
उत्पादित बिजुली बिक्री गर्न नपाउँदा लगानीकर्ता समस्यामा : अध्यक्ष ढकालल
आर्थिक परिवेश२६ साउन, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्राधिकरणले आवश्यक पर्दा मात्रै बिजुली किन्ने गरेकोले सबै उत्पादित बिजुली बिक्री गर्न नपाउँदा लगानीकर्ता समस्यामा परेको बताउनु भएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वको पदाधिकारी टालीसँग शुक्रवार ऊर्जा मन्त्रालयमा भएको छलफलमा अध्यक्ष ढकालले दोर्दी करिडोरमा प्रसारण लाइनको समस्याका कारण सञ्चालित आयोजना पूर्ण क्षमतामा चल्न नसकेको बताउनु भयो । अध्यक्ष ढकालले निजी क्षेत्रलाई उर्जाका लगायतका क्षेत्रमा लगानीका लागि उत्प्रेरित गर्न ऊर्जामन्त्रीलाई आग्रह गर्नुभयो । सो अवसरमा महासङ्घका अध्यक्ष ढकालले ऊर्जा उद्यमीले बेहोर्नुपरेको समस्या समेटिएको ज्ञापनपत्रसमेत मन्त्री बस्नेतलाई बुझाउनु भएको थियो । छलफलमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री…

नेपाल विद्युत् प्राधिकरणले गत बर्ष १२ अर्ब ३३ करोड नाफा कमायाे
आर्थिक परिवेश२६ साउन, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आर्थिक वर्ष २०७९/८० को अपरिष्कृत वित्तीय विवरणअनुसार १२ अर्ब ३३ करोड बराबरको नाफा कमाएको छ । आर्थिक वर्ष २०७७/७८ मा रु छ अर्ब १० करोड रहेकामा आव २०७८/७९ मा खुद नाफा फेरि बढेर रु १३ अर्ब ३७ करोड पुगेको थियो । गत आवमा सुक्खायामको समय बढेर खोला तथा नदीनालामा पानीको बहाव घट्दा प्राधिकरण र निजी क्षेत्रका जलविद्युत् केन्द्रहरूको विद्युत् उत्पादनमा ह्रास आउँदा आन्तरिक माग धान्न विद्युत् आयात केही बढ्दा नाफा प्रभावित भएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले विद्युत् बिक्री र अन्यबाट गर्ने आम्दानी दुई वर्षअघि करिब रु ८१ अर्ब रहेकामा अहिले बढेर करिब…

उर्जा क्षेत्रको विकासका लागि मिलेर अगाडि बढ्न परिसंघ र इप्पानको ऐक्यवद्धता
आर्थिक परिवेश२३ साउन काठमाडौं । नेपाल उद्योग परिसंघले स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) का नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा स्वागत गरेको छ । परिसंघ सचिवालयमा आयोजित स्वागत तथा बधाई कार्यक्रममा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले इप्पानका नवनिर्वाचित अध्यक्ष गणेश कार्कीसहित पदाधिकारी एवं कार्यसमिति सदस्यहरुलाई स्वागत गर्नुभयो । सो अवसरमा परिसंघ र इप्पानबीच उर्जा क्षेत्रको विकास एवं समस्या समाधानका लागि सहकार्य गर्ने ऐक्यबद्धता व्यक्त गरेका छन् । परिसंघका अध्यक्ष अग्रवालले उर्जा क्षेत्र विदेशी मुद्रा आर्जन गर्ने दीगो माध्यम रहेको बताउनुभयो । उहाँले उर्जा क्षेत्रको समग्र विकास, नीतिगत सुधारका लागि सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले नेपाल उद्योग परिसंघले उर्जा क्षेत्रलाई उच्च प्राथमिकतामा…

छिचोलियो नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्गको रेस्क्यु टनेल
आर्थिक परिवेश२२साउन, धादिङ । नागढुङ्गा सिस्नेखोला सुरुङ मार्गको आकस्मिक सुरुङ (रेस्क्यु टनेल) छिचोलिएको छ । निर्माण थालिएको तीन वर्ष सात महिनामा आपत्कालीन सुरुङको आज ‘ब्रेक थ्रू’ गरिएको हो । नागढुङ्गा सिस्नेखोला सुरुङ मार्गको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, नेपालका लागि जापानी राजदूत किकुता युताकासहित उच्च अधिकारीको उपस्थितिमा ब्रेक थ्रू गरिएको हो । भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाई, सडक विभागका महानिर्देशक सुशीलकुमार ढकाल, मन्त्रालयका सचिव केशवकुमार शर्मा, प्रतिनिधिसभाका सदस्यहरू पनि त्यस अवसरमा उपस्थित हुनुहुन्थ्यो । मुख्य सुरुङ छिचोल्न बाँकी नै भए पनि आकस्मिक सुरुङबाट भने अबदेखि धादिङ काठमाडौँ वारपार गर्न सकिने कन्सल्टेन्सी इन्जिनियर रमेशप्रसाद कोइरालाले जानकारी दिनुभयो । साढे…

निर्माण व्यवसायीका जायज मागहरू सम्बोधन गर्न आग्रह
आर्थिक परिवेश२१ साउन, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका जायज मागहरू यथाशक्य छिटो सम्बोधन गर्न नेपाल उद्योग परिसंघले सरकार समक्ष आग्रह गरेको छ । आइतवार एक एक विज्ञप्ती जारी गर्दै उच्च ब्याजदर, न्यून माग, न्यून उत्पादन एवम् रोजगारी कटौती, निजी क्षेत्रको घट्दो मनोबल तथा नयाँ लगानीका योजना स्थगनलगायतका चुनौतीहरुको सामना निजी क्षेत्रले गरिरहेको भन्दै परिसंघले त्यस्तो माग गरेको हो । विद्यमान चुनौतीपूर्ण अवस्थामा निर्माण व्यवसायीले निर्माण कार्य सम्पन्न गरेको भुक्तानी समेत नपाउँदा त्यसको प्रत्यक्ष असर अर्थतन्त्रमा समेत परेकोतर्फ परिसंघले ध्यानाकर्षण गराएको छ । कूल गार्हस्थ उत्पादनमा निर्माण क्षेत्रको ठूलो योगदान रहेको र निर्माण व्यवसायीहरुका जायज माग सुनुवाइमा ढिला हुँदा त्यसको असर…