
स्मार्ट लाइसेन्स प्रत्येक दश दश वर्षमा नवीकरण गर्ने सरकारकाे निर्णय
आर्थिक परिवेश१२ वैशाख, काठमाडौँ । सरकारले स्मार्ट लाइसेन्स प्रत्येक दश÷दश वर्षमा नवीकरण गर्ने गरी निर्णय गरिसकेको जानकारी दिएकाे छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले मंगलवार नेपाल पूर्वाधार पत्रकार समाजका पदाधिकारीसँगको छलफलमा सरकारले दशदश वर्षमा नवीकरण गर्ने गरी निर्णय गरिसकेको जानकारी दिदै सवारी चालक अनुमति पत्रलाई सहज बनाउने काममा प्राथमिकताका साथ लागेको जानकारी गराउनुभयो । उहाँले पुरानो सडक ऐनलाई संशोधन गरि समयानुकूल बनाउन लागेको समेत बताउनु भयाे । मन्त्री प्रकाश ज्वालाले तीनै तहको सरकारको समन्वयमा सरकारले सडकको वर्गीकरण गर्ने तयारी गरेको जानकारी दिनुहुँदै सडक ऐन संशोधन समयानुकूल बनाई सडक निर्माणको कामलाई तीव्रताका साथ अघि बढाउन सरकार लागि परेको जानकारी…

राष्ट्रको गौरव बढाउन योगदान गर्ने ७ सय २८ व्यक्तित्वलाई राष्ट्रपतिबाट मानपदवी प्रदान
आर्थिक परिवेश१ बैशाख, काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रको गौरव बढाउन अतुलनीय योगदान गर्ने पूर्व प्रधानमन्त्री स्व सुशील कोइरालासहित समाजका विभिन्न क्षेत्रका सात सय २८ व्यक्तित्वलाई विभिन्न मानपदवी प्रदान गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले एक जनालाई नेपाल रत्न, तीन जनालाई राष्ट्र गौरव, एक जनालाई सुप्रसिद्ध प्रबल जनसेवाश्री, १४ जनालाई प्रसिद्ध प्रबल जनसेवाश्री, १६ जना सुकीर्तिमय राष्ट्रदीप, एक सय ६५ जनालाई सुप्रबल जनसेवाश्री, छ जनालाई कीर्तिमय राष्ट्रदीप, तीन सय १६ जनालाई प्रबल जनसेवाश्री, एक जनालाई राष्ट्रदीप र दुई सय पाँच जनालाई जनसेवाश्री प्रदान गर्नुभयो । राष्ट्रपति पौडेलले नेपाल रत्न पूर्व प्रधानमन्त्री स्व कोइरालालाई प्रदान गर्नुभयो…

ठूला पूर्वाधार परियोजनामा लगानी केन्द्रित गरौ प्रधानमन्त्री दाहाल
आर्थिक परिवेश३० चैत्र, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले ठूला पूर्वाधार परियोजनामा लगानी केन्द्रित गर्न लगानी बोर्डलाई आग्रह गर्नुभएको छ । लगानी बोर्ड नेपालको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले त्यस्तो बताउनु भएको हो । प्रधानमन्त्रीले भन्नुभयो, ‘दिगो विकासको लक्ष्यलाई समयमै प्राप्त गरी उच्च मध्यम आयको मुलुकमा स्तरोन्नति हुन हामीलाई ठूलो लगानीको आवश्यकता छ । ’ उहाँले वैदेशिक पुँजी तथा प्रविधि भित्राएर स्वदेशमै रोजगारी सिर्जना गर्ने, उत्पादन र उत्पादकत्व बढाउने तथा आयात प्रतिस्थापन गरी निर्यात प्रवद्र्धन गर्नेतर्फ लगानीलाई केन्द्रित गर्नु पनि उत्तिकै आवश्यक रहेको औंल्याउनुभयो । प्रधानमन्त्री प्रचण्डले भन्नुभयाे, ‘दिगो विकासको लक्ष्यलाई समयमै प्राप्त गरी उच्च मध्यम आयको मुलुकमा स्तरोन्नति हुन हामीलाई ठूलो…

बैङ्कको ब्याजदर वृद्धिका कारण स्वदेशी उद्योग धराशायी अवस्थामा पुगे : मुख्यमन्त्री कार्की
आर्थिक परिवेश२९ चैत्र, माेरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बैङ्कको ऋण ब्याजदरको वृद्धिका कारण स्वदेशी उद्योग धराशायी अवस्थामा पुगेको टिप्पणी गर्नुभएको छ । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ मोरङको २४औँ वार्षिक साधारणसभा तथा महिला उद्यमी समिति मोरङको २० औँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै उहाँले बैंकले तरलताको अभाव देखाएर वृद्धि गरिएको ब्याजदरका कारण उद्यमी लुक्न, उद्योग बन्द गर्न र पलायन हुनुपर्ने अवस्था आएको बताउनुभयो । मुख्यमन्त्री कार्कीले साना उद्यमीले जग्गा उपलब्ध गराएमा उद्यमीको उत्पादनलाई बजारीकरण गर्न विराटनगरमा भण्डार गृहको निर्माण कार्य सुरु गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले साना उद्योगले बजारीकरणका लागि आफ्नो उत्पादन गुणस्तरीय बनाउनुपर्नेमा जोड दिँदै बलियो…

अर्थमन्त्री र विश्व बैंककाे दक्षिण एशिया क्षेत्रीय उपाध्यक्ष मार्टिन रेजरबीच वार्ता
आर्थिक परिवेश२९ चैत्र, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महत र विश्व बैंककाे दक्षिण एसिया क्षेत्रीय उपाध्यक्ष मार्टिन रेजरबीच बुधवार टेलिफोन वार्ता भएको छ । टेलिफोन वार्तामा डेभलपमेन्ट पोलिसी रिभ्यू (डिपीसी) को प्रभावकारिता र कार्यान्वयनका विषयमा छलफल भएकाे थियो । आगामी जुन महिनामा नेपालमा हुने डिपीसी पुनरावलोकनका सम्बन्धमा पनि थप छलफल हुने भएको छ । भौतिक पूर्वाधार विकासका लागि विश्व बैंकको नेपालमा धेरै ठूलो लगानी छ, यसलाई अझ कसरी वृद्धि गरी प्रभावकारी कार्यान्वयन गराउन सकिन्छ भन्ने विषयमा समेत टेलिफोन वार्ता भएको छ । विशेष गरी पूर्वाधार विकासमा विश्व बैंककाे सहयोगलाई नेपालमा अझ बढी कसरी उपयोग गर्न सकिन्छ भन्ने प्रस्ताव अर्थमन्त्री डा. महतले…