मुस्ताड. जिल्लामा यस बर्ष आलु उत्पादन वृद्धि हुने
आर्थिक परिवेश२८ भदौ, काठमाडौं। मुस्ताड. जिल्लामा यस बर्ष आलु उत्पादन वृद्धि हुने प्रक्षेपण गरिएको छ । आव २०८२÷८३ मा त्यहाँका पाँचै पालिकाको कूल ४७० हेक्टरमा आलु खेती गरिएको र आठ हजार ४९६ मेट्रिकटन आलु उत्पादन हुने अनुमाने गरिएको कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख राजेश गुरुङले जानकारी दिनुभयो । गत आव २०८१÷८२ मा त्यहाँ ४६० हेक्टर क्षेत्रफलमा आठ हजार ४५४ मेट्रिकटन आलु उत्पादन भएको थियो । उपल्लो मुस्ताङमा चैत÷वैशाखमा आलुको बीउ रोपेर असोज÷कात्तिकमा खेतबारीबाट आलु खन्न सुरु गरिन्छ । नगदेबाली भएको र सडक यातायातको सजह पहुँच भइसकेकाले त्यहाँ उत्पादित आलुको बजारीकरणमा कुनै समस्या नरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ । त्यहाँ…
सहज रूपमा आपूर्ति तथा ढुवानीको व्यवस्था मिलाउन अनुरोध
आर्थिक परिवेश२८ भदौ, काठमाण्डौ । कृषि विभागले कृषिजन्य उत्पादन सहज रूपमा आपूर्ति तथा ढुवानीको व्यवस्था मिलाउन सम्बन्धित पक्षसँग अनुरोध गरेको छ । मुलुक विषम परिस्थितिबाट गुज्रिरहेका बेला मागअनुसार खाद्यान्नलगायत कृषि उपजको आपूर्ति शृङ्खलालाई खल्बलिन नदिनेतर्फ सचेत रहन अनुरोध गरेको छ । विभागले विज्ञप्ति जारी गरी कृषि उद्यमी, कृषि व्यवसायी तथा किसानलाई सहयोग गर्न भनेको छ । विभागका महानिर्देशक प्रकाशकुमार सन्जेलले सागसब्जी, बीउ बेर्नालगायत उत्पादन आपूर्ति तथा ढुवानीमा समस्या भएको गुनासो आएकाले आपूर्ति शृङ्खलामा असर हुने गतिविधि नगर्न आग्रह गरिएको बताउनु भयो ।
मुस्ताङमा स्याउको उत्पादन करिब १० प्रतिशतले वृद्धि
आर्थिक परिवेश२६ भदाै, मुस्ताङ। मुस्ताङमा उच्चघनत्व प्रविधिमा आधारित ‘हाइब्रिड’ स्याउको उत्पादन बढ्न थालेको छ । यसपटक ‘पोस्ट हाभेस्ट’ अन्तिम चरणमा पुगेको छ । यहाँ सरोकार भएका निकाय सम्मिलित जिल्लास्तरीय समन्वयात्मक बैठकले उच्च ‘हाइब्रिड’ गाला स्याउ भदौ ५ देखि र किङरट जातको स्याउ भदौ १५ गतेदेखि जिल्ला बाहिर लैजान पाउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार यहाँका स्याउ बगैँचाबाट पोखरा—काठमान्डौँलगायत स्थानमा पु¥याइसकिएको छ । कृषि ज्ञान केन्द्रका अनुसार यसवर्ष यस्तो स्याउको उत्पादन करिब १० प्रतिशतले वृद्धि भएको अनुमान छ । कार्यालय प्रमुख राजेश गुरुङले यहाँको प्रारम्भिक सर्वेक्षणमा स्याउ उत्पादनमा वृद्धि भएको देखिएको बताउनुभयो । गत वर्ष मुस्ताङमा ६० हेक्टर ‘हाइब्रिड’…
उखु किसानहरुलाई प्रोत्सहान अनुदान रकम निकासा
आर्थिक परिवेश११ भदाै काठमाडौँ। सरकारले उखु किसानहरुलाई प्रोत्सहान, अनुदान वापतको रकम निकासा गरेको छ । अर्थ मन्त्रालयले यसका लागि ७५ करोड ४९ लाख ३८ हजार २४० निकासा गरेको हो । निकासा गरिएको रकम जिल्लास्थित कोष तथा लेखा नियन्त्रकको कार्यालयमार्फत किसानको बैंक खातामा भुक्तानी हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मन्त्रिपरिषद्को बैठकले यसपटक उखु किसानलाई प्रतिक्विन्टल ३५ अनुदान उपलब्ध गराउने निर्णय गरे पनि प्राविधिक कारण जनाउँदै अर्थ मन्त्रालयले निकासा गर्न ढिलाइ गरेको थियो । यो रकम प्राप्त हुन नसक्दा उखु किसानले काठमाडौँ केन्द्रित आन्दोलन गर्दै आएका छन् । यसअघि उखु किसानहरुले प्रतिक्विन्टल ७० प्रोत्साहन स्वरुप पाउँदै आएका थिए ।…
कृषि क्षेत्रलाई व्यावसायिक आत्मनिर्भर तथा औद्योगिकृत गर्ने सरकारकाे रणनीतिक याेजना
आर्थिक परिवेश०३ भदाै, काठमाडौँ । सरकारले कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउने र थप व्यवस्थित गर्ने लक्ष्यका साथ पाँचवर्षे खाद्यप्रणाली रुपान्तरणको रणनीतिक योजना अघि सारेकाे छ । राष्ट्रिय योजना आयोगले तयार पारेको पाँचवर्षे खाद्यप्रणाली रुपान्तरणको रणनीतिक योजनामा कृषि क्षेत्रलाई व्यावसायिक बनाउने, आत्मनिर्भर हुने र औद्योगिकीकरण गर्ने विषयलाई प्रमुख प्राथमिकतामा राखिएको छ । उक्त रणनीतिको सोच समतामूलक, उत्थानशील र दिगो खाद्य प्रणालीको विकास गर्ने रहेको छ । सबैका लागि स्वच्छ तथा पोषणयुक्त खाद्य पहुँच सुनिश्चित गर्ने, दिगो उपभोग पद्धति अवलम्बन गर्ने, प्रकृतिमैत्री उत्पादन प्रणाली अनुशरण गर्ने, समन्यायिक जीविकोपार्जनको अवस्थामा बढोत्तरी गर्ने रणनीतिकाे लक्षय रहेकाे छ । त्यसै गरी विपद् तथा जोखिमविरुद्ध उत्थानशील खाद्यप्रणाली निर्माण…