लुम्बिनीकाे आगामी आर्थिक वर्ष ०८१/८२ को बजेट बहुमतले पारित
आर्थिक परिवेश१२ असार, काठमाडौ । लुम्बिनी प्रदेश सभाको बैठकले प्रदेशको आगामी आर्थिक वर्ष ०८१/८२ को बजेट बहुमतले पारित भएको छ । प्रदेशसभामा आर्थिक मामिला तथा योजनामन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । उक्त प्रस्ताव ध्वनिमतले पारित भएको सभामुख तुलाराम घर्तीले घोषणा गर्नुभयो । प्रदेशसभामा यही असार १ गते आर्थिक मामिलामन्त्री आचार्यले आर्थिक वर्ष २०८१/८२ का लागि ३८ अर्ब ९७ करोडको बजेट पेस गर्नुभएको थियो । आगामी वर्ष आन्तरिक राजस्वमार्फत सात अर्ब ५१ करोड र सङ्घबाट १२ अर्ब एक करोड र सङ्घबाट सलामी दस्तुरबापत ५० करोड र स्थानीय तहबाट दुई…
नेपालमा लगानी विस्तारका लागि ओपेक फन्डलाई ढकालकाे आग्रह
आर्थिक परिवेश१२ असार, काठमाडौ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको अपार सम्भावना रहेको बताउँदै लगानी विस्तारका लागि ओपेक फन्डलाई आग्रह गर्नुभएको छ । अष्ट्रियाको भिएनामा मङ्गलबार ओपेक फन्डका अध्यक्ष अब्दुलहमिद अल्खलिफा र उपाध्यक्ष तारेक अलनासरसँगको भेटमा अध्यक्ष ढकालले नेपालमा लगानीको अपार सम्भावना रहेको बताउँदै ओपेक फन्डका लागि नेपाल नयाँ र ठूलो लगानीको गन्तव्य बन्न सक्ने बताउनुभएको हो । अध्यक्ष ढकालले विश्वका उदाउँदा ठूला अर्थतन्त्र, चीन र भारतका बीचमा रहेको नेपालको रणनीतिक अवस्थितिले गर्दा यी दुई देशको बजार, पर्यटन र विकासको फाइदा नेपालले लिन सक्ने बताउनुभएको नेपाल उद्योग बाणिज्य महासंघले जनाएको छ । ढकालले नेपालमा पर्यटन, ऊर्जा, पूर्वाधार,…
दक्ष र व्यवसायिक व्यक्तिलाई सरकारले छिट्टै धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्छ : अर्थमन्त्री
आर्थिक परिवेश१० असार,काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले दक्ष र व्यवसायिक व्यक्तिलाई सरकारले छिट्टै धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्ने बताउनु भएको छ । प्रतिनिधिसभा बैठकमा सोमबार मन्त्रालयगत बजेटमा उठेका प्रश्नको जवाफ दिने क्रममा सांसदहरुले बोर्ड अध्यक्षको नियुक्तिबारे जिज्ञासाको जवाफमा अर्थमन्त्री पुनले १९ आवेदकमध्येबाट छनोट समितिले ५ जनाको नाम ‘सर्ट लिष्ट’ गरेको र त्यसमध्ये दुई जना मात्र प्रस्तुतिकरणका लागि उपस्थित भएकाले यस्तो अवस्थामा के गर्न सकिन्छ भन्नेबारे महान्यायाधिवक्ता कार्यालयसँग राय मागिएको जानकारीनु भयो । उनले दाबेदारमध्येबाट व्यसायिक र दक्ष व्यक्तिलाई सरकारले छिट्टै बोर्ड अध्यक्ष नियुक्त गर्ने जानकारी बैठक समक्ष दिनु भयो । िधतोपत्र ऐनमा स्पष्ट रुपमा पाँचमध्ये समितिले तीन जनाको नाम अनिवार्य सिफारिस…
श्री एयरलाइन्सले ल्यायाे ८० सिटे नयाँ जहाज
आर्थिक परिवेश०८ असार काठमाडाै । श्री एयरलाइन्सले डि हामिल्यान्ड अफ क्यानाडा (तत्कालीन बम्बार्डियर) द्वारा निर्मित ८० सिट क्षमताको विमान कल साइन ९एन-एओएम थपेको छ। यसअघि संयुक्त राज्य अमेरिकाको होराइजन एयर तथा अलास्का एयरद्वारा सञ्चालनमा रहेको ८० सिट क्षमताका क्यु ४०० ड्यास ८ विमान अत्यन्तै आरामदायक, सुरक्षित तथा कम ध्वनी आउने रहेको दाबी कम्पनीले गरेको छ । कम्पनीका अनुसार जहाजमा क्यानाडाको प्राट एन्ड ह्विएनी कम्पनीबाट निर्मित ५४०० साफ्ट हर्षपावका पीडब्ल्यूआईएसआईए, इन्जिन जडान गरिएको छ। श्री एयसलाइन्सका पाइलटले अमेरिकाको अरेगन राज्यको पोर्टल्यान्डबाट मिनेसोटा राज्यको डुलुथ, क्यानाडाको गुजवे, आइसल्यान्डको केफलामिक चेकको प्राग, इजिप्टको काइरो, ओमानको मस्कट हुँदै झन्डै ३३ घण्टा उडान गरी आज बिहान १…
उत्पादन र निर्यातमा सुधार हुन नसक्दा मुलुककाे व्यापार घाटाकाे अवस्था निरन्तर बढ्दाे
आर्थिक परिवेश०८ असार , काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनाकाे अवधिमा मुलुकले १३ खर्ब १४ अर्ब ४४ करोड रूपैया बराबर व्यापार घाटा ब्यहोरेको छ । भन्सार विभागले शुक्रवार सार्वजनिक गरेको चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको वैदेशिक व्यापारको तथ्याङ्कअनुसार यस अवधिमा नेपालले १४ खर्ब ५३ अर्ब ७० करोड ४१ लाख रूपैयाकाे मालवस्तु आयात गर्दा एक खर्ब ३९ अर्ब २६ करोड २३ लाख रूपैया बराबरको मात्रै निर्यात गरेको छ । विभागका अनुसार ११ महिनामा नेपालले कूल १५ खर्ब ९२ अर्ब ९६ करोड ६५ लाख बराबरको वैदेशिक व्यापार गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा गरेको कूल वैदेशिक व्यापारको तुलनामा…