कृषि उत्पादनमा क्रान्ति नभएसम्म मुलुकको परिवर्तन सम्भव छैन : प्रधानमन्त्री
आर्थिक परिवेश

१० भदाै, काठमाडौं।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि उत्पादनमा क्रान्ति नभएसम्म मुलुकको परिवर्तन सम्भव नरहेको बताउनु भएको छ । पार्टी  केन्द्रीय कार्यालय पेरिस डाँडामा हरियाली प्राकृतिक कृषि अभियानले आयोजना गरेको केन्द्रीय कार्यशाला गोष्ठीको उद्घाटनमा प्रधानमन्त्री दाहालले कृषि उत्पादनमा देखिने गरी परिवर्तन गर्नुपर्ने बताउनुभयो । कार्यशाला गोष्ठीमा ३४ जिल्लाबाट प्रतिनिधित्व रहेको आयोजकले जनाएको छ । प्रधानमन्त्री दाहालले भन्नुभयो, “हरित अभियानको अर्थपूर्ण र दीर्घकालीन रणनीतिक महत्त्व छ । उत्पादनमा क्रान्तिकारी परिवर्तन नल्याएसम्म देशमा परिवर्तन सम्भव छैन । माओवादी केन्द्रको पछिल्लो केन्द्रीय समिति बैठकले कृषि क्षेत्रमा क्रान्ति ल्याउने अभियानका रूपमा यो अभियानलाई सुरु गरिएको हो ।” सो अवसरमा हरियाली प्राकृतिक कृषि अभियान चलाउन…

गण्डकी प्रदेशमा व्यावसायिक कृषि उत्पादनका लागि किसान चक्लाबन्दी खेतीतर्फ आकर्षित
आर्थिक परिवेश

०६भदाै, काठमाडाैं । सरकारले कृषिमा अनुदान र प्राेत्साहन का  विभिन्न  सुविधा दिएपछि गण्डकी प्रदेशका  किसानहरू व्यावसायिक कृषि उत्पादनका लागि चक्लाबन्दी खेतीतर्फ आकर्षित भएका छन् । गण्डकी प्रदेशका विभिन्न जिल्लाका ३० स्थानमा पाँच हजार चार सय ७७ रोपनी जग्गामा चक्लाबन्दी खेती सुरु गरिएको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले जनाएको छ । गत आवमा मात्र तनहुँ र नवलपुरमा गरी पाँच सय ३२ रोपनी जग्गालाई चक्लाबन्दी गरिएको मन्त्रालयको भूमि स्रोत नक्साङ्क महाशाखाका प्रमुख गङ्गालाल पोखरेलले बताउनुभयो । “लागत अनुमानका आधारमा चक्लाबन्दीका लागि ९० प्रतिशतसम्म अनुदान मन्त्रालयले दिन्छ, १० प्रतिशत लगानी किसान आफैले गर्नुपर्छ”, उहाँले भन्नुभयो, “चक्लाबन्दी खेतीका लागि ५० रोपनीभन्दा बढी जग्गा हुनुपर्छ…

इन्फोडेभलपर्स प्रा. लि र जिल्ला सहकारी संघ, काभ्रे बीच रणनीतिक साझेदारी
आर्थिक परिवेश

०५भदौ , काठमाडाैं ।  विगत २१ वर्षदेखि सहकारीलाई सफ्टवेयर लगायत सेवा सुविधा प्रदान गर्दै आइरहेको इन्फोडेभलपर्स प्रा. लि र जिल्ला सहकारी संघ, काभ्रे बीच रणनीतिक साझेदारी हुने भएको छ। सानेपास्थित इन्फोडेभलपर्सको कार्यालयमा इन्फोडेभलपर्सका तर्फबाट कर्मचारी निर्देशक प्रविन सुवेदी, राष्ट्रिय सहकारी महासंघका तर्फबाट महाप्रबन्धक चित्रा कुमारी थामसुहाङ्ग सुब्बा र काभ्रे जिल्ला सहकारी संघका तर्फबाट कोषाध्यक्ष राजन शाक्यले साझेदारी पत्रमा हस्ताक्षर गर्नु भएकाे छ । सहकारी क्षेत्रलाई प्रविधिमैत्री बनाउनका साथै स्वनियम र सुशासन कायम राख्न सहयोग पुर्याउँदै आएको उत्कृष्ट सफ्टवेयर कम्पनीसँग साझेदार हुन पाएकोमा संघका कोषाध्यक्ष राजन शाक्यले  खुशी लागेको बताए । यसैगरी राष्ट्रिय सहकारी महासंघका महाप्रबन्धक चित्रा कुमारी थामसुहाङ्ग सुब्बाले साझेदारले…

भदौ १ गते सम्ममा देशभर ९२ प्रतिशत मात्र रोपाइ सम्पन्न अझैपनि रोपाइ जारी
आर्थिक परिवेश

०४ भदौ, काठमाडौ । देशभर भदौ १ गतेसम्म ९२ प्रतिशत क्षेत्रफलमा धानको रोपाई सम्पन्न भएको छ । कृषि तथा पशुपंक्षि विकास मन्त्रालयले यस अवधीमा कर्णाली, सुदुरपश्चिम लुम्बिनी र गण्डकी कोशी प्रदेशमा क्रमश ९९,९९,९५र ९४ प्रतिशत क्षेत्रफलमा धान रोपाइ सम्पन्न भएको छ । त्यसै गरी यस अवधीमा बाग्मतीमा ९३ प्रतिशत र कोशी प्रदेशमा ९७ प्रतिशत क्षेत्रमा धान रोपाई सम्पन्न भएको छ भने मधेश प्रदेशमा सबै भन्दा कम ८२ प्रतिशत क्षेत्रफलमा मात्र र धान रोपाई सम्पन्न भएको छ । यस अवधीमा देशभरको १४ लाख ८८ हजार ४९ हेक्टर धान रोपाइ हुने क्षेत्रफल मध्ये १३ लाख ७५ हजार १ सय ३४ हेक्टर क्षेत्रफलमा…

कुल गार्हस्थ उत्पादनमा उद्योग क्षेत्रको योगदान मात्र १३.४५ प्रतिशत
आर्थिक परिवेश

०१ भदौ, काठमाडौं ।  आर्थिक वर्ष २०७९/८० मा मुलुककको कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान २४.१२ प्रतिशत रहेको देखिएको छ । नेपाल राष्ट्र बैकले शुक्रवार प्रकाशित गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी प्रतिवेदनमा उद्योग क्षेत्रको योगदान १३.४५ प्रतिशत भएको देखाइएको छ । गत आर्थिक बर्षमा कुल गार्हस्थ उत्पादनमा सेवा क्षेत्रको योगदान भने ६२.४३ प्रतिशत पुगेको छ । गत आर्थिक बर्षमा कृषि क्षेत्रको वृद्धि २.७३ प्रतिशत,उद्योगक्षेत्रको ०.५९ प्रतिशत र सेवा क्षेत्रको वृद्धि २.३३ प्रतिशत रहने अनुमान राष्ट्र बैकले गरेको छ । आर्थिक वर्ष २०७९÷८० मा मुलुकको आर्थिक वृद्धि उत्पादकको मूल्यका आधारमा १.८६ प्रतिशत रहने अनुमान गरिएको छ । आर्थिक…