माथिल्लो कर्णालीका लागि ऋण लगानी जुट्याे
आर्थिक परिवेश

 ५  माघ, काठमाडौं ।   माथिल्लो कर्णाली जलविद्युत् आयोजनाका प्रवद्र्धक कम्पनीहरू जीएमआर इनर्जी, एसजेभीएन र इरेडाले परियोजना निर्माणका लागि ऋण लगानी जुटाएका छन् । जीएमआरले यो आयोजना निर्माणको जिम्मा पाएको १७ वर्षपछि र  लगानी बोर्डसँग परियोजना विकास सम्झौता (पीडीए) गरेको ११ वर्षपछि आयोजनाका लागि ऋण लगानी जुटाएको हो । यो आयोजना निर्माणको जिम्मा पाएको जीएमआर वित्तीय संकटमा परेपछि लगानी जुटाउने (फाइनान्सियल क्लोजर) को म्याद थप गर्दै आएको थियो । गत वर्ष सर्वोच्च अदालतले अब लगानी जुटाउने म्याद थप्न नमिल्ने फैसला गरेपछि भने कम्पनी दबाबमा परेको थियो । यसबीच जीएमआर एक्लैले परियोजना निर्माण गर्न नसक्ने भएपछि अरुण तेस्रो निर्माण गरिरहेको भारतीय सरकारी…

ठूला उद्योग स्थापना हुने क्रममा रहेकाेले उर्जा खपतको चिन्ता लिनु पर्दैन्
आर्थिक परिवेश

  ०४ माघ,   काठमाडौँ ।   प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै फलाम खानी र मल कारखानाजस्ता ठूला उद्योग स्थापना हुने क्रममा रहेका र बन्द भएका उद्योगलाई नयाँ ढाँचामा सञ्चालनको तयारी भएकाले उत्पादित ऊर्जाको खपतको चिन्ता लिइरहनु नपर्ने बताउनुभएको छ । स्वतन्त्र ऊर्जा उत्पादक सङ्घ (इप्प्पान) को रजतजयन्तीका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले ऊर्जा उत्पादकले उत्पादित ऊर्जा खपतका ठाउँ आफैँ बनाउने भएकाले ऊर्जा बिक्रीको चिन्ता गरिरहनु नपर्ने बताउनुभएको हो । सरकारले आगामी ११ वर्षभित्र २८ हजार पाँच सय मेगावाट बिजुली उत्पादनको मार्गचित्र तयार गरेको उहाँले बताउनुभयो । “हामीसँग आठ वटा औद्योगिक क्षेत्र छन् । धौवादी फलाम खानी र मल कारखाना खोल्दैछौँ…

विभाग र सामाजिक सुरक्षा कोषबीच सम्झौता
आर्थिक परिवेश

  २२ पुष,  काठमाडौँ ।    श्रम प्रशासनलाई चुस्त, दुरुस्त सेवा प्रवाह गर्ने उद्देश्यले श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग र सामाजिक सुरक्षा कोषबीच सूचना तथा तथ्याङ्क आदानप्रदान गर्ने सम्झौता भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा साेमवार  एक कार्यक्रमबीच विभागका तर्फबाट उपमहानिर्देशक विपिन राजभण्डारी र कोषको तर्फबाट कार्यकारी निर्देशक कविराज अधिकारीले हस्ताक्षर गर्नुभयो । एक अर्कालाई आवश्यक सूचना तथा तथ्याङ्क अनलाइनको माध्यमबाट आदानप्रदान गरी श्रमसम्बन्धी कानुनको परिपालनाका साथै सामाजिक सुरक्षाको सुनिश्चितता गराउने उद्देश्यका साथ दुई निकायबीच सम्झौता भएको मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले जानकारी दिनुभयो । यस सम्झौताबाट दुवै निकायले श्रम कानूनको परिपालना, सामाजिक सुरक्षाको सुनिश्चितताको विषयमा श्रम निरीक्षण,…

नेपालमा सञ्चालित होटल तथा लजले एकै पटक २२ लाख ३५ हजार जनालाई सेवा दिनसक्ने
आर्थिक परिवेश

१७ पुष   काठमाडौँ ।    नेपालमा हाल सञ्चालनमा रहेका आवास तथा भोजन सेवासँग सम्बन्धित प्रतिष्ठानको सङ्ख्या करिब डेढ लाख हाराहारी पुगेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले बुधवार सार्वजनिक गरेको राष्ट्रिय होटल तथा रेस्टुरेन्ट सर्वेक्षण २०८० प्रतिवेदन अनुसार आवास तथा भोजन सेवा प्रदान गर्ने प्रतिष्ठानको सङ्ख्या एक लाख ४२ हजार दुई सय २३ छ । सबैभन्दा धेरै बागमती प्रदेशमा ५२ हजार एक सय २३ वटा होटल तथा रेस्टुरेन्ट रहेका छन् भने सबैभन्दा कम कर्णाली प्रदेशमा सात हजार एक सय १० रहेको छ । त्यस्तै, कोशीमा २५ हजार आठ सय ८७, मदेशमा ११ हजार सात सय ४०, गण्डकीमा १६ हजार नौ सय…

सरकारले शुरू गरयाे वैकल्पिक विकास वित्त कानून तर्जुमाको तयारी
आर्थिक परिवेश

१४ पुष, काठमाडौँ ।   नेपाल सरकारले वैकल्पिक विकास वित्त सम्बन्धी  कानूनकाे तयारी शुरू गरेको  छ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विकासको उच्च आकाङ्क्षालाई सम्बोधन गर्न वैकल्पिक विकास वित्त सम्बन्धी  कानूनकाे तर्जुमा शुरू गरिएकाे  बताउनु भएकाे हाे । “राजस्व, वैदेशिक सहयोग र ऋणमा आधारित परम्परागत स्रोतले मात्र वित्त व्यवस्थापन र विकासको तीव्र आकाङ्क्षा तथा चाहनालाई सम्बोधन गर्न चुनौतीपूर्ण रहेकाेले बैकल्पीक लगानीकाे श्राेतकाे रूपमा  वैकल्पिक विकास वित्त सम्बन्धी  कानून बनाउने प्रकृया शुरू भएकाे छ,अर्थ मन्त्रालयमा आयाेजित आन्तरिक छलफलमा अर्थमन्त्री पौडेलले भन्नुभयो ,। “त्यसैले दीर्घकालीन विकासको आवश्यकतालाई समेत सम्बोधन गर्ने गरी वैकल्पिक विकास वित्तका निम्ति सार्थक र प्रभावकारी कदम चाल्न वैकल्पिक विकास…