मधेश प्रदेशमा नयाँ उद्योग स्थापना हुने क्रम घट्दाे 
आर्थिक परिवेश

१७ भदाै,जनकपुरधाम ।  विगत केही बर्ष यता मधेश प्रदेशका जिल्लाहरूमा नयाँ उद्योग स्थापना हुने क्रम घट्दाे  रूपमा  देखिएकाे छ । गत वर्ष मधेश प्रदेशका जिल्लाहरूमा ३९ वटा नयाँ उद्योग सञ्चालनमा आएको मधेश प्रदेश सरकारको आर्थिक सर्वेक्षणमा उल्लेख  छ । मधेश प्रदेशका जिल्लाहरूमा कम लागतमा उद्योग स्थापना हुने सम्भावना भएपनि खुल्ला सिमाना भएको र भारतीय उद्योगसँग प्रतिस्पर्धा गर्न कठिन हुने भएकाले उद्योग स्थापनाको गति सुस्त रहेको जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले जानकारी दिनु भएको छ । महेश प्रदेशका जिल्लाहरूमा हालसम्म ६ सय ११ उद्योग सञ्चालनमा रहेको छ । उद्योग क्षेत्रमा आर्थिक वर्ष २०७९।८० मा १ खर्ब ७० अर्ब ८२ करोड…

वायुसेवा कम्पनीले पाँच वर्षभित्र जहाजको सङ्ख्या न्यूनतम पाँचवटा पुरयाउनु पर्ने
आर्थिक परिवेश

१६ भदौ ,काठमाडौं ।  नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले हवाई सेवा सञ्चालन ‘सर्टिफिकेट गाइडलाइन्स’को दशौँ संशोधन गर्दै नयाँ मापदण्ड तयार गरेको छ । तयार पारिएको नयाँ मापदण्डअनुसार वायु सेवा सञ्चालन गर्न इच्छुक नयाँ कम्पनीसँग अब न्यूनतम तीनवटा जहाज अनिवार्य हुनुपर्ने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का प्रवक्ता जगन्नाथ निरौलाले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार सबै वायुसेवा कम्पनीले पाँच वर्षभित्र जहाजको सङ्ख्या न्यूनतम पाँचवटा पु¥याउनु पर्नेछ भने यसो गर्न नसक्ने कम्पनी मर्जरमा गए पनि मान्य हुने प्राधिकरणको नीति छ । वायुसेवा सञ्चालन गरिरहेका कम्पनीलाई थप जवाफदेही बनाउनुका साथै नयाँ आउने कम्पनीलाई पनि सेवा, शर्त पालना गराउनु प्राधिकरणको उद्देश्य रहेको जनाइएको छ…

एमसीसी परियोजनाको कार्यान्वयन शुरु ५ बर्षमा सम्पन्न गर्ने पदाधिकारीहरुको प्रतिवद्धता
आर्थिक परिवेश

१३ भदौ, काठमाडौ ।  अमेरिकाको सहयोगमा संचालन हुने मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) अर्न्तगतकाे एमसिसि कम्प्याक्ट परियोजना आज भदौ १३ गते बुधबारदेखि कार्यान्वयन शुरु भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महत र एमसीसीका कम्प्याक्ट सञ्चालन सम्बन्धी उपाध्यक्ष क्यामेरोन अल्फोर्डले बुधबार अर्थ मन्त्रालयमा एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयन चरणमा प्रवेश सम्बन्धी पत्र आदानप्रदान गर्नु भयो । यो सँगै पाँच वर्षको समय तोकिएको एमसीसी परियोजना कार्यान्वयनमा आएको हो । कार्यक्रममा अर्थमन्त्री डा. प्रकाशशरण महतले परियोजना अन्र्तगत नेपालमा प्रमुख दुई पूर्वाधारहरु निर्माण गरिने भएकोले त्यसले नेपालको आर्थिक तथा पूर्वाधार क्षेत्रको विकासमा महत्वपूर्ण सहयोग पुग्ने बताउनु भयो । उहाँले एमसीसी कम्प्याक्ट नेपाल आयोजना मार्फत भरपर्दो सडक…

अपर तामाकोशीका संस्थापकबाट हकप्रद शेयरबापतको रकम चुक्ता
आर्थिक परिवेश

११ भदाै,काठमाडौं ।  अपर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडका संस्थापक शेयरधनीहरुले हकप्रद शेयरबापतको रकम चुक्ता गरेका छन् । ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको प्रवद्र्धक कम्पनीले आगामी भदौ १८ गतेदेखि शेयरधनीहरुलाई १ कित्ता शेयर बराबर १ कित्ताको प्रति शेयर १०० रूपैयाँ अंकित दरका हकप्रद शेयर निश्कासन गर्दै छ । सर्वसाधारणतर्फको सेयर निश्कासन गर्नुभन्दा पहिले कम्पनीका संस्थापकहरु नेपाल विद्युत प्राधिकरण, नेपाल दूरसञ्चार कम्पनी लि. (नेपाल टेलिकम), नागरिक लगानी कोष र राष्ट्रिय बीमा संस्थानले आफ्नो सेयर अनुपातमा हकप्रद शेयर बापतको रकम चुक्ता गरेका हुन् । संस्थापकहरुले ५ अर्ब ४० करोड ९ लाख रुपैयाँ चुक्ता गरेका छन् ।१० अर्ब ५९ करोड रुपैयाँ चुक्ता पूँजी…

एचआइडिसिएल ले चार जलविद्युत् आयोजनामा १३ अर्ब लगानी गर्ने
आर्थिक परिवेश

०९ भदाै, काठमाडौं।  हाइड्रोइलेक्ट्रिीसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल)ले चारवटा जलविद्युत् आयोजनामा १३ अर्ब लगानी गर्ने भएको छ । आज एक औपचारिक कार्यक्रमबीच दुईवटा सार्वजनिक र दुईवटा निजी क्षेत्रका जलविद्युत् आयोजनासँग ऋण लगानी गर्नेसम्बन्धी समझदारीपत्र आदान–प्रदान भएको हो । एचआइडिसिएलले निजी क्षेत्रतर्फ तमोर इनर्जी प्राइभेट लिमिटेडले प्रवर्द्धन गरेको दुई सय ८५ मेगावाटको अपर तमोर जलविद्युत् आयोजनामा चार अर्ब र सानिमा जुम हाइड्रोपावर कम्पनी लिमिटेडले प्रवर्द्धन गरेको ५६ मेगावाट उत्पादन क्षमताको सानिमा जुम जलविद्युत् आयोजनामा रू दुई अर्ब ऋण लगानी गर्ने भएको छ ।   त्यस्तै, सार्वजनिक क्षेत्रतर्फ जगदुल्ला हाइड्रोपावर कम्पनीले प्रवर्द्धन गरेको एक सय छ मेगावाटको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत्…