आगामी दशकमा ३० हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्य
आर्थिक परिवेश

२८ वैशाख, काठमाडौं ।    सरकारले आगामी दशकमा ३० हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्य लिएको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा  त्यस  विषयलाई समेटिएको छ । संसदकाे स‌युक्त बैठकमा  सरकारकाे अागामी अार्थिक बर्षकाे नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले आगामी दशकमा ३० हजार मेगावाट विद्युत् उत्पादन लक्ष्य हासिल गर्न ऊर्जा बन्ड निष्कासन तथा वातावरण सम्बन्धी कानुन परिमार्जन गरी एकद्वार प्रणाली लागु गरिने बताउनु भयाे  । आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई मुआब्जाको सट्टा सेयर लगानीको विकल्प प्रदान गरिने पनि उहाँले बताउनु भयाे  । विद्युत् उत्पादन, प्रशारण, वितरण र व्यापारमा निजी क्षेत्रको सहभागिता सुनिश्चित गरिने नीति तथा…

नेपाल उद्योग वाणिज्य महासङ्घको निर्वाचन सम्पन्न, अध्यक्षमा अन्जन श्रेष्ठ चयन
आर्थिक परिवेश

२३ बैशाख, काठमाण्डौ ।     नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा अन्जन श्रेष्ठ चयन हुनुभएको छ । अघिल्लो कार्यकालका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ महासङ्घको विधानअनुसार स्वतः अध्यक्ष पदमा चयन हुनुभएको हो । महासङ्घको ६०औँ वार्षिक साधारणसभा पछि सुरु निर्वाचन प्रक्रियाको मतगणना आज सम्पन्न भएको छ । निर्वाचनमार्फत विभिन्न समूहअन्तर्गत उपाध्यक्षसहित नयाँ कार्यसमिति चयन गरिएको छ । मुख्य निर्वाचन अधिकृत लीलामणि पौडेलका अनुसार जिल्ला तथा नगरतर्फका दुई उपाध्यक्ष पदमा कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ निर्वाचित हुनुभएको छ । त्यसैगरी वस्तुगत सङ्घतर्फको उपाध्यक्षमा नरेशलाल श्रेष्ठ निर्वाचित हुनुभएको छ । एसोसिएटतर्फको उपाध्यक्ष पदमा प्रबलजङ्ग पाण्डे विजयी हुनुभएको छ । नवनिर्वाचित नेतृत्वले निजी क्षेत्रको सुदृढीकरण, आर्थिक…

अर्थमन्त्रीकाे सम्पती विवरण कराेडाैका अर्पाटमेन्ट र घर
आर्थिक परिवेश

  २९ चैत, काठमाडौं ।    अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । उक्त विवरण अनुसार वाग्लेसँग चारवटा घर तथा अपार्टमेन्ट रहेको देखिएको छ। ललितपुरको सानेपामा २ करोडको अपार्टमेन्ट, ललितपुरमा ५ करोडको, काभ्रेमा अपार्टमेन्ट ३ करोड ७५ लाख, तनहुँमा २ करोडको घर रहेको उल्लेख गरेका छन् । अर्थमन्त्री वाग्लेले बैंक ब्यालेन्स १ करोड ९० लाख रुपैयाँ रहेको उल्लेख गर्नु भएकाे छ । उहाँको विभिन्न पाँच कम्पनीमा चार करोड माथिको शेयर रहेको विवरणमा      उल्लेख छ  । जसमा सानिमा मिडल तमोर हाइड्रोको ७१ हजार ९३, सांग्रिला विकास बैंकको २५ हजार ७६२ कित्ता सेयर छ। नेशनल फण्ड म्यानेटमेन्ट…

मुलुकलाई समृद्ध बनाउने काममा एकजुट भएर लाग्न सबै पक्षलाई आह्वान
आर्थिक परिवेश

 ११ चैत काठमाडौँ ।     राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकलाई समृद्ध बनाउने काममा एकजुट भएर लाग्न सबै पक्षलाई आह्वान गर्नु भएकाे छ। निर्वाचन आयोग नेपालले बुधबार काठमाडौँमा आयोजना गरेको जलपान कार्यक्रममा बोल्दै उहाँले  संघीय लोकतान्त्रिक गणतन्त्रले लक्षित गरेको जनताको जीवनस्तर माथि उठाएर मुलुकलाई समृद्ध बनाउने लक्ष्य लिएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले सो कामका सबैले ध्यान दिने बेला आएको स्पष्ट पार्नु भयाे । उहाँले निर्वाचनमा प्राप्त जनादेशले मुलुकको भविष्यलाई दिशा निर्देश गरेको पनि बताउनु भयाे । राष्ट्रपति पौडेलले मुलुकको समृद्धिका लागि एकजुट भएर काम गर्नुपर्ने ठूलो दायित्व जनप्रतिनिधिहरुको काँधमा आएको पनि उल्लेख गर्नु भयाे । उहाँले राष्ट्र निर्माणको साझा लक्ष्यमा सबैको एउटै…

ग्रेटर लुम्बिनीका लागि ८५ मिलियन अमेरिकी डलर ऋण
आर्थिक परिवेश

०४ चैत्र, काठमाण्डौ ।     विश्व बैंकले ‘ग्रेटर लुम्बिनी’ परियोजना कार्यान्वयनका लागि ८५ मिलियन अमेरिकी डलर अर्थात करिब साढे १२ अर्ब रुपैयाँ बराबरको ऋण दिने निर्णय गरेको छ । बुद्ध जन्मस्थल लुम्बिनीसँग सम्बन्धित रुपन्देही, कपिलवस्तु र नवलपरासी जिल्ला समेटिने गरी ‘ग्रेटर लुम्बिनी क्षेत्र विकास परियोजना’ का लागि विश्व बैंकको यही मार्च १३ तारिखमा अमेरिकाको वासिङटनडिसीमा भएको बोर्ड बैठकले ऋण दिने निर्णय गरेको हो । सहरी विकास मन्त्रालय र पर्यटन मन्त्रालयमार्फत अगाडि बढेको यो परियोजना कार्यान्वयन गर्न १२ अर्ब ३५ करोड रुपैयाँभन्दा बढी बजेट लाग्ने अनुमान गरिएको लुम्बिनी विकास कोषले जनाएको छ । विश्व बैंकले ऋण दिने निर्णय गरेपछि अब नेपाल…