प्रधानमन्त्रीबाट मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकन भ्रमण
आर्थिक परिवेश०३ असार,मेलम्ची,सिन्धुपाल्चाेक । प्रधानमन्त्री पुष्पकमल दाहालले मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकन भ्रमण गर्नुभएको छ । हेलम्बु गाउँपालिका वडा नम्बर १ अम्बाथानमा रहेको मेलम्ची खानेपानी आयोजनाको मुहानमा पुग्नुभई मेलम्ची आयोजनाको स्थलगत निरीक्षण गर्दै आयोजनाका कर्मचारीहरुसँग जानकारी लिनुभएको हो । निरीक्षण भ्रमणका क्रममा मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले आयोजनाबारे व्याख्या गर्नुभएको थियो । सोक्रममा उहाँले आयोजनाले भोग्नु परेका समस्या र बाँकी काम बारे जानकारी गराउनु भएको थियो । साथै, मेलम्चीमा आएको बाढीले आसपासका ४०० घरपरिवार नष्ट भएको र ती क्षेत्रका जनताको भोग्गु परिरहेको समस्याका बारेमा अभिरुचिपूर्वक चासो लिनु भएको थियो । प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, `कहाँ के गर्नुपर्छ भन्ने एउटा…
विद्यालयमा अनुपस्थित हुने शिक्षक र कर्मचारी पदमुक्त गर्छौं : महानगर प्रमुख बालेन साह
आर्थिक परिवेश०२असार,काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले महानगरभित्रका सबै विद्यालयमा नियमित कक्षा सञ्चालन गर्न निर्देशन दिँदै अनुपस्थित शिक्षक र कर्मचारीलाई पदमुक्त गर्ने बताउनुभएको छ । प्रमुख शाहले विद्यालयमा नियमित कक्षा सञ्चालन गर्न बाधा पुर्याउने संस्था तथा कर्मचारीलाई कारबाही गर्ने चेतावनी दिनुभयो । उहाँले भन्नुभएको छ, ‘अनुपस्थित भएमा काठमाडौं महानगरपालिका शिक्षा ऐनको दफा ४१ (क) बमोजिम शिक्षक वा कर्मचारीलाई पदबाट हटाइनेछ ।’ प्रमुख शाहले विद्यालय व्यवस्थापन समितिबाट नियमित कक्षा सञ्चालनका निम्ति पहल नभएमा एवं नियमित कक्षा सञ्चालनमा कुनै बाधा पुर्याउने काम भएमा समिति विघटन गर्ने बताउनुभयो । यस्तै कुनै संस्थाले बल प्रयोग गरी बन्द गरेका खण्डमा नेपाल प्रहरीसँग समन्वय गरी नियन्त्रणमा…
आन्तरिक उत्पादन बढाएर आत्मनिर्भर हुन आलु प्याजमा कर लगाइयाे : अर्थमन्त्री
आर्थिक परिवेश२९ जेठ, काठमाडौं । किसानहरुको संरक्षण गर्न, उत्पादन बढाएर कृषिमा आत्मनिर्भर बनाउन आलु, प्याज, स्याउ जस्ता कृषिजन्य वस्तुमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाइएको अर्थमन्त्री डा. प्रकाश शरण महतले बताउनुभएको छ। सोमबार संसदमा बजेटका बारेमा सांसदहरूले उठाउनु भएका प्रश्नहरूको जवाफ दिंदै अर्थमन्त्री महतले स्वदेश भित्रका साना किसान संरक्षित हुने र आयात निरुत्साहित गर्न कर लगाएकाे बताउनुभयो । अर्थमन्त्री महतले , ‘सँधै आयात गरेर देश आत्मनिर्भर कहिले बन्ने ? आयात भेरै भयो भन्ने गुनासो सबैको छ । त्यसलाई कम गर्न आन्तरिक उत्पादन बढाउनुपर्छ भन्नु भयाे । आन्तरिक उत्पादन बढाउन आयातित वस्तुमा कर लगाउनुपर्छ । आन्तरिक उत्पादनलाई बढाउने कर पनि एउटा उपाय हो…
सरकारको कामबाट भ्रष्टहरू अत्तालिएका छन् : प्रधानमन्त्री
आर्थिक परिवेश२७ जेठ,काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकारले देश र जनताको हितमा एकपछि अर्को काम गर्न थालेपछि भ्रष्टहरू अत्तालिन थालेको बताउनु भएको छ। शनिबार दिउँसो नुवाकोटको लाँकुरी भञ्ज्याङमा पञ्चकन्या गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन गर्दै प्रधानमन्त्रीले वर्तमान सरकारले देश र जनताको हितलाई केन्द्रमा राखेर काम गरेपछि भ्रष्टहरू अत्तालिएको र विरोधका लागि विरोधको राजनीति गरेको बताउनुभएको हो। ‘‘सिंहदरबारलाई जनताको घरदैलोमा ल्याउन हामीले ठूलो संघर्ष गरयौँ। त्यसको बलमा मात्र सिंहदरबार गाउँघरमा आएको हो, यसले स्थानीय क्षेत्रको विकास र जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याएको छ’’ प्रधानमन्त्रीले भन्नुभयो, ‘‘तर एउटा वर्गलाई यो कुरा मन परेको छैन। यसलाई फेरि फर्काएर सिंहदरबारमा के गरी लैजाने होला भन्नेहरू…
३८ वटा सफ्टवेयर र आइटीमा काम गर्ने कम्पनी आबद्ध, सरकारसंग मिलेर काम गर्ने
आर्थिक परिवेश२६ जेठ, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तुत गरेको बजेटले नेपालको सूचना प्रविधि उद्योगमा सकारात्मक अवसर सृजना भएको प्रतिक्रिया सूचना प्रविधि क्षेत्रका कम्पनीहरू दिएका छन्। नेपाल एशोसिएशन फर सफ्टवेयर र आइटी सर्भिसेस कम्पनिज (एनएएस-आइटी) ले सरकारप्रति आभार प्रकट गर्दै आगामी दिनमा पनि आइटी क्षेत्रको विकासका लागि निरन्तर सहयोगको अपेक्षा गर्ने बताएको छ। एनएएस-आइटी नेपाल सफ्टवेयर र आइटी कम्पनीहरूको विकास र प्रवर्द्धनका लागि यसै वर्ष मार्चमा स्थापना भएको संस्था हो। यसमा ३८ वटा सफ्टवेयर र आइटीमा काम गर्ने कम्पनी आबद्ध छन्। आगामी बजेटमा एनएएस-आइटीले नेपालको आइटी क्षेत्रको विकासका लागि बजेट अगाडि सुझाएको सबै बुँदाहरू समेटिएको एनएएस-आइटीका अध्यक्ष तथा…