त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मार्फत हवाई यात्रुको सङ्ख्या नौ प्रतिशतले बढ्याे
आर्थिक परिवेश२८पुष, काठमाडौँ । मुलुकको जेठाे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई यात्रुको सङ्ख्या बढेको छ । विमानस्थलका अनुसार सन् २०२३ मा आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै गरी कूल ८६ लाख ९१ हजार चार सय ४३ यात्रुले हवाई यात्रा गरेका छन् । सन् २०२२ मा ७९ लाख ५४ हजार चार सय ९५ ले हवाई यात्रा गरेका थिए । जुन अघिल्लो वर्षको तुलनामा नौ दशमलव दुई प्रतिशतले बढी हो । कूल यात्रु आवागमन ९आन्तरिक र अन्तर्राष्ट्रिय० पनि बढेको विमानस्थल कार्यालयले जनाएको छ । कोभिडअघि सन् २०१८ मा ७१ लाख ९० हजार नौ सय १२ र सन् २०१९ मा ७३ लाख २७ हजार ३१ यात्रुले हवाई…
काठमाण्डौ संसारको उत्कृष्ट प्राकृतिक गन्तव्यका रुपमा घोषणा
आर्थिक परिवेश२८ पुष, काठमाण्डाै । नेपालकाे राजधानी काठमाण्डौलाई संसारको उत्कृष्ट प्राकृतिक गन्तव्यका रुपमा घोषणा गरिएकाे छ । विश्वप्रसिद्ध ट्राभल वेबसाइट ट्रिप एडभाइजरले विश्वका १० उत्कृष्ट गन्तव्य, प्राकृतिक गन्तव्य, ट्रेन्डिङ गन्तव्य, सांस्कृतिक गन्तव्य, खाना गन्तव्य, हनिमुन गन्तव्य र दिगो गन्तव्य गरी सातवटा वर्ग छुट्याएर सूची सार्वजनिक गरेको छ । जसअनुसार काठमाण्डौ विश्वका उत्कृष्ट १० प्राकृतिक गन्तव्यमध्ये एक नम्बरमा र विश्वका उत्कृष्ट २५ गन्तव्यमध्ये २४औँ नम्बरमा परेको छ । ट्रिप एडभाइजरले विश्वभर यात्रा सहजीकरण गर्दै बुकिङ, गन्तव्य छनाेट र योजना बनाउन सहयोग गर्दै आएको छ । विश्वप्रसिद्ध ट्राभल वेबसाइटमा काठमाण्डौ उत्कृष्ट प्राकृतिक गन्तव्यको सूूचीमा परेपछि नेपालको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास छ ।…
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट एक वर्षमा ८ लाख ८३ हजार स्वदेशी तथा विदेशीले ओहोरदोहोर गरे
आर्थिक परिवेश१७पुष, पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट एक वर्षमा ८ लाख ८३ हजार स्वदेशी तथा विदेशी पर्यटक ओहोरदोहोर गर्नु भएको छ । गत पुष महिनाको १७ गतेबाट स्थान्तरण गर्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट ठुला हवाई जहाज उडान भएको अवस्थामा एक वर्षमा ८ लाख ८३ हजार ५ सय ३६ जना स्वदेशी तथा विदेशी पर्यटक ओहोरदोहोर गर्नु भएको नेपाल नागरिक उड्डयन कार्यालय पोखराले जनाएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट एक वर्षको अन्तरालमा १५ हजार ७ सय ८० वटा हवाई उडान भएसँगै उक्त सङ्ख्यामा पर्यटक ओहोरदोहोर गर्नु भएको नेपाल नागरिक उड्डयन कार्यालय पोखराका प्रवक्ता जशोधा सुवेदीले बताउनु भयो । उहाँका अनुसार एक वर्षमा पोखरामा पोखरा…
सन् २०२३ मा १० लाख भन्दा बढी पर्यटकले नेपाल भ्रमण गरे
आर्थिक परिवेश१४ पुष, काठमाडौ । बर्ष सन् २०२३ मा १० लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार शनिवार बिहानसम्म १० लाख आठ हजार छ सय १४ पर्यटक नेपाल भित्रिएका छन् । योसँगै सन् २०२३ मा १० लाख विदेशी पर्यटक भित्र्याउने सरकारको लक्ष्य पूरा भएको छ । सरकारले चालु आर्थिक वर्षको बजेटमा सन् २०२३ मा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको सङ्ख्या १० लाख पु¥याइने उल्लेख गरेको थियो । सन् २०१९ मा १२ लाख हाराहारी विदेशी पर्यटक नेपाल आएका थिए । सोही आधारमा सन् २०२३ मा ८५ प्रतिशत पर्यटन पुनःरुत्थान भएको बोर्डका निर्देशक मणिराज लामिछानेले बताउनुभयो । पर्यटक…
चितवनमा ६५ वटा हात्तीलाई वनभोज खुवाइयाे
आर्थिक परिवेश१४ पुष, भरतपुर (चितवन) । चितवनको पर्यटकीय नगरी सौराहामा जारी १७ औँ चितवन हात्ती तथा पर्यटन महोत्सवमा शुक्रबार यहाँका हात्तीलाई वनभोज खुवाइएको छ । चित्रसारी मैदानमा सरकारी र निजी ६५ वटा हात्तीलाई वनभोज खुवाइएको हो । वनभोजमा हात्तीलाई मन पर्ने खानेकुरा दिइएको थियो । हात्तीलाई उखु, गाजर, बन्दा, सुन्तला, ड्रागन, स्याउ, फर्सीलगायत विभिन्न खानेकुरा खुवाइएको क्षेत्रीय होटल सङ्घ सौराहाका उपाध्यक्ष तथा महोत्सव संयोजक ओम पाण्डले जानकारी दिनुभयो । उहाँले हात्तीलाई झण्डै पन्ध्र प्रकारका खानेकुरा खुवाइएको बताउनुभयो । एक दिन भए पनि सबै प्रकारका खानेकुरा एकै समयमा सबै हात्तीलाई खुवाउँदा मनोरञ्जन हुनुका साथै हात्तीले पनि सबै खानाको स्वाद लिन पाउने भएकाले वनभोज…