नेपालबाट  ७८ करोड रूपैया बराबरको सिमेन्ट निर्यात
आर्थिक परिवेश

९ साउन,काठमाडौं।  गत आर्थिक वर्ष २०७९/८० मा नेपालबाट  ७८ करोड रूपैया बराबरको सिमेन्ट निर्यात भएको छ । भन्सार विभागका अनुसार गत आवमा तीन सिमेन्ट उद्योगले  ७७ करोड ९३ लाख ६ हजार रूपैया बराबरका १० लाख चार हजार २३ टन सिमेन्ट निर्यात भएको छ । विभागका अनुसार गत आवमा  ३५ करोड ८९ लाख ५१ हजार रूपैया बराबरको छ लाख सात हजार ७३ मेट्रिक टन सिमेन्ट र  ४२ करोड तीन लाख ५५ हजार रूपैया बराबरका तीन लाख ९६ हजार ९५० मेट्रिक टन क्लिङ्कर निर्यात भएको छ । हाल पाल्पा, अर्घाखाँची र बालाजी गरी तीन सिमेन्ट उद्योगले भारतमा सिमेन्ट निर्यात गरिरहेका छन् ।…

बुढीगण्डकी जलविद्युत आयोजना निर्माण अघि बढछ : प्नधानमन्त्री दाहाल
आर्थिक परिवेश

३ साउन,गोरखा ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुढीगण्डकी जलविद्युत आयोजना ‘रेडी टु गो’  आयोजना भएको बताउनुभयो । गोरखाको सिउरेनीटारमा बुधवार बुढीगण्डकी जलविद्युत कम्पनी लिमिटेडको फिल्ड कार्यालय उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री दाहालले सो कुरा बताउनुभएको हो । हिउँद र वर्षातको समयमा हुने विद्युत् असन्तुलनलाई बुढीगण्डकी जलविद्युत आयोजनाले समाधान गर्ने प्रधानमन्त्री दाहालले बताउनुभयो । साे आयोजनामा मुआब्जा वितरण कार्य सकिएर डिपिआर भैसकेको र अध्ययन प्रतिवेदन समेत प्राप्त भएकाले कुनै पनि तर्क र बहानामा आयोजनामा ढिलाइ गर्न नहुने प्रधानमन्त्री दाहालले बताउनुभयो । बुढी गण्डकी जलविद्युत आयोजनामा सरकारको ४३ अर्ब लगानी भैसकेको प्रधानमन्त्री दाहालले बताउनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, “गोरखा र धादिङका जनताले पचासौँ  हजार रोपनी…

रासायनिक मल कारखाना स्थापनाकाे अध्ययन गर्ने जिम्मा जर्मन कम्पनीलाई
आर्थिक परिवेश

२८ असार, काठमाडौं।  नेपालमा रासायनिक मल कारखाना स्थापना गर्ने विषयमा विस्तृत सम्भाव्यता अध्ययन गर्ने जिम्मा जर्मनी कम्पनी डायग इन्ड्रष्ट्रिज जीएमबीएचले पाएको छ।   बिहीबार लगानी बोर्ड, नेपाल र जर्मनी कम्पनीबीच विस्तृत सम्भाव्यता अध्ययन सम्बन्धी  समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र  कम्पनीका प्रबन्ध निर्देशक बेन्जामिन बेकरले हस्ताक्षर गर्नु भयाे । सार्वजनिक-निजी साझेदारी तथा लगानी नियमावली, २०७७ को व्यवस्था अनुसार जर्मनी कम्पनीले अध्ययनको जिम्मा पाएको हो। कम्पनीले गरेको प्रस्तावका आधारमा लगानी बोर्डको २०७८ चैत्र १७ गते बसेको ५० औं बैठकले अध्ययन अनुमतिपत्र प्रदान गर्ने निर्णय गरेको थियो। प्रस्तावकसँग गरिने समझदारीपत्र को मस्यौदा २०७९…

व्यवसायीहरुको मनोबल बढे मात्र देशमा लगानीको वातावरण बन्छ : अध्यक्ष ढकाल
आर्थिक परिवेश

२३ असार, काठमाडौं ।  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न सरकारको ध्यानाकर्षण गराएको बताउनुभएको छ । व्यवसायीहरुको मनोबल बढाउने काम गर्न सरकारले ध्यान दिनु पर्छ भन्नुहूदै अध्यक्ष ढकालले उद्योगी तथा व्यवसायीहरुको मनोबल बढेमा मात्र देशमा लगानीको वातावरण बन्न नसक्ने बताउनुभयो । नवलपरासी उद्योग वाणिज्य संघको पन्ध्रौं पद हस्तान्तरण तथा अतिथिगृह उद्घाटन समारोहलाई शनिवार परासीमा सम्बोधन गर्दै महासंघका अध्यक्ष ढकालले अध्यक्ष ढकालले आगामी मौद्रिक नीतिपछि व्याजदर घट्ने र थलिएको अर्थतन्त्र पुन चलायमान हुने विश्वास समेत व्यक्त गर्नुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवं निवर्तमान जिल्ला अध्यक्ष केशव भण्डारीले नवलपरासीलाई ओैद्योगिक…

नेपालको पहाडी क्षेत्रको पानी हङकङ र मकाउ निर्यात शुरु
आर्थिक परिवेश

२३ असार, काठमाडौं ।   निर्यातकाे संभावना  रहेकाे नेपालकाे पहाडी क्षेत्रमा उत्पादित बोतलबन्द पानी हङकङ र मकाउ निर्यात गर्न सुरु गरिएको छ । गुणस्तर परीक्षणका लागि हवाईमार्गबाट पठाइएको पानीको नमूना स्वीकृति भएपछि कम्पनीले गत जेठदेखि निर्यात सुरु गरेको वेभ नेपाल प्रालिका सञ्चालक विकास खत्रीले बताउनुभयो । हङकङको नियमअनुसार पानीको मापदण्ड पूरा गरी हङकङको एसएल ट्रेडिङ कम्पनीमार्फत कम्पनीले पानी हङकङ निर्यात सुरु गरिएको हो । हाल हङकङमा पानीको औसतमा मूल्य प्रतिबोतल ९० देखि एक सय रुपैया पर्छ । नेपालबाट निर्यात हुने तुलनात्मकरुपमा पानी सस्तो पर्ने भएकाले हङकङमा नेपाली कम्पनीले प्रतिस्पर्धा गर्नसक्ने विश्वास उत्पादक कम्पनीले लिएको छ । यद्यपि पानीको प्रोसेसिङदेखि निर्यातसम्मको खर्च…