
मौद्रिक समीक्षाकाे प्रभाव : नेप्से परिसूचकमा उच्च अंककोे वृद्धि
आर्थिक परिवेश०६ जेठ काठमाडौं । साताको कारोवारको पहिलो दिन आइतवार नेपाली शेयर बजारको परिसूचतक नेप्सेमा उच्च अंककोे वृद्धि भएको छ । नेपाल राष्ट्र बैङ्कले चालु आर्थिक वर्ष २०८०÷८१ को मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत कर्जा प्रवाह विस्तारमा केही लचिलो नीति लिएपछि त्यसको सकारात्मक प्रभाव पुँजी बजारमा देखिएको हो । आइतवार परिसूचक ४५ दशमलव ६९ अङ्कले बढेर दुई हजार ६४ दशमलव ४५ को बिन्दुमा कायम भएको छ । यस दिन तीन सय २३ कम्पनीहरुका एक करोड २२ लाख ४० हजार आठ सय दुई कित्ता सेयरहरु पाँच अर्ब २५ करोड १० लाख २५ हजार मुल्यमा किनबेच भएका छन् । यस दिन सबैभन्दा धेरै…

नीति कार्यक्रम अनुसारकै बजेट आउछ : अर्थमन्त्री
आर्थिक परिवेश०२ जेठ, काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले सरकारले उत्साहजनक वार्षिक नीति तथा कार्यक्रम ल्याएको बताउनु भएको छ । नेपाल उद्योग बाणिज्य महासंघले बुधबार राजधानीमा आयोजना गरेको पूर्वबजेट छलफल कार्यक्रममा मन्त्री पुनले उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने गरी नीति कार्यक्रम आएको बताउनु भयो । मन्त्री पुनले नीति कार्यक्रमसँग मेल खाने गरी बजेट र बजेटसँग मेल खाने गरी मौद्रिक नीति आउने प्रतिबद्धता जनाउनु भयो । उहाँले ‘नीति कार्यक्रमले सबैमा उत्साह जगाएको उल्लेख गर्दै नीति कार्यक्रम अनुसारकै बजेट आउने बताउनु भयो । राष्ट्रबैंकका तर्फबाट बजेटमा समेट्नुपर्ने विषयमा लिखित सुझाव प्राप्त भएको भन्दै उहाले बजेट र नीति कार्यक्रममा तादात्म्यता मिलाउन दुई निकायबीच सघन…

सोह्रौँ पञ्चबर्षीय योजना कार्यान्वयनका लागि करिब १ सय ११ खर्ब लागत लाग्ने
आर्थिक परिवेश०२ जेठ, काठमाडाैं । सोह्रौँ पञ्चबर्षिय योजना कार्यान्वयनका लागि करिब १ सय ११ खर्ब लागत लाग्ने अनुमान गरिएको छ । राष्ट्रिय योजना आयोगले बुधवार सार्वजनिक गरेको आगमी आर्थिक बर्ष साउन १ गते देखिलागु हुने सोह्रौ योजना कार्यान्वयन गर्न करिब १ सय ११ खर्ब लागत अनुमान गरिएको हो । आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले मङ्गलबार मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको योजना र लागत अनुमानबारे जानकारी दिँदै कार्यान्वयनका लागि आवश्यक लगानीमा समस्या नहुने बताउनुभयो । त्यसैगरी आयोगका प्रवक्ता यमलाल भुसालले सोह्रौँ योजनाले लिएका लक्ष्य कार्यन्वयनका लागि आवश्यक एक सय ११ खर्बभन्दा बढि लागत लाग्ने र लागत सुनिश्चिताका लागि नीजि क्षेत्रको साझोदारी बढाइने…

राष्ट्रपतिबाट नेपाल सरकारको नीति तथा कार्यक्रम संसद्को संयुक्त बैठकमा प्रस्तुत
आर्थिक परिवेश०१ जेठ, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२का लागि नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको छ । संघीय संसद् भवन नयाँबानेश्वरमा आज बसेको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै राष्ट्रपति पौडेलले उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्ने र रोजगारी सिर्जना गर्ने गरी कृषि र ऊर्जा क्षेत्रको विकासमा जोड दिइएको बताउनुभयो । यस्तै नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रमा नागरिकको सहज पहुँच बढाउने, सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउँदै सहजरुपमा उपलब्ध गराउने, भ्रष्टाचार नियन्त्रणलाई प्रभावकारी बनाउँदै सुशासन कायम गर्ने कार्यलाई जोड दिइएको छ । बजेट प्रस्तुत हुनुभन्दा अघि संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपतिले सरकारको…

१० महिनामा ६० प्रतिशत हाराहारी बजेट खर्च
आर्थिक परिवेश०१ जेठ, काठमाडौं । चालु आर्थिक वर्षको १० महिना बैशाख मसान्तसम्ममा सरकारको बजेट ६० प्रतिशत हाराहारी मात्र खर्च भएकाे देखिएको छ । महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार वैशाख मसान्तसम्ममा वार्षिक विनियोजनको ६० दशमलव ३५ प्रतिशत अर्थात् १० खर्ब ५६ अर्ब ८९ लाख २४ हजार बराबर खर्च भएको जनाएको छ । सरकारले चालु आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख बराबरको बजेट ल्याएको थियो । वैशाख मसान्तसम्ममा चालुगततर्फ वार्षिक विनियोजनको ६५ दशमलव ९१ प्रतिशत खर्च भएको छ । चालु शीर्षकमा ११ खर्ब ४१ अर्ब ७८ करोड ४१ लाख बराबर वार्षिक विनियोजन भएकोमा हालसम्म रु सात खर्ब…