किसानले उत्पादनको मूल्य नपाउने साझा समस्या समाधान हुनुपर्नेमा सम्मेलनकाे जाेड
आर्थिक परिवेश

 ११ चैत्र,काठमाडौँ ।    दक्षिण एसियाली क्षेत्रका किसानले उत्पादनको मूल्य नपाउने साझा समस्या भोगिरहेका भन्दै यसको समाधान हुनुपर्नेमा जोड दिइएको छ । दक्षिण एसियाली किसान महासङ्घले हालै काठमाडौँमा आयोजना गरेको सम्मेलनका घोषणापत्र सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा किसानले उत्पादनको मूल्य नपाउँदा बैङ्कबाट लिएको कर्जा तिर्न नसकी पेसाबाटै पलायन हुने अवस्था आएको बताइयो । हालको कृषि प्रणालीले माटोको स्वास्थ्य र जलवायु परिवर्तनमा असर गरेकाले यसलाई फेर्नुपर्ने जोड दिइएको महासङ्घका अध्यक्ष डा प्रेम दङ्गालले जानकारी दिनुभयो । रासायनिकबाट प्राङ्गारिक खेतीमा जानुपर्ने, किसानको शिक्षा, स्वास्थ्यलगायत सामाजिक सुरक्षा सुनिश्चित गरिनुपर्नेमा पनि आठै देशका किसान प्रतिनिधिले जोड दिएका त्यस अवसरमा जानकारी दिइयो । दक्षिण…

दक्षिण एसियाली मुलुकका किसानहरू  काठमाडाैंमा जुटे
आर्थिक परिवेश

 ०७ चैत्र, काठमाडौँ ।  दक्षिण एसियाली मुलुकका किसानहरूकाे  सम्मेलन काठमाडाैमा बिहिवारबाट शुरू भएकाे छ   । दक्षिण एसियाका विभिन्न देशका २५ बढी किसान सङ्गठनका प्रतिनिधहरूकाे सहभागितामा शुरू भएकाे  दुइ दिने सम्मेलनकाे बिहिवार उद्घाटन गर्दै   प्रधानमन्त्री केपी शर्मा ओलीले खाद्यान्न आयात गर्नुपर्ने अवस्थाको अन्त्यका  निम्ति कृषिको आधुनिकीकरण अपरिहार्य भएको बताउनु भयाे  । प्रधानमन्त्री ओलीले ६० प्रतिशत जनता कृषिमा संलग्न भए पनि परम्परागत कृषिका कारण खाद्यान्नमा आत्मनिर्भर र निर्यात गर्न सक्ने अवस्था निर्माण  हुन नसकेको बताउनु भयो । उहाँले युवालाई विदेश पलायन हुन रोकेर  साना तथा घरेलु उद्योगमार्फत आधुनिक कृषिको विकासबाट मुलुकलाई आत्मनिर्भर बनाउनु पर्छ भन्नुभयो । दुई दिने सम्मेलनमा दक्षिण एसियाली किसानका …

बचतकर्ताको रकम शीघ्र फिर्ता गर्न र अपचलन गर्ने सञ्चालकलाई कारबाही गर्न माग
आर्थिक परिवेश

२२ फाल्गुन,काठमाडौँ ।    सहकारी बचतकर्तासँग सम्बन्धित विभिन्न नौ वटा सङ्घसस्थाले बचतकर्ताको रकम यथाशीघ्र फिर्ता गर्नुपर्ने माग गरेका छन् । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासङ्घ), लघुवित्त तथा वित्तीय शोषणविरुद्धको सङ्घर्ष समिति, सत्य र न्यायको खोजी अभियानलगायत सङ्घसंस्थाहरूले बिहिवार काठमाडाैमा संयुक्त पत्रकार सम्मेलन गरी बचतकर्ताको रकम यथाशीघ्र फिर्ता गरी रकम अपचलन गर्ने सञ्चालकलाई कानुन बमोजिम कारबाही गर्नुपर्ने माग गरेका हुन् । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान(महासङ्घ)का अध्यक्ष कुशलभ केसीले वर्षौँसम्म वित्तीय शोषण गर्ने सहकारी संस्थालाई कारबाही गर्दै पीडित सर्वसाधारणलाई न्याय दिने विषयमा सरकारले ढिला गर्न नहुने धारणा राख्नुभयो । लघुवित्त तथा वित्तीय शोषण विरुद्धको सङ्घर्ष समितिका अध्यक्ष मनिराम ज्ञवालीले पीडित…

गाेरखाकाे उत्तरी क्षेत्रमा विगत तीन दिनदेखि भारी हिमपात
आर्थिक परिवेश

  ०५ फागुन, गोरखा ।   उत्तरी गोरखाको सामागाउँलगायतका क्षेत्रमा विगत तीन दिनदेखि भारी हिमपात भएको छ । जिल्लाको चुमनुब्री गाउँपालिकाको ल्हो, सामागाउँ, विही, चुम्चेत, छेकम्पबार र आसपासका क्षेत्रमा हिमपात भएको हो । चुमनुब्री गाउँपालिका–१, स्थित सामागाउँ, साम्दो र वडा नम्बर २ मा पर्ने स्याल्ला र ल्हो क्षेत्रमा भारी हिमपात परेको साम्दोबाट निमा लामाले बताउनुभयो । हिमपातका कारण स्थानीयबासीलाई घरबाहिर निस्कन समस्या भएको छ । हिमपातका कारण चिसो अत्यधिक बढेकाले जनजीवन प्रभावित भएको छ । हिमपातका कारण लार्केपास जान लागेका पर्यटकहरू सामागाउँमा नै रोकिएका छन् । यो हिमपात आफूले थाहा पाएदेखि अहिलेसम्मकै धेरै समय र बाक्लो भएको लामाले बताउनुभयो । हिमपातले…

कृषि वैज्ञानिकको विदेश पलायन रोक्नुपर्छ  : कृषि मन्त्री
आर्थिक परिवेश

 ०४ फागुन, काठमाडौँ ।   कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले कृषि वैज्ञानिकको विदेश पलायन रोक्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय कृषि प्राविधिक कार्य समूह बैठकलाई आज यहाँ सम्बोधन गर्दै मन्त्री अधिकारीले कृषि अनुसन्धानमा काम गर्ने वैज्ञानिकको विदेश पलायन हुने अवस्था नरोकिएको बताउनुभयो । नेपालमै काम लाग्ने वैज्ञानिकलाई स्वदेशमै रहन सक्ने वातावरण बनाउन जरुरी रहेको उहाँको भनाइ थियो । वैज्ञानिक तथा कर्मचारीमा देखिएको विदेश पलायन रोक्न आफूले  सक्दो  प्रयास  गरिरहेको उल्लेख गर्दै मन्त्री अधिकारीले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)मा धेरै वर्षदेखि नसुल्झेका जटिलता सुल्झिँदै गएका र समस्या समाधान गर्न ध्यान दिएको बताउनुभयो । मन्त्री अधिकारीले समकक्षताको समस्या समाधान गर्न समिति गठन…