निगमले पेट्रोलियम पदार्थको मूल्य घटायाे
आर्थिक परिवेशकाठमाडौँ, १५ भदौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आज रातिदेखि लागू हुने गरी डिजेल-मट्टितेलमा प्रतिलिटर चार रुपियाँ, इवाई इन्धन (आन्तरिकतर्फ) मा एक रुपियाँ र हवाई इन्धन अन्तरराष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर सातले घटाएको हो । पेट्रोल तथा एलपी ग्यासको बिक्री मूल्य भने यथावत् राखिएको छ । नयाँ बिक्री मूल्यअनुसार डिजेल÷मट्टितेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर क्रमशः १४२ रुपियाँ ५० पैसा, १४४ रुपैयाँ र १४५ रुपियाँ तोकिएको छ । यस्तै, आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर १२७ रुपियाँ तोकिएको छ । हवाई इन्धन अन्तरराष्ट्रियतर्फ काठमाडौँका लागि प्रतिकिलोलिटर अमेरिकी डलर ९६६ निर्धारण गरिएको निगमले जनाएको छ ।…
१ महिनामा ८ अर्ब ४५ करोड १३ लाख मूल्य बराबरका नेपाली उत्पादन निर्यात
आर्थिक परिवेश११ भदाै वीरगञ्ज । वीरगन्ज भन्सार नाका हुँदै आर्थिक वर्ष २०८२/०८३ को साउन महिनामा भारत तथा तेस्रो मुलुक तर्फ ८ अर्ब ४५ करोड १३ लाख मूल्य बराबरको नेपाली उत्पादन निर्यात भएको छ । गत आर्थिक बर्ष २०८१/०८२ को साउन महिनाको तुलनामा यस आर्थिक वर्षको साउनमा १ सय ७६ प्रतिशतले निर्यात वृद्धि भएको वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले जानकारी दिनुभयो । आर्थिक वर्ष २०८१/०८२ को साउनमा भारत तथा तेस्रो मुलुकतर्फ ३ अर्ब ५ करोड ३२ लाख मूल्य बराबरको नेपाली उत्पादन निर्यात भएको थियो । वीरगन्ज नाका हुँदै भारत, डेनमार्क, अस्ट्रेलिया, अमेरिका, चीन, रुस, फिलिपिन्स, थाइल्यान्ड लगायतका मुलुकहरूमा तेल, जुस, कपडा…
डब्लुटिओले विश्व वस्तु व्यापार वृद्धिदरको पूर्वानुमान घटाएर १.८ प्रतिशतमा झार्याे
आर्थिक परिवेश२४ साउन जेनेभा । विश्व व्यापार सङ्गठन (डब्लुटिओ)ले सन् २०२६ का लागि विश्व वस्तु व्यापार वृद्धिदरको पूर्वानुमान घटाएर १.८ प्रतिशतमा झारेको छ । यसअघि सो दर २.५ प्रतिशत हुने अनुमान गरिएको थियो । डब्लुटिओले यो गिरावटको प्रमुख कारणको रूपमा अमेरिकाले भन्सार शुल्क वृद्धि गरेको नीतिलाई औंल्याएको छ । डब्लुटिओले शुक्रबार सार्वजनिक गरेको पछिल्लो व्यापार पूर्वानुमान अनुसार, हालैका भन्सार परिवर्तनहरूले विश्व व्यापारको समग्र अवस्था कमजोर बनाउने देखिएको छ । अमेरिकाले अगस्ट ७ मा लागु गरेको ’पारस्परिक भन्सार दर’ले न केवल अमेरिकाको आयात घटाउने छ, तर साझेदार मुलुकहरूको निर्यातमा समेत गम्भीर असर पार्ने अनुमान गरिएको छ । अनुमानले भन्सार नबढाउने अवस्थामा गरिएको…
बोर्ड अफ ट्रेडको विज्ञ सदस्यमा जाेशी, राणा र श्रेष्ठ नियुक्त
आर्थिक परिवेश१५ साउन, काठमाण्डौ । सरकारले निजी क्षेत्रका तीन प्रतिनिधिहरूलाई बोर्ड अफ ट्रेडको विज्ञ सदस्यमा नियुक्त गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कुशकुमार जोशी, विदुषी राणा र ज्योत्सना श्रेष्ठलाई बोर्ड अफ ट्रेडको विज्ञ सदस्यमा नियुक्त गरेको जनाएको छ । विद्यमान वाणिज्य नीतिमा व्यापार सुधार, निजी क्षेत्रको सक्रियता, नीति निर्माणमा समन्वय, र सरकारी तथा निजी क्षेत्रबीच सहकार्य मजबुत बनाउन बोर्ड अफ ट्रेडको भूमिकालाई महत्वपूर्ण आधारको रूपमा लिइएको उद्योग मन्त्रालयले जनाएको छ । बोर्ड अफ ट्रेड नेपालको व्यापार नीतिको कार्यान्वयन, नीति सिफारिस, समन्वय र सहजीकरणका लागि प्रमुख संस्थागत संयन्त्र हो । बोर्डले नीति निर्माणमा सरकारलाई सघाउने, निजी क्षेत्रका चुनौतीहरू पहिचान…
स्थानीय उत्पादन र सामाजिक उत्तरदायित्वमा आधारित उद्यम देशको भविष्य निर्माणमा महत्त्वपूर्ण : राणा
आर्थिक परिवेश१४ साउन कास्की । परराष्ट्र मन्त्री डा आरजु राणा देउवाले दिगो पर्यटन, स्थानीय उत्पादनको प्रयोग र सामाजिक उत्तरदायित्वमा आधारित उद्यमहरू देशको भविष्य निर्माणमा महत्त्वपूर्ण बन्ने बताउनुभएको छ । अंशुभरा ग्रुपद्वारा प्रवर्द्धित पर्यावरणमैत्री लक्जरी रिसोर्टको बुधवार पोखरामा उद्घाटन गर्दै मन्त्री देउवाले पछिल्लो पुस्ताले व्यवसायमा देखाएको सक्रियता प्रशंसायोग्य भएको बताउँदै देशमै अवसर र सम्भावनाको खोज गर्न आग्रह समेत गर्नुभयो । बगैँचाजस्तो लगानीमैत्री परियोजनाहरूले सस्टेनेबल टुरिजम अर्थात् दिगो पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो । ‘सस्टेनेबल टुरिजमको अवधारणालाई आत्मसात् गर्दै बगैँचाले एउटा उदाहरणीय काम गरेको छ । यसले पोखराको पर्यटन मात्र होइन, सम्पूर्ण मुलुकको पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउनेछ’ उहाँले भन्नुभयो ।…