आर्थिक तथा पर्यटन विकासका लागि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल मेरुदण्ड
आर्थिक परिवेश१० बैशाख रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दिगो सञ्चालनका लागि प्रदेश सरकारले संघीय सरकारको गम्भीर ध्यानाकर्षण गराएको बताउनुभएको छ । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले बुधबार भैरहवामा आयोजना गरेको विमानस्थलको दिगो सञ्चालनसम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशको आर्थिक तथा पर्यटन विकासका लागि यो विमानस्थल मेरुदण्ड भएको उल्लेख गर्नुभयो । उहाँले विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान भर्न आवश्यक सेवा विस्तारका लागि प्रदेश सरकार साझेदारी गर्न तयार रहेको स्पष्ट पार्नुभयो । संघीय सरकारले प्रदेश सरकारलाई स्वास्थ्य परीक्षणको जिम्मेवारी दिएमा त्यसलाई पूरा गर्ने प्रतिबद्धता जनाउँदै उहाँले स्वास्थ्य परीक्षण, श्रम स्वीकृति र भिसा…
बेल्जियममा नेपाल बेल्जियम दिवस मनाइयाे
आर्थिक परिवेश०३ बैशाख लुभेन बेल्जियम । नेपाली राजदुतावास र गैर अवासीय नेपाली सघ एनआरएनए बेल्जियमले नेपालमा परोपकारी काम गरिरहेका बेल्जियन नागरिक एबम संस्थालाई सम्मान गर्दै “नेपाल बेल्जियम दिवस” मनाएको छ। नेपाली नयाँ बर्षको अवसरमा आयोजित “नेपाल बेल्जियम डे” कार्यकंममा नेपालका बिभिन्न जिल्लामा शिक्षा स्वास्थ्य लगायतका क्षेत्रमा सहयोग गरिरहेका बेल्जियन दातृ संस्थालाई सम्मान गरिएको छ। सो अवसरमा दातृ संस्थाका पदाधिकारीहरु संग उनीहरुले सहयोग गर्दा प्राप्त गरेका अनुभब र स्थलगत कठिनाईका बारेमा अन्तरक्रिया समेत गरिएको छ। नेपाल बेल्जियम डे समारोहको बेल्जियम नेदरलैण्ड तथा लक्जेम्बर (बेनेलक्स)का लागि नेपाली राजदुत सेवा लम्साल, एनआरएनए बेल्जियमका अध्यक्ष सीता सापकोटा र लुभेन नगरपालिका उपप्रमुख लोठे रामकरले दिप प्रज्वन…
कूटनीतिक प्रतिनिधिहरुलाई इलामको भ्रमण गराइयाे
आर्थिक परिवेश०३ बैशाख काठमाडाै । नेपालमा रहेका विभिन्न मुलुकका कूटनीतिक प्रतिनिधिहरुलाई नेपालको पर्यटकीय गन्तव्य इलामको भ्रमण गराइ पर्यटन प्रवर्द्धन गरिएको छ । नेपालको पूर्वी पहाडी गन्तव्य इलामको प्राकृतिक,संस्कृतिक सौन्दर्य, संस्कृति र पर्यटन सम्भावनाको प्रवर्द्धन गरिएको हो । परराष्ट्र मन्त्रालयको समन्वयमा नेपाल पर्यटन बोर्डले आयोजना गरेको उक्त भ्रमणले इलामको पर्यटन गन्तव्यका रूपमा प्रवर्द्धन गर्न सहयोग पुर्याएको बोर्डले विज्ञप्तिमार्फत जनाएको छ । परराष्ट्रमन्त्री आरजु राणाको नेतृत्वमा सहभागी राजदूत तथा अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिहरूले इलामको शान्त वातावरण, पहाडी जीवनशैली, प्राकृतिक र सांस्कृतिक विविधता अनुभव गरेका छन् । भ्रमणले स्थानिय संस्कृति र पर्यटन सम्भावनालाई अन्तर्राष्ट्रिय प्रतिनिधिहरूसाम प्रस्तुत गर्ने अवसर प्रदान गरेको बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज…
नेपाललाई पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्नुपर्छ : राष्ट्रपति पौडेल
आर्थिक परिवेश०१ बैशाख, नगरकाेट, भक्तपुर । राष्ट्रपति रामचन्द्र पौडेलले ‘नगरकोट भ्रमण वर्ष २०८२’ को उद्घाटन गर्नुभएको छ । नयाँ वर्ष २०८२ को शुभारम्भसँगै आज वैशाख १ गते नगरकोटको बतासे डाँडामा राष्ट्रपति पौडेलले भ्रमण वर्षको उद्घाटन गर्नुभएको हो । कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले नेपाललाई पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्नुपर्ने बताउनुभयो । राष्ट्रपति पौडेलले न्युन आर्थिक वृद्धिको चक्रबाट नेपाली अर्थतन्त्रमा सुधार गरी संघीय लोकतन्त्रको सुदृढीकरण सहित नेपाली जनताले चाहेको तीव्र विकासको आकाङ्क्षा पुरा गर्नु सबैको साझा दायित्व भएको बताउनुभयो । उहाँले जनताको चाहना अनुसार शान्ति दिगो बिकास,समावेशी समाज ,आर्थिक समृद्धि र संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण सहित राष्ट्रनिर्माणको अभियानमा सबै जुट्नुपर्ने बताउनुभयो । चर्चित…
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालय एयरलाइन्सले शुरु गरयाे व्यवसायीक उडान
आर्थिक परिवेश१८ चैत्र पोखरा । हिमालय एयरलाइन्सले पहिलो पटक पोखरामा व्यवसायीक उडान गर्न सुरु गरेको छ । काठमाडौँ–ल्हासा सिधा हवाई उडान गर्दै आएको हिमालय एयरलाइन्सले ल्हासा—पोखराको सिधा हवाई उडान गर्न सोमबार देखि सुरु गरेको हो । चाइनिज नागरिक सहित अन्य पर्यटक गरी १ सय ७ जना यात्रु लिएर हिमालय एयरलाइन्स कम्पनीको विमानबाट सोमबार दिउँसो पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आएको हिमालय एयरलाइन्सका उपाध्यक्ष एवम् प्रवक्ता विजय श्रेष्ठले बताउनु भयो । उक्त विमानबाट मङ्गलवार १ सय भन्दा बढी चिनियाँ सहित पोखराका केही पर्यटन व्यवसायीहरू सहितको टोली पोखरा देखि ल्हासा प्रस्थान गर्ने भएको उहाँले जनाउनु भयो । पोखरालाई ल्हासासँग जोड्न सातामा एक उडान गर्ने…