट प्रसारण लाइनको क्षमताबृद्धि गरी विद्युत् प्रवाह बढाउन मकवानपुरको हेटौंडादेखि धनुषाको ढल्केबर सबस्टेसनसम्मको करिब १३६ किलोमिटर खण्डमा पर्ने कम…