एनएमबि बैकको लगानीलाई सहज बनाउन युएसएआइडीसँग समझदारी 
आर्थिक परिवेश

काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले बैकको लगानीलाई सहज बनाउन युएसएआइडी ट्रेड एण्ड कम्पिटिटिभनेससँग समझदारी गरेको छ । एनएमबि बैंक लिमिटेडले ग्रिन फाईनान्सिङ्ग, जलवायु फाईनान्सिङ्ग र विदेशी तथा स्वदेशी लगानीलाई सहज बनाउन युएसएआइडी ट्रेड एण्ड कम्पिटिटिभनेससँगको सहकार्य पत्रमा हस्ताक्षर गरेको छ । यस सहकार्य अन्तर्गत बैंकले दिगो रूपमा लघु, साना र मझौला व्यवसायहरुको लागि वित्तीय पहुँच बढाउने छ । यस सहकार्यले प्रमुख केन्द्रमा रहेको कृषि, पर्यटन र डिजिटल सेवाहरूसँग सम्बन्धित आर्थिक अवसरहरूमा सहभागी हुन महिला, युवा र सीमान्तकृत समूदायलाई ऐक्यबद्घ हुन प्रवद्र्र्घ्न गर्नेछ । युएसएआइडी ट्रेड एण्ड कम्पिटिटिभनेस पाँच वर्षको १८.९ मिलियन अमेरिकी डलरको सहयोग हो जसले नेपाललाई उच्च गुणस्तर र…

साझा यातायातले ४० विद्युतीय बसबाट यात्रुलाई आरामदायी सेवा सेवा दिने
आर्थिक परिवेश

काठमाडौं । साझा यातायातका ३७ वटा बिजुली बस आगामी १० दिनभित्र केरुङ नाकामा आइपुग्ने भएका छन् । साझा यातायात कम्पनीले यसअघि नै ३ वटा बिजुली बस नेपाल ल्याएर चलाइरहेको छ । यो पहिलो लटको ४० वटा बिजुली बसमध्ये बाँकी अहिले ल्याउन लागिएको हो । साझाका इन्जिनियर तथा प्रोजेक्ट म्यानेजर गौरवराज पाण्डेका अनुसार उक्त ३७ वटा बिजुली बसले कोदारी हुँदै न्यान्जिङ–काठमाडौं यात्रा सुरु गरेका छन्। ’साझा यातायातका ३७ बिजुली बस यसपाली केरुङ नाकाबाट ल्याउन लागिएको हो,’ उनले भने, ’अबको १० दिनभित्र ती बसहरु नेपाली नाकामा आइपुग्नेछ। यसभन्दा अघि ३ वटा बिजुली बस तातोपानी नाकाबाट ल्याइएको थियो। ती बस नाका आइपुग्न ७÷८…

गज्र्याङ नयाँ खिम्ती प्रसारण लाइन निर्माण सम्पन्न, २ सय मेगावाटको  पूर्वाधार तयार
आर्थिक परिवेश

काठमाडौं । खिम्ती र लिखू नदी जलाधार क्षेत्रका जलविद्युत आयोजनाबाट उत्पादित विद्युत प्रवाहका लागि रामेछाप (गज्र्याङ)–नयाँ खिम्ती १३२ किलोभोल्ट (केभी) डबल सर्किट प्रसारण लाइन आयोजनाको निर्माण सम्पन्न भएको छ । रामेछापको गोकुलगंगा गाउँपालिकाको गज्र्याङबाट सुरु भई दोलखाको तामाकोसी गाउँपालिका हुँदै रामेछापकै मन्थली नगरपालिका–१३ स्थित साँखे (फुलासी)स्थित नयाँ खिम्ती सबस्टेसनमा  टुंगिने प्रसारण लाइनको लम्बाइ ३१ किलोमिटर छ । प्रसारण लाइनका लागि १०५ वटा टावर निर्माण गरिएको छ । आयोजना अन्तर्गत गज्र्याङमा १३२ केभीको नयाँ सबस्टेसन र नयाँ खिम्ती सबस्टेसनमा १३२ केभीको बे निर्माण गरिएको छ । गज्र्याङ सबस्टेसनमा १३२÷३३ केभी, ३० एमभिए र ३३÷११ केभी ६÷८ एमभिए क्षमताका थ्री फेज पावर…

कास्कीका २ तालको पानी पम्प स्टोरेज गरी नेपाल १ सय ५० मेगावाट विद्युत् निकाल्ने
आर्थिक परिवेश

कास्की । नेपालमा पहिलो पटक दुई तालको पानी पम्पिङ गरेर बिजुली निकालिने भएको छ । कास्कीका २ तालको पानी पम्प स्टोरेज गरी नेपाल विद्युत् प्राधिकरणले १ सय ५० मेगावाट विद्युत् निकाल्ने आयोजना अघि सारेको छ । नेपालमै पहिलो पटक पम्पप स्टोरेजमार्फत रामसार सूचीमा समावेश कास्की बेगनास र रुपा तालको पानी पम्प स्टोरेजबाट जलविद्युत निकाल्न प्रक्रियाअघि बढेको हो । कास्कीका ९ तालमध्ये रुपा र बेगनास तालको भौगोलिक बनावट हेर्दा समथर देखिए पनि दुई तालबीचको सतह करिब ६० मिटर तलमाथि छ । बेगनास ताल भन्दा रुपाताल ६० मिटर होचो स्थान रहेको छ । यस्तो अवस्थामा नेपाल विद्युत् प्राधिकरणले बेगनास तालको पानी रुपमा…

नबिल बैंक ग्लोबल एसएमई फाइनान्स अवार्ड २०२२ द्वारा सम्मानित
आर्थिक परिवेश

काठमाडौँ । नबिल बैंक ‘ग्लोबल एसएमई फाइनान्स अवार्ड २०२२’ मा दुई अवार्डद्वारा सम्मानित भएको छ । यही असोज ४ गते (२० सेप्टेम्बर) मा कम्बोडियामा सम्पन्न ग्लोवल एसएमई फाइनान्स अवार्डमा नबिल बैंकले ‘एसएमई फाइनान्सीयर अफ दि इयर, एसिया’ र ‘प्रोडक्ट इनोभेसन अफ दि इयर २०२२’ जस्ता दुई सम्मानित अवार्ड प्राप्त गर्न सफल भएको छ । अघिल्लो वर्ष पनि नबिल बैंकले ‘एसएमई फाइनान्सीयर अफ दि इयर, एसिया’ २०२१ जितेको थियो । नबिल बैंकले अघिल्लो आर्थिक वर्षमा साना तथा मझौला व्यवसाय क्षेत्रको वृद्धिमा योगदान पुर्याएको कारण आएएफसी र एसएमइद्वारा सम्मान प्राप्त गर्न सफल भएको हो । विश्व बैंक समूहको सदस्य आइएफसी र एसएमई…