कर्णाली चिसापानीमा जालपादेवी केबलकार निर्माण हुने  
आर्थिक परिवेश

१३ पुस, कैलाली ।   कैलाली जिल्लाको कर्णाली चिसापानीमा निर्माण हुने जालपादेवी केबलकारको   शनिवार शिलान्यास भएको छ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले लम्कीचुहाँ नगरपालिका-३ स्थित कर्णाली चिसापानीमा ३.१ किलोमिटर लामो केबलकारको शिलान्यास गर्नु भकाे हाे  । शिलान्यास कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री डा. राणाले जालपादेवी केबलकारको निर्माणले समग्र सुदूरपश्चिम प्रदेशको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा उल्लेख्य भूमिका खेल्ने बताउनु भयाे  । उहाँले  ‘सुदूरपश्चिम पर्यटन, संस्कृति, परम्परा र जैविक विविधतामा धनी छ। प्राकृतिक स्रोत एवं सम्पदाहरूले यो भूगोल जति सम्पन्न छ त्यति नै यहाँका नागरिकमा सांस्कृतिक एकता र सद्भाव पनि छ । यसकारण मुलुकको सुदूरपश्चिम क्षेत्रका समुदायहरू विकासप्रेमी पनि छन्। हाम्रो सुदूरपश्चिम प्रदेशमा…

शिक्षाका माध्यमबाट मुलुक आत्मनिर्भरतातर्फ उन्मुख हुनु पर्छ : प्रधानमन्त्री
आर्थिक परिवेश

 २९ मंसिर,    काभ्रेपलाञ्चोक । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षाका माध्यमबाट मुलुक आत्मनिर्भरतातर्फ अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले आज काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू)को ३०औँ दीक्षान्त समारोह (पहिलो चरण)लाई सम्बोधन गर्दै रोजगारी खोज्ने शिक्षा नभई रोजगारी सिर्जना गर्ने आत्मनिर्भरतामा आधारित शिक्षा दिने ढङ्गले सरकार अघि बढ्ने बताउनुभयो । “अब जब दिने शिक्षा दिने हैन, जब सिर्जना गर्ने खालको शिक्षा, आत्मनिर्भर ढङ्गले जब दिने शिक्षातर्फ अघि बढ्नका छौँ, यसका  केयूलगायतका विश्वविद्यालय नमूनाका रूपमा अघि बढिरहेका छन्” केयूका कुलपति समेत रहनुभएका ओलीले भन्नुभयो । उहाँले विद्यार्थीलाई पढाइसँगै रोजगारीमा जोड्दै आत्मनिर्भर बनाउन देशका नमूना विश्वविद्यालयसँग सहकार्य र समन्वय गर्दै जाने…

महासंघमा वरिष्ठ उपाध्यक्ष अध्यक्ष हुने व्यवस्था हटेको छ
आर्थिक परिवेश

२५ मंसिर, काठमाडौ ।    नेपाल उद्योग वाणिज्य महासंघमा वरिष्ठ उपाध्यक्ष अध्यक्ष हुने व्यवस्था हटेको छ। हाल वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठपछि प्रत्यक्ष निर्वाचन हुने भएको हो। मंगलबार बसेको विशेष साधरणसभाले ६ वटा संशोधन गरेको छ। जसमा अध्यक्षको कार्यकाल २ वर्ष, उपाध्यक्ष ५ जना र १ जना वरिष्ठ उपाध्यक्ष हुने व्यवस्था गरेको छ। हाल उपाध्यक्ष रहेका हेमराज ढकाल, ज्योत्सना श्रेष्ठले अझै २ कार्यकालपछि मात्रै प्रत्यक्षमा निर्वाचन गर्नुपर्ने माग गरेका थिए। तर साधरणसभामा उपस्थित अधिकांश सदस्यले अञ्जन श्रेष्ठपछि नै प्रत्यक्ष निर्वाचन माग गरेकाले त्यसलाई सर्वसम्मत रुपमा पारित गरिएको हो। ‘मंगलबार बसेको विषेश साधरणसभाले अञ्जन श्रेष्ठपछि अध्यक्षमा निर्वाचन हुने व्यवस्था गरेको छ,’ कार्यसमिति…

दमक व्यापारिक कम्प्लेक्स आधुनिक विकासको नमुना प्रधानमन्त्री
आर्थिक परिवेश

 २३ मंसिर    झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक व्यापारिक कम्प्लेक्स आधुनिक विकासको नमुना भएको बताउनुभएको छ । भव्य जनसहभागितामा एक सय मिटर अग्लो १८ तले उक्त कम्प्लेक्सको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यो सञ्चालनमा आएपछि रोजगारी सृजना हुने र यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्नेमा विश्वास व्यक्त गर्नुभयो । विश्वका ठुला मुलुकमा पनि आर्थिक स्रोत र पहिचानका लागि यस्ता अग्ला भवन निर्माण भएको उदाहरण प्रस्तुत गर्दै उहाँले कम्प्लेक्स भएको क्षेत्रलाई आधुनिक सहर बनाउने घोषणा गर्नुभयो । उहाँले आफूहरूले बलिदान गरेर ल्याएको लोकतान्त्रिक व्यवस्था मास्न नदिने उद्घोष गर्दै देश चलाउने विषय अरूलाई तथ्यहीन आरोप लगाए जस्तो नहुने उल्लेख…

विमान खरिद अनियमिततामा सुगतरत्न कङ्साकारसहित चार जनालाई जेल सजाय
आर्थिक परिवेश

  २१ मंसिर  काठमाडौँ।   विशेष अदालत काठमाडौँले नेपाल वायुसेवा निगमको विमान खरिदमा अनियमितता भएको ठहर गर्दै तत्कालीन महाप्रबन्धक सुगतरत्न कङ्साकारसहित चार जनालाई जेल सजाय सुनाएको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यद्वय तेजनारायणसिंह राई तथा रितेन्द्र थापाको इजलासले निजहरूलाई दोषी ठहर गरेको हो । अदालतले निगमका तत्कालीन महाप्रबन्धक कङ्साकारलाई दुई वर्ष नौ महिना कैद हुने फैसला गरेको छ । त्यसमा बिगो  एक अर्ब ४७ करोड १० लाखको दामासाही हुने  १२ करोड २५ लाख ९० हजार चार सय ५६ जरिवाना गरिएको छ । निजले ज्येष्ठ नागरिक ऐनअनुसार ५० प्रतिशत सजाय छुट पाउने छन् । निगमका सञ्चालक समितिका तत्कालीन अध्यक्ष…