थोरै सहकारीकाे बदमासीले राम्रा सहकारीहरु पनि समस्या
आर्थिक परिवेश२४ जेठ काठमाण्डौ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले केही सहकारीमा आएको अनुशासन हिनताले सम्पूर्णसहकारीलाई शंकाको दृष्टिले हेरिएको बताउनु भएको छ । थोरै सहकारी संस्थाले गरेको बदमासीको कारण सदस्यले सबै सहकारीमाथी अविश्वास गर्दा राम्रा सहकारीहरु समस्यामा परेको सचिव रेग्मीले बताउनु भयो । गतल काम गर्ने सहकारीलाई संघ, महासंघले संरक्षण दिने भन्दा पनि कारबाहीको लागि प्रकृया अगाडि बढाउन सहयोग गर्न सचिव रेग्मीले आग्रह गर्नु भयो । बुधबार नेपाल सहकारी पत्रकार समाज (सीजेएन) र संघीय सहकारी विभागले संयुक्त आयोजनामा भएको कार्यक्रममा सचिव रेग्मीले गलत काम गर्नेलाई कारबाही गर्दा संघ, महासंघले साथ दिनु पर्नेमा जोड दिनु भयो…