चार महिनामा नेपालकाे व्यापार घाटा चार खर्ब ६१ अर्ब ९४ करोड
आर्थिक परिवेश०८ मंसिर, काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो चौमासिक अवधि सम्ममा मुलुकको व्यापार घाटा साढे चार खर्ब नाघेको छ । भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापार सम्बन्धी कात्तिक मसान्तसम्मको तथ्याङ्क अनुसार यस अवधिमा नेपालले कूल चार खर्ब ६१ अर्ब ९३ करोड ८० लाख ९३ हजार रूपैया बराबरको व्यापार घाटा व्यहोरेको छ । भन्सार विभागका अनुसार गत आर्थिक मसान्तसम्ममा कूल पाँच खर्ब ६३ अर्ब छ करोड ८८ लाख ५४ हजार रूपैया बराबरको वैदेशिक व्यापार गरेकाे छ । यस अवधीमा नेपालले पाँच खर्ब १२ अर्ब ५० करोड ३४ लाख रूपैया बराबरको आयात गरेको छ भने ५० अर्ब ५६ करोड ५३…
सर्वाधिक कर तिर्ने १६ कम्पनी र व्यक्तिलाई सम्मान गर्दै कर सप्ताह सम्पन्न
आर्थिक परिवेश७ मंसिर, काठमाडौं । सरकारले राष्ट्रिय कर दिवसको अवसरमा सर्वाधिक कर तिर्ने करदातालाई सम्मान गरेको छ । गत आर्थिक वर्ष २०७९÷८०मा विभिन्न १६ विधामा सर्वाधिक कर तिर्ने कम्पनी तथा व्यक्रिलाई अर्थमन्त्री डा.प्रकाशशरण महतले बिहीबार काठमाण्डौमा आयोजित कार्यक्रमका बीच सम्मान गर्नु भएको छ । आन्तरिक राजस्व विभागले आयोजना गरेको राष्ट्रिय कर दिवस २०८० को समापनका अवसरमा करदातालाई सम्मान प्रदान गरिएको हो । आन्तरिक राजस्व विभागले हरेक वर्ष उत्कृष्ट करदातालाई सम्मान गर्दै आएको छ । सम्मान कार्यक्रममा अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या क्रमशः समाधान हुँदै गइरहेको बताउनु भयो । उहाँले अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि जिम्मेवार निकायको उपस्थितिमा सर्वपक्षीय…
चार महिनामा सवा अर्बको सिमेन्ट र क्लिकंर निकासी,नगद अनुदानले बढ्याे सिमेन्टको व्यापार
आर्थिक परिवेश०७ मंसिर,काठमाडौं। चालु आर्थिक वर्षको चार महिनामा नेपालबाट १ अर्ब १३ करोड रूपैया बराबरको ८ लाख टन सिमेन्ट र क्लिंकर भारत निर्यात भएको छ। भन्सार विभागले बिहीबार प्रकाशन गरेको तथ्यांक अनुसार नेपालबाट ८ लाख टन सिमेन्ट र क्लिंकर भारत निर्यात भएकाे उल्लेख छ । नेपालले २०७९ साउनदेखि सिमेन्ट निर्यात थालेको थियो। गत आर्थिक वर्षमा ७७ करोड ९३ लाखको भारत पठाएकोमा चालु वर्षको चार महिनामै एक अर्ब १३ करोडको निर्यात गरेको छ। केही वर्षअघिसम्म नेपाल सिमेन्ट र क्लिंकरमा परनिर्भरताकाे अवस्थामा थियो। विभागका अनुसार चार महिनामा ५८ करोड ५७ लाख बराबरको १ लाख ७४ हजार टन क्लिंकर र ५४ करोड ४९ लाख…
दोधारा चाँदनीमा सुख्खा बन्दरगाह निर्माण गर्न परियोजना प्रतिवेदन (डिपिआर) तयार
आर्थिक परिवेश०६ मंंसिर, कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनीमा प्रस्तावित सुख्खा बन्दरगाह निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ । नेपाल इन्टर मोडल यातायात विकास समितिका इञ्जिनीयर अनिश केसीले भारत सरकारले सुख्खा बन्दरगाह निर्माणका लागि डिपिआर तयार गरेर पठाएको जानकारी दिनुभयो । उहाँका अनुसार सुख्खा बन्दरगाह निमार्णका लागि पाँच अर्ब ७५ करोड लागत अनुमान गरिएको छ । सुख्खा बन्दरगाह भारतको पूर्णलगानीमा बन्ने उहाँले बताउनुभयो । “सुख्खा बन्दरगाह निर्माण गर्न भारतले डिपिआर तयार गरेर पठाएको हो ।” डिपिआरमा सन् २०२४ देखि सुरु भई सन् २०२६ सम्म निर्माण सक्ने उल्लेख गरिएको छ । बन्दरगाह निमार्णका लागि दोधारा चाँदनी नगरपालिकास्थित मायापुरी र गौरीशङ्कर…
भाई मसला तथा अन्य फलफूल गरी झण्डै २ अर्ब बराबरको फलफूल भित्रियाे
आर्थिक परिवेश२८ कार्तिक , वीरगंज । तिहारलाई लक्षित गरी मुलुकको प्रमुख भन्सार नाका वीरगंज भन्सार कार्यालय आईसिपीबाट सुख्खा फलफूल, ड्राई फ्रुट्स, भाई मसला तथा अन्य फलफूल गरी झण्डै २ अर्ब बराबरको फलफूल भित्रिएको छ । एकिकृत सुरक्षा जाँच चौकी आईसिपी तथा वीरगंज भन्सार कार्यालयले दिएको तथ्याङ्क अनुसार तिहारलाई लक्षित गर्दै यस नाकाबाट झण्डै ९५ करोड ५० लाख रुपैयाँ बराबरका ‘ड्राई फ्रुट्स’ आयात भएको छ । यस अवधीमा केरा, स्याउ, अनार लगायतका फलफूलहरू झण्डै ९० करोड भन्दा बढीको भित्रिएको छ । नेपालमा तिहारका बेला सबैभन्दा धेरै ‘ड्राई फ्रुट्स’ खपत हुने गरेको र भाइटिकामा दिदी–बहिनीले दाजुभाइलाई टीका लगाएर सगुनका रूपमा दिने भएकाले…